कास्कीमा पनि रातको ९ः०० बजेसम्म मात्र देउँसी भैली खेल्न प्रशासनको अनुरोध

-


     पोखरा क्लिक     
     कार्तिक २५ गते २०८० मा प्रकाशित


पोखरा २५, कार्तिक

पोखरा सहित कास्कीमा रातको ९ः०० बजेसम्म मात्र देउँसी भैलो कार्यक्रम गर्न जिल्ला प्रशासन कार्यालय कास्कीले अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले जिल्लाभर तिहार पर्वको अवसरमा सञ्चालन हुने देउँसी भैलो कार्यक्रमलाई मर्यादित, अनुशासित एवं सवारी साधन आवागमनमा अवरोध नहुने गरी रातको ९ः०० बजे सम्म मात्रै देउँसी भैलो कार्यक्रम चलाउन गर्न अनुरोध गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीले सूचना जारी गर्दै शुभ दिपावली एवं छठ पर्वमा विभिन्न किसिमका पटका, आतसवाजी, लगायत विष्फोटक पदार्थजन्य सामग्रीको ओसारपसार, वेचविखन तथा प्रयोग नगर्न नगराउन अनुरोध गरिएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीको हालै बसेको बैठकले समेत यसलाई पालना गर्न आम जनता माझ आग्रह गरेको अबस्थामा यदि कसैले नियमको पालना नगरेमा आवश्यक कार्वाही गर्ने कास्कीका प्रहरी प्रवक्ता डिएसपी श्रवणकुमार बि.क.ले बताउनु भयो ।