पोखराको राष्ट्रिय मा.वि.को हीरक जयन्ती, मंसिर २० मा प्रभातफेरी सहित शुभारम्भ हुने
दीननाथ बराल पोखरा १२, मंसिर पोखराको ऐतिहासिक तथा पुरानो बिद्यालय राष्ट्रिय माध्यमिक विद्यालयले आफ्नो स्थापनाको ७५ औ वर्ष प्रवेशको अवसरमा यस बर्ष हीरक जयन्ती मनाउने तयारी गरेको छ । पोखरा १ पुरानो टुँडिखेलमा रहेको बिद्यालय यही मंसिर २० प्रभातफेरी सगै शुभारम्भ कार्यक्रम गर्ने भएको मंगलबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । प्रभातफेरी कार्यक्रम विद्यालय स्थापना भएको पोखरा ३ नदिपुर स्थित नारायण स्थान मन्दिरबाट सुरु गरिने भएको बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष राम बिक्रम राणाले बताउनु भयो । प्रभातफेरी…
पुरा पढौ
पोखराको सडक छेउमा रुख काट्नेलाई जरीवाना
डि.एन.बी. पोखरा १२, मंसिर शुन्दर नगरी पोखराको सडक छेउमा आफु खुसि रुख काट्ने केही पसल माथि जरिवाना सहित कार्वाही गरिएको छ । पोखरा महानगरपालिका वडा नं.८ न्युरोडमा सडक छेउमा हुर्किएको रुख काट्ने दुई वटा पसललाई जरिवाना सहित कार्वाही गरिएको पोखरा महानगरले जनाएको छ । फुटपाथमा हुर्किएको रुख काट्ने गिटार सप र स्काई फेसनलाई महानगरपालिकाको आर्थिक ऐन २०८० मा भएको व्यवस्था अनुसार कारबाही गरिएको पोखराका नगर प्रहरी प्रमुख पुरुषोत्तम थापाले एटुजेडलाई बताउनुभयो । पसल छेकिएको भन्दै अनुमति विना रुख नै काटेका…
पुरा पढौ
पोखरामा ६० प्रतिशत होटल अकुपेन्सि
डि.एन.बी. पोखरा १२, मंसिर पोखरामा हाल ६० प्रतिशत होटल अकुपेन्सि रहेको छ । पोखरामा हाल करिब ६० प्रतिशत होटल अकुपेन्सि रहेको होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले बताउनु भयो । यस बर्षको पर्यटनको सिजनको अवसरमा पोखरामा हाल ४० प्रतिशत भारतीय सहितको विदेशी पर्यटक पोखरामा समग्र ६० प्रतिशत होटल अकुपेन्सि भएको अध्यक्ष सुवेदीले दाबी गर्नु भयो । नेपालीहरुका महान पर्व दशैं तथा तिहार, छठ जस्ता पर्व सकिए पनि हाल पोखरा क्षेत्रमा पर्यटकहरुको चहल पहल भएको उहाँले जनाउनु भयो । दशैं अघिसम्म…
पुरा पढौ
पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न प्रदेश सरकारद्वारा अध्ययन समिति गठन
पोखरा १२, मंसिर पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न गण्डकी प्रदेश सरकारले अध्ययन समिति गठन गरेको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०८०÷८१ मा लिएको नीति तथा कार्यक्रम कार्यन्वयन गर्न सरकारले गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा। कृष्णचन्द्र देवकोटाको अध्यक्षतामा समिति गठन गरेको हो । विभिन्न संस्थाका प्रतिनिधि, पर्यटन विज्ञ सहित ११ जना समिति सदस्य रहेका छन् । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, गण्डकी प्रदेशले पोखरालाई पर्यटकीय राजधानीको रुपमा विकास गर्ने सम्बन्धी संक्षिप्त अवधारणापत्र तयार गरिसकेको छ ।…
पुरा पढौ
व्यापार मेलाको तयारी तीव्र, मेलालाई सघाउन बस्तुगत संघहरुको प्रतिवद्धता
पोखरा, १२ मंसिर पोखराको नयाँबजारमा आयोजना हुने राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी तीव्र पारिएको छ । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा मंसिर २१ देखि पुस १ गतेसम्म मेला आयोजना हुन लागेको हो । पोखरेली व्यावसायिक घराना लक्ष्मी हाउसको समृद्धि स्टिल्स मेलाको मुख्य प्रायोजक रहेको छ भने पोखरा महानगपालिका र नेपाल पर्यटन बोर्डले मेलाको प्रवद्र्धन गर्ने जिम्मेवारी लिएका छन् । ‘लगानीको सम्वद्र्धन ः उद्योग व्यवसायको प्रवद्र्धन’ भन्ने नाराका साथ आयोजना हुने मेला उद्यमशीलता विकासमा समर्पित रहेको आयोजक संस्थाका अध्यक्ष पवनकुमार प्रजापतिले…
पुरा पढौ
पोखरामा आइटीएफ जे–३० टेनिस जारी
पोखरा, १२ मंसिर कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा जारी आइटीएफ जे–३० टेनिस प्रतियोगिता अन्तर्गत मंगलबार पुरुष तथा महिला तर्फ विभिन्न खेलहरु भएका छन् । सम्पन्न खेलहरुमा भारतिय खेलाडीहरुको दवदवा देखिएको छ । मंगलबार पुरुष एकलतर्फ भारतका रणविर सिंहले जापानका को फुजिकावामाथि संघर्षपूर्ण जित निकाले । सिंहले ७–६, र ६–३ को सेटमा खेल आफ्नों पक्षमा पारेका थिए । त्यस्तै, नेपालका सक्षम विक्रम शाहले भारतका अमित मुंडलाई ६–३, ६–४ ले, भारतका कबिर चोथानीले नेपालका सृजन भट्टराईलाई तथा जापानका युया सासाातोले…
पुरा पढौ
पश्चिमाञ्चलद्वारा छात्रा भलिवल प्रतियोगिताको उपाधि रक्षा
पोखरा, मंसिर ११ पश्चिमाञ्चल माविले पोखरामा आयोजित विद्यालयस्तरीय छात्रा भलिवल प्रतियोगिताको उपाधि रक्षा गरेको छ। नयाँबजारको गुरुकुल विद्यासदनलाई आइतबार बिहान भएको फाइनल खेलमा ३–२ सेट अन्तरले पराजित गर्दै गैहपाटनस्थित पश्चिमाञ्चल माविले निर्णायक सेटमा उपाधी जितेको हो। पश्चिमाञ्चलले उपाधि जित्न पाँचौं सेटसम्म प्रतिश्पर्धा गरेको थियो। आइतबार भएको फाइनल खेलमा पश्चिमाञ्चलले गुरुकुललाई १९–२५, २५–१४, २५–१९, २५–२७ र १५–१२ सेटमा पराजित गरेको हो। पोखराको सबैभन्दा पुरानो पोखरा बहुमुखी क्याम्पसले ३७ औं वार्षिकोत्सवका अवसरमा आयोजित छात्रा भलिवल प्रतियोगितामा उपाधि हात पार्दै पश्चिमाञ्चल माविले ३०…
पुरा पढौ
१६ औं हिसान कास्की स्पोर्टस मिटको तयारी पुरा, १४ गते उद्घाटन
पोखरा ११, मंसिर उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल ९हिसान० कास्कीको आयोजनामा पोखरामा हुने १६ औं संस्करणको हिसान स्पोर्टस मिटको तयारी पुरा भएको छ । शिक्षाको विकास संगै विद्यार्थीहरुलाई अतिरिक्त कृयाकलापमा अघि बढाउने अनुरुपा आयोजना गरिएको स्पोर्टस मिटको सम्पूर्ण तयारी पुरा भएको हिसान कास्कीले जनाएको हो । स्पोर्टस मिट अन्तर्गत विद्यालय, कलेज र विश्वविद्यालयतर्फ गरी विभिन्न चार खेलका छुट्टा–छुट्टै प्रतिष्पर्धाहरु आयोजना हुनेछन् । हिसान स्पोर्टस मिट यहि मंसिर १४ गते देखि १७ गते सम्म पोखरा रंगशालामा सञ्चालन हुने हिसान…
पुरा पढौ
राखेप सदस्य सचिव घिसिङलाई एसिया रग्बीद्धारा प्रतिष्ठित सेवा पुरस्कार अर्पण
काठमाण्डौं, ११ मंसिर राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङलाई एसिया रग्बीले प्रतिष्ठित सेवा पुरस्कार अर्पण गरेको छ । नेपालमा रग्बी खेलको विकास र विस्तारमा उल्लेखनीय योगदान पुर्याएको भन्दै एसिया रग्बीले उक्त सम्मान अर्पण गरेको हो । उज्वेकिस्तानको तास्केन्टमा भएको एसिया रग्बी अवार्ड कार्यक्रममा सदस्य–सचिव घिसिङलाई उक्त अवार्ड प्रदान गरिएको थियो । सदस्य–सचिव घिसिङ नेपाल रग्बी सङ्घका पूर्व अध्यक्ष एसिया रग्बीका कार्यकारी सदस्य पनि हुनुहुन्छ । दुई वर्षअघि उहाँ राखेप सदस्य–सचिवमा नियुक्त भएपछि अध्यक्ष पदबाट राजीनामा दिनुभएको थियो ।…
पुरा पढौ
पोखरामा पाँचौ युनिप्स खेल महोत्सवमा भलिबलका खेल सुरु
पोखरा ११, मंसिर पोखरामा पाँचौ युनिप्स खेल महोत्सव अन्तर्गत सोमबार ९आज०बाट पोखरा रंगशालामा भलिबलका प्रतिस्पर्धाहरु सुरु भएका छन् । संस्थागत एवं निजी विद्यालयहरुको छाता संस्था ९युनिप्स० नेपालको आयोजनामा सुरु भएको छात्ररछात्रा भलिबलतर्फ १६ टिमले सहभागिता जनाएका छन् । प्रतियोगिता अन्तर्गत सेमीफाइनलका समिकरण पुरा भएको युनिप्सका अध्यक्ष शान्त बहादुर गुरुङले जानकारी दिए । पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रमा सुरु भएको प्रतियोगितामा छात्ररछात्रा दुवैतर्फ कालिका इङलिश बोर्डिङ फाइनलमा प्रवेश गरेको छ । फाइनलमा उपाधिका लागि छात्रतर्फ वेलनन एकेडेमी संग छात्रातर्फ होली एन्जल…
पुरा पढौ

