दीननाथ बराल
पोखरा ५, मंसिर
पोखरा रंगशालामा यही मंसिर ७ अर्थात विहिबार देखि केपी ओली कप राष्ट्रिय टि–ट्वान्टी क्रिकेट प्रतियोगिता २०८० हुने भएको छ । मदन भण्डारी स्पोटर्स एकेडेमीको आयोजनामा विहिबार देखि सुरु हुने उक्त प्रतियोगिताको तयारी पूरा भएको मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।
यही मंसिर १५ गतेसम्म संचालन हुने उक्त प्रतियोगितामा १२ टिम सहभागि हुने भएको एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले बताए । सात प्रदेशका सात टिम, विभागिय टोली नेपाल पुलिस क्लव, त्रिभुवन आमी क्लव, शसस्त्र प्रहरीको एपीएफ क्लब र आयोजक मदन भण्डारी स्पोसर्ट एकेडेमीको २ टिम सहित १२ टिम सहभागि हुने भएको उनले जनाए ।
पोखरा रंगशालमा विहिबार हुने उद्घाटन खेलमा बागमती प्रदेश बिरुद्ध आयोजक मदन भडारी स्पोट्र्स एकेडेमी (रातो) टिम बिच प्रतिष्प्रर्धा हुने भएको अध्यक्ष आचार्यले बताए । प्रतियोगितामा उपाधि विजेता टिमले नगद ५ लाख, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने भएका छन् । त्यसै गरी दोश्रो हुने टिमले २ लाख पचास हजार नगद, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने भएको छ । उक्त खेल आईसीसीको नियम अनुसार खेलाइने टि–ट्वान्टी उक्त प्रतियोगिताको म्यान म्यान अफ द सिरिजले नगद ३० हजार रूपैयां, बेस्ट व्यटार र बलरले जनही नगद २०÷२० हजार रूपैयाँ र म्यान अफ द म्याचले नगद ५ हजार रूपैयाँ प्राप्त गर्ने भएका छन् ।
यसै सन्दर्भमा एकेडेमीका परिकल्पनाकार, संरक्षक तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली को नामबाट केपी ओली कप राष्ट्रिय टि–ट्वान्टी क्रिकेट प्रतियोगिता पोखरामा पहिलो पटक हुन लागेको एकेडेमीका गडकी इन्चार्ज राजेश कुमार गुरुङ्गले बताए । विहिबार उक्त प्रतियोगिताको उद्घाटन गर्न पूर्व प्रधानमन्त्री ओली आउने कार्यक्रम तय भएको उनले जनाए । यही मंसिर १५ गतेसम्म संचालन हुने उक्त प्रतियोगिता सम्पन्न गर्न करिब ७७ लाख खर्च लाग्ने एकेडेमीले जनाएको छ ।
’सबैका लागि खेलकुद’ भन्ने मुल नाराका साथ २०६६ साल पुस १७ अर्थात १ जनवरी २०१० मा जननेता मदन कुमार भण्डारीको नामबाट मदन भण्डारी स्पोटर्स एकेडेमीको स्थापना भएको हो । हरेक युवालाई खेलकुदसँग अन्तरसम्बन्धित गराई राष्ट्रव्यापी रूपमा व्यवसायिक खेलाडी उत्पादन गरी अनुशाशित, मर्यादित र राष्ट्रप्रेमी नागरिक बनाउने लक्ष्य अनुरूप यसले आफ्ना सिर्जनात्मक गतिविधिहरु अगाडि बढाउनदै आएको एकेडेमीका सल्लाहकार मोहन रेग्मीले बताए ।
एकेडेमी अन्तर्गत गठित क्रिकेट विभागका संयोजक एवं पूर्व राष्ट्रिय खेलाडी शक्ति गौचनले पोखरामा अन्तराष्ट्रिय क्रिकेट मैदान निर्माण गर्न आवश्यक पहल गर्ने जनाउनु भयो । कोशी, बागमती, मधेश, गण्डकी, लुम्विनी, सुदुर पश्चिम प्रदेश तथा कर्णाली प्रदेशको सहभागिता रहनेछ । त्यसै गरि यूवा खेलाडी उत्पादनका लागि एकेडेमीले रातो र निलो गरी २ टिम सहभागि गराउने भएको हो ।
एकेडेमीले खेल तालिका समेत सार्वजनिक गरेको छ । खेल तालिका अनुसार समुह ‘ए’मा बागमती प्रदेश, कर्णाली प्रदेश र मदन भण्डारी स्पोर्टस एकेडेमी रातो, समुह ‘बि’मा एपिएफ, लुम्विनी र गण्डकी, समुह ‘सि’मा नेपाल पुलिस, मधेश प्रदेश र सुदुर पश्चिम तथा समुह ‘डि’मा त्रिभुवन आर्मी क्लव, कोशी प्रदेश र मदन भण्डारी स्पोर्टस एकेडेमी निलो एक आपसमा प्रतिष्प्रर्धा गर्ने भएका छन्।