दीननाथ बराल
पोखरा १४, मंसिर
शुक्रबार डिसेम्बर एक तारिख अर्थात विश्व एड्स दिवस । यस अवसरमा पोखरामा पनि विभिन्न कार्यक्रमहरुको आयोजना गरी उक्त दीवस मनाउने भएको विहिबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो ।
समुदायको नेतृत्वमा एड्स अन्त्य गरौं भन्ने मुल नाराका साथ यस बर्षको विश्व एड्स दिवस पोखरामा साइकल र्याली, पोखराको बसपार्क र लेकसाइडमा एचआईभि परिक्षण गरिने, एचआईभि संक्रमित बालबालिहरुलाई न्यानो कपडा वितरण गरिने भएको राष्ट्रिय एचआईभि एड्स महासंघका केन्द्रिय सदस्य मनोज गुरुङले बताउनु भयो । त्यसै गरी पोखराको पृथ्बीचोक बसपार्कमा औपचारिक समारोह तथा साँझ सांस्कृतिक कार्यक्रम हुने भएको उहाँले जनाउनु भयो । कार्यक्रममा कण्डम समेत निःशुल्क रुपमा वितरण गरिने भएको आयोजकले जनाएको छ ।
यसैबिच, कास्कीमा १ हजार ४ सय जनामा एचआईभि एड्स शंक्रमण रहेको सदस्य गुरुङले दाबी गर्नु भयो । उहाँका अनुसार गण्डकी प्रदेशमा २ हजार ८ सय जना एचआईभि एड्स शंक्रमित रहेका छन्।
अझै पनि समाजमा एचआईभि एड्स शंक्रमितहरुलाई हेर्ने दृष्टिकोणमा परिवर्तन नआएकोले लान्छाना र भेदभावले गर्दा खुल्न नचाहेको उहाँको भनाई थियो । एटुजेडको जिज्ञासामा राज्यले पछिल्लो समयमा बार्षिक रुपमा ५० करोड भन्दा बढी एचआईभि एड्स शंक्रमितहरुको क्षेत्रमा खर्च गर्दै आएको सदस्य गुरुङले जनाउनु भयो । महासंघ गण्डकीका सुपरभाइजर शान्त बहादुर रानाले समलिंगि र महिला यौनकर्मीहरुमा उच्च सावधानि अपनाउन नसक्दा एचआईभि एड्स शंक्रमित हुने जोखिम बढी हुने दाबी गर्नु भयो ।
एचआईभि शंक्रमित महिलाहरुको राष्ट्रिय महासंघ कास्कीका फोकलपर्सन प्रतिक शेरचनले एचआईभि एड्स शंक्रमित भएका २० जनामा हेपटाइटिसको समेत शंक्रमण भएकोले कलेजोमा समस्या आएकोले उहाँहरुको जिवन रक्षाको लागि राज्यले उचित ढंगले औषधी व्यबस्था गर्नुपर्ने माग गनुर्् भयो । पछिल्लो समयमा एआरभि र एआरटि जस्ता औषधी र सेवाको विस्तारले गर्दा एचआईभि एड्स शंक्रमित भए पनि अर्कोलाई सर्ने क्षमतामा धेरै कमी आएको उहाँले बताउनु भयो ।