जीवन बराल
पोखरा, १४ मंसिर
पोखरामा यही मंसिर तेश्रो साता देखि संचालन हुन लागेको राष्ट्रिय औद्योगिक व्यापार मेलामा हाल २० प्रतिशत मात्र स्टल बुकिङको लागी खाली रहेको छ । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा यही मंसिर २१ देखि पुस १ गतेसम्म पोखराको प्रर्दशनी केन्द्रमा संचालन हुने उक्त मेलामा हाल २० प्रतिशत मात्र स्टल बुकिङ खाली रहेको मेलाका स्टल बुकिङ संयोजक टिकाराम सुवेदीले बताए ।
पोखराको घराना लक्ष्मी हाउसको समृद्धि स्टिल्सको मुख्य प्रायोजकमा हुने उक्त मेलामा हालसम्म ८० प्रतिशत अग्रिम रुपमा स्टल बुकिङ भएको उनले जनाए । हालसम्म अटो तर्फ ५० , औधोगिक, कृषि, हस्तकला, रेष्टुरेण्ट, सेवा मुलक, उद्यमशिल लगायतका स्टल बुकिङ भएको छ । अझै केही स्टल बुकिङ हुने क्रम जारी रहेको स्टल बुकिङ संयोजक सुवेदीले बताए ।
गण्डकी प्रदेश बाहिरका करिब १५ प्रतिशत जसो विभिन्न व्यवसायीहरु आफ्नो व्यवसाय प्रबद्र्धन गर्न मेलामा सहभागि हुन लागेको उनले दाब िगरे । उक्त मेलामा डोम सहित गर्दा ३ सय ३५ वटा सानो तथा ठुलो गरी व्यापारीक स्टलहरु रहने भएको छ ।
मेलाको स्टल निर्माण गर्न कार्य सुरु भएको संघका वाणिज्य उपाध्यक्ष एवं मेलाका स्टल व्यबस्थापन समितिका संयोजक समेत रहेका उत्तममान बुद्धाचार्यले बताए । मेलामा सानो ठुलो गरी दुई किसीमका स्टलहरु रहने गरी स्टल निर्माण गर्न सुरु भएको उनले जनाए ।
यसपाली उक्त मेलामा प्रबेश शुल्कको १० रुपैया भूकम्प प्रभावितहरुको लागि प्रदान गरिने भएको संघका अध्यक्ष पवनकुमार प्रजापतीले बताए । पोखरा महानगपालिका र नेपाल पर्यटन बोर्डले मेलाको प्रवद्र्धनमा रहेको संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले उल्लेख गरे ।
‘लगानीको सम्वद्र्धन ः उद्योग व्यवसायको प्रवद्र्धन’ भन्ने नाराका साथ आयोजना हुने मेला उद्यमशीलता विकासमा समर्पित संघले जनाएको छ । मेलामा गण्डकी प्रदेशका विभिन्न जिल्लामा उत्पादित हस्तकला, बास्तुकला, कृषिजन्य उत्पादनको बिक्री र प्रदर्शनका अलावा, नयाँ औद्योगिक उत्पादनहरु, अटो प्रदर्शनी र मनोरञ्जनात्मक कार्यक्रम पनि समावेश गरिने भएको छ । उत्पादक र उपभोक्तालाई एउटै मञ्चमा ल्याउनु तथा सुस्ताएको बजार चलायमान बनाउनु मेलाको अर्को उद्धेश्य भएको अध्यक्ष प्रजापतीले बताए । संघका महासचिव बलराम आचार्यले मेला सम्पन्न गर्न गठित विभिन्न उपसमितिहरु सक्रियतापूर्वक आफ्नो काममा लागेको उल्लेख गरे । कोभिड पछि सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउन पनि उक्त महोत्सवले थप सहयोग गर्ने संघका उद्योग उपाध्यक्ष देवेन्द्र केसीले बताए ।
यस बर्ष भिन्न ढंगले महोत्सव आयोजना गरिने भएको उनले जनाए । कृषि तथा मेसिनरी सामानहरु प्रत्यक्ष रुपमा दर्शकलाई अवलोकन गर्ने गराउने भएको केसीले जनाए । व्यपार र उद्योगलाई प्रबद्र्धन गर्नु मेलाको उद्धेश्य रहेको उनले जनाए । मेलामा सांस्कृतिक कार्यक्रम देखि वालउद्यान समेत समावेस गरिने भएको छ ।