जिवनशैली पत्रिका

माछापुच्छ्रे गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड सुरु

पोखरा १५, मंसिर कास्कीको माछापुच्छ्रे गाउँपालिकामा पाँचौ संस्करणको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । ३ दिनसम्म चल्ने प्रतियोगितामा ११ माध्यमिक विद्यालयका कुल ३ सय ८३ विद्यार्थी सहभागि हुने भएका छन । उक्त प्रतियोगितामा ३० वटा खेलहरु समेटिएको छ । एक समारोहका बिच विहिबार प्रतियोगिताको उद्घाटन गर्दै गाउँपालिका उपाध्यक्ष सीता अधिकारीले अनुशासनपूर्वक खेल प्रदर्शन गर्न खेलाडीहरुलाई आग्रह गर्दै खेल क्षेत्रमा पनि भविष्य रहेको बताउनु भयो । स्वास्थ्यका लागि खेल महत्वपूर्ण हुने भन्दै खेलको बृद्धि विकासमा पालिका चनाखो रहेको बताउदै… पुरा पढौ

कास्कीमा १ हजार ४ सय जनामा एचआईभि एड्स शंक्रमण, शुक्रबार पोखरामा पनि विश्व एड्स दिवस मनाइदै

दीननाथ बराल पोखरा १४, मंसिर शुक्रबार डिसेम्बर एक तारिख अर्थात विश्व एड्स दिवस । यस अवसरमा पोखरामा पनि विभिन्न कार्यक्रमहरुको आयोजना गरी उक्त दीवस मनाउने भएको विहिबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । समुदायको नेतृत्वमा एड्स अन्त्य गरौं भन्ने मुल नाराका साथ यस बर्षको विश्व एड्स दिवस पोखरामा साइकल र्याली, पोखराको बसपार्क र लेकसाइडमा एचआईभि परिक्षण गरिने, एचआईभि संक्रमित बालबालिहरुलाई न्यानो कपडा वितरण गरिने भएको राष्ट्रिय एचआईभि एड्स महासंघका केन्द्रिय सदस्य मनोज गुरुङले बताउनु भयो । त्यसै… पुरा पढौ

नेपाल खेलकुद महासंघको स्थापना दिवसको अवसरमा एनएसजेएफ गण्डकीसंग मैत्रिपूर्ण फुटसल सम्पन्न

पोखरा १४, मंसिर नेपाल खेलकुद महासंघको १५ औं स्थापना दिवसको अवसरमा महासंघ गण्डकी प्रदेश कमिटि र नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) गण्डकीसंग मैत्रिपूर्ण फुटसल प्रतियोगिता सम्पन्न भएको छ । पोखरा–१४, हबेली मार्ग स्थित न्यू एयरपोर्ट फुटसलमा विहिबार भएको मैत्रिपूर्ण फुटसल प्रतियोगितामा महासंघ गण्डकीले मञ्च गण्डकीलाई १०—६ को गोल अन्तरले पराजित गरी विजयी भएको हो । मञ्चका उपाध्यक्ष एवं खेल संयोजक सुरज श्रेष्ठको कप्तानीमा मैदानमा उत्र्रिएको मञ्चले सुरुवाती चरणमै २ गोलको सामना गरेको थियो भने महासंघको तर्फबाट महासचिव बिष्णु पुन सहितका… पुरा पढौ

पोखरामा हुने राष्ट्रिय औद्योगिक व्यापार मेलामा २० प्रतिशत मात्र बुकिङ स्टल खाली

जीवन बराल पोखरा, १४ मंसिर पोखरामा यही मंसिर तेश्रो साता देखि संचालन हुन लागेको राष्ट्रिय औद्योगिक व्यापार मेलामा हाल २० प्रतिशत मात्र स्टल बुकिङको लागी खाली रहेको छ । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा यही मंसिर २१ देखि पुस १ गतेसम्म पोखराको प्रर्दशनी केन्द्रमा संचालन हुने उक्त मेलामा हाल २० प्रतिशत मात्र स्टल बुकिङ खाली रहेको मेलाका स्टल बुकिङ संयोजक टिकाराम सुवेदीले बताए । पोखराको घराना लक्ष्मी हाउसको समृद्धि स्टिल्सको मुख्य प्रायोजकमा हुने उक्त मेलामा हालसम्म ८० प्रतिशत अग्रिम रुपमा… पुरा पढौ

पाँचौ युनिप्स खेल महोत्सवको पोखरा रंगालामा उद्घाटन, एथेटिक्सका खेल सुरु

पोखरा, मंसिर १४ पाँचौ युनिप्स खेल महोत्सव अन्तर्गत बिहिबार (आज) औपचारिक उद्घाटन गरिएको छ । संस्थागत एवं निजी विद्यालयहरुको छाता संस्था युनिप्स नेपालको आयोजनामा दुई दिन अघि बाट सुरु भएको उक्त खेल महोत्सवको पोखरा रंगशालामा एक भव्य कार्यक्रमका विच बिहिबार उद्घाटन गरिएको हो । गण्डकी प्रदेश सभाका सदस्य प्रकाश बरालले पाँचौ खेल महोत्सवको शान्तीको प्रतिक परेवा उडाएर गरेका थिए । सो अवसरमा बोल्दै सांसद बरालले शिक्षाको गुणस्तर वृद्धि संगै विदेशमा हुने पलायन रोक्न सबै सरोकारवालाहरुको भूमिका महत्वपूर्ण हुने बताए ।… पुरा पढौ

केपी ओली कपको फाइनलमा आर्मी र मधेस प्रदेश

पोखरा १४, विभागीय टिम सशस्त्र प्रहरी बल ९एपीएफ० लाई हराउँदै मधेस प्रदेश पोखरामा जारी प्रथम केपी ओली कप राष्ट्रिय टी २० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा पोखरा रंगशालामा जारी दोस्रो सेमिफाइनलमा सशस्त्र एपिएफलाई ११ रनले पराजित गर्दै मधेस प्रदेश प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । मधेसले दिएको १ सय ९८ रनको विशाल लक्ष्य पछ्याएको एपीएफले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८४ रन मात्र बनाउन सफल भयो । जवाफी व्याटिङमा २२… पुरा पढौ

आइटीएफ जे–३० मा सिंगलतर्फ क्वाटरफाइनल तथा डबल्सतर्फ सेमिफाइनलका खेलहरु सम्पन्न

मंसिर १४,पोखरा कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा जारी आइटीएफ जे–३० टेनिस प्रतियोगिता अन्तर्गत सिंगलतर्फ क्वाटरफाइनल तथा डबल्सतर्फ सेमिफाइनलका खेलहरु सम्पन्न भएका छन् । बिहीबार भएको ब्वाइज सिंगलतर्फको खेलमा भारतका अनिकेत भेंकाटरमनले अमेरिकाका आरब सम्राट हाडालाई ६–३, १–६ र ६–० को सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाए । त्यस्तै, भारतका प्रनिल शर्माले भारतकै रणविर सिंहलाई ६–२,७–६ ले, अलेक्से सिभाइवले जापानका रुया सासामोतोलाई ६–४,६–२ ले र भारतका आदित्य मोरले जापानका रिकु हिगासीलाई ६–३,३–६ र ६–३ ले पराजित गर्दै अन्तिम चारमा… पुरा पढौ

पोखरामा १६ औं हिसान कास्की स्पोर्टस मिट पोखरामा सुरु

पोखरा १४, मंसिर १६ औं हिसान कास्की स्पोर्टस मिट पोखरा रंगशालामा बिहिबारबाट सुरु भएको छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल ९हिसान० कास्कीको आयोजनामा उक्त प्रतियोगिता सुरु भएको हो । यहि मसिर १७ गते सम्म्म सञ्चालन हुने १६ औ संस्करणको हिसान स्पोर्टस मिटको उद्घाटन गर्दै गण्डकी विश्वविद्यालयका कुलपति प्रा।डा। गणेशमान गुरुङले स्वास्थ्य नागरिक उत्पादनका लागि शिक्षा संगै खेलकुदको महत्वपूर्ण भूमिका हुने बताए । पछिल्लो समयमा खेलकुदका गतिविधि बढे संगै विश्वविद्यालयले खेलकुद अध्ययन अध्यापनका लागि स्नातक तहमा खेलकुद विषयलाई… पुरा पढौ

सङ्घर्षमा कलममा स्रष्टा सम्मान तथा साक्षात्कार

१४ मंसिर पोखरा सङ्घर्षमा कलम पोखराले भारतको सिलगढीबाट आएका स्रष्टासँगको साक्षात्कार तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।संस्थाले असमका वरिष्ठ साहित्यकार भविलाल लामिछानेसँगको स्रष्टा साक्षात्कारसँगै उनको पछिल्लो कथा कृति अर्धासत्यको अन्तरक्रिया तथा स्रष्टा सम्मान सम्पन्न गरेको थियो । स्रष्टा लामिछानेले असमका नेपालीभाषी बन्धुको विगतदेखि वर्तमानसम्मको अवस्थाकोसमेत चर्चा गर्दै साहित्यले सभ्य समाज निर्माणमा महत्वपूर्ण भूमिका पु¥याए तापनि राज्यको हेय दृष्टि र लेखन व्यावसायिक नहुँदा स्रष्टा साधक पिल्सनु परेको बताए । आफ्नो कथा लेखनबारे लामिछानेले थपे, ‘लामो समय शिक्षण पेशामा संलग्न रहँदाका… पुरा पढौ

पाँचौ युनिप्स खेल महोत्सव अन्तर्गत फुटबल, कबड्डी, खोखोका खेल सुरु

पोखरा ,मंसिर १३ पोखरामा जारी पाँचौ युनिप्स खेल महोत्सव अन्तर्गत बुधबार ९आज० फुटबल, कबड्डी, खोखोका खेल सुरु भएका छन् । संस्थागत एवं निजी विद्यालयहरुको छाता संस्था युनिप्स नेपालको आयोजनामा तेश्रो दिन छात्र मावीतर्फ फुटबल, छात्रा मावीतह खोखो र आधारभुत तह कक्षा १–५ अन्तर्गत छात्ररछात्रा कबड्डीका खेलहरु सुरु भएका हुन् । प्रतियोगितामा मावी छात्रतर्फ भएको फुटबलमा वेलनन एकेडेमी, स्माइल स्मल हेभन बोर्डिङ स्कुल, होली एन्जल र एकता अन्तिम चारमा प्रवेश गरेका छन् । प्रतियोगितामा फुटबलतर्फ १० टिमको सहभागिता रहेको थियो ।… पुरा पढौ