हिमचितुवाको आक्रमणले मुस्ताङमा ७७ वटा च्यांग्रा मरे ९ घाइते

-


     पोखरा क्लिक     
     कार्तिक २५ गते २०८० मा प्रकाशित


पोखरा २५, कार्तिक

हिमचितुवाको आक्रमणले मुस्ताङमा ७७ वटा च्यांग्रा मरेका छन् भने ९ वटा घाइते भएका छन् । मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२ को ढाक्मर गाउँमा स्थानिय निग्मा गुरुङले पालेको च्यांग्रा माथि हिजोराति हिमचितुवाको आक्रमणले गर्दा ७७ भन्दा बढी च्यांग्रा मरेको लोघेकर दामोदरकुण्ड गाउँपालिका उपाध्यक्ष छिरिङ ल्हामो गुरुङले एटुजेडलाई बताउनु भयो ।

निग्माले पालना गरेको च्यांग्राको खोरमा ४ वटा हिमचितुवा पसेर आक्रमण गर्दा एकै खोरमा रहेका २ सय वटा च्यांग्रा मध्य ७७ वटा मरेको करिब ९ वटा घाइते अबस्थामा च्यांग्रा रहेकोे दामोदरकुण्ड गाउँपालिका–२ का वडा सदस्य ङवाङ छवत्तर गुरूङले बताउनु भयो । तारवार सहितको व्यबस्थित बनाइएको खोरमा समेत हिमचितुवको आक्रमणले एकै पटक करिब २४ लाख भन्दा बढीको क्षती भएको निग्माले बताउनु भयो ।

केही च्यांग्रालाई आक्रमण गरी रगत खाएको केहीलाई शरीरै भरी घाँउ बनाएको अबस्थामा बिहान मात्र स्थानियले हिमचितुवाले च्याँग्रामा आक्रमण गरेको थाहा पाउनु भएको थियो ।
निग्माको क्षतीको बिषयमा गाउँपालिका र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले सहयोग गर्नुपर्ने उपाध्यक्ष गुरुङले जनाउनु भयो ।



This will close in 20 seconds