दीननाथ बराल
पोखरा २६, कार्तिक
नेपालीहरुको अर्को ठुलो चार्ड तिहार पर्वको अवसरमा पोखरा यस बर्ष पनि करिब २ करोड मुल्य बराबरको फूलको कारोवार हुने अपेक्षा गरिएको छ । गण्डकी प्रदेशको राजधानि पोखरामा यस बर्ष पनि स्थानिय जातको फूल सहित उन्नतजातको सयपत्री फूलको करिब तिहार पर्वको अवसरमा दुई करोड भन्दा बढीको कारोवार हुने भएको व्यवसायीहरुले अपेक्षा गर्नु भएको छ ।
एक करोड मुल्य बराबरको पोखराका नर्सरी व्यवसायी र एक करोड मुल्य बराबरको व्यवसायीक कृषक तथा केही साना किसानबाट फुलको कारोवार हुने फ्लोरिकल्चर एशोसिएसन (फान) नेपाल जिल्ला कार्य समिति कास्कीका पूर्व अध्यक्ष दयाकुमार द्वावाले बताउनु भयो । यस बर्ष पोखरामा भारतीय फूलको बजारले खासै प्रथामिकता नपाउने हुँदा स्थानिय फूलको मुल्य पर्ने भएको उहाँले दाबी गर्नु भयो । पोखरा महानगरपालिका र व्यवसायीहरु बिच भएको सम्झौता अनुसार पोखरामा फूलको मुल्य निर्धारण पहिलो पटक भएकोले गर्दा यसले आम उपभोक्ता र किसान तथा व्यपारीहरु बिचको खासै धेरै नाफाको ठाँउ नभएको पूर्व अध्यक्ष द्धवाले उल्लेख गर्नु भयो । गोल्डेन नर्सरीका संचालक समेत रहनु भएको पूर्वअध्यक्ष द्धावाले यस बर्ष चारै तर्फ फूल फुलेकोले स्थासिनय फूलको मुल्य पर्ने विश्वास व्यक्त गर्नु भयो ।
केही बर्ष अघिसम्म तिहार पर्वको अवसरमा पोखरामा ५० प्रतिशतबाट २५ प्रतिशत जसो भारती फूलको कारोवार हुदै आएको सन्दर्भमा यस बर्ष महानगरले प्रतिवन्ध नै लगाएकोले यसको कार्यान्वयन कस्तो रहन्छ त्यसले अर्थ राख्ने एशोसियसनका सचिव राम प्रसाद सुवेदीले बताउनु भयो । उहाँका अनुसार प्रदेशको एशोसियसनमा करिब ४८ जना पुष्प व्यावसायीहरु आबद्ध हुनुहुन्छ जसमा अधिकांश पोखरामा रहेका छन् ।
यस बर्ष करिब ५५ रोपनी क्षेत्रफलमा मात्र पुष्प व्यवसायीहरुले व्यवसायीक रुपमा फूलको खेती गर्नु भएको छ । राम्रो फूल उत्पादन गर्ने व्यवसायीले प्रति रोपनीबाट करिब २ हजार मात्र उत्पादन गर्न सक्ने भएको उहाँकोे दाबी छ । पोखरामा पोखरा आसपास सहित प्रदेशका तनहुँ, म्याग्दी, बागलुङ, स्याङजा लगायतका जिल्लाबाट फूल भित्रिने गरेको सचिव सुवेदीले बताउनु भयो ।
भारतीय फुल केही सस्तो र एकै प्रकारको आकारमा भएको हुँदा घर सजीसजावटमा प्रायः भारतीय फूलको प्रयोग गर्ने गरेको पाइन्छ । भारतीय फूलको प्रति माला करिब ५५ रुपैयामै बजारमा उपलब्ध हुने गर्दछ नकी नेपाली फूलको भने न्यूनतम १ सय २५ भन्दा बढी पर्न जान्छ ।