जिवनशैली पत्रिका

पोखराको बजेट ल्याउदा मिलेन तालमेल…हल पनि खाली जस्तै..

पोखरा, क्षेत्रफलका हिसावले देशकै ठुलो पोखरा महानगरपालिकाले आइतबार बजेट सार्वजनिक गर्दा केही तालमेल मिलाउन नसक्दा आलोचित हुनु परेको छ । संविधान त यही असार १ गते भित्र प्रदेश सरकारले बजेट ल्याएसंगै असार १० गते भित्र बजेट ल्याउनु पर्ने बाध्यतामा रहेको महानगरले यसपाली भने ८ गते नै बजेट ल्याउदा हतार हतारमा ल्याउदा कतै तालमेल नमिलेको देखियो । बजेट भाषणमा राम्रो तालमेल नमिल्दा भाषणमा केही समस्या भएको थियो । कार्यक्रममा सार्वजनिक गरिएको बजेट तथा कार्यक्रम एवं रकम समेत फरक पर्न गएको छ… पुरा पढौ

विपन्न तथा मध्यम बर्गका व्यक्तिको आवास निर्माण तथा मर्मत संभार कार्यका लागि सहुलियत ब्याजदरमा प्रति व्यक्ति ८ लाख प्राप्त हुने,

पोखरा ८, असार, पोखराका विपन्न तथा मध्यम आय भएका परिवारको आवास निर्माण तथा मर्मत संभार कार्यका लागि सहुलियत ब्याजदरमा प्रति व्यक्ति ८ लाख उपलब्ध गराउने भएको छ । पोखरा महानगरपालिकाको १७ औं नगरसभामा आर्थिक बर्ष २०८२÷०८३ बजेट तथा कार्यक्रमः आइतबार प्रस्तुतः गर्दै पोखराका उपमेयर मन्जुदेवि गुरुङले उक्त योजना सार्वजनिक गरेकी हुन् । उक्त शिर्षकमा कति बजेट विनियोजन भएको सोको बिषयमा उहाँले बजेटमा खुलाउनु भएन त्यसको लागि केही दिन पनि सार्वजनिक हुने रातो कितावमै हेर्नु पर्ने भएको छ । समग्र सामाजिक… पुरा पढौ

कुकुर सुचिकृत गर्नुहोस, सुरक्षित रहनु होस–अध्यक्ष शाही

गण्डकी, ८ असार ः पोखरा महानगरपालिका वडा नं. १७ का वडाअध्यक्ष राधिका शाही योगीले कुकुर वडा कार्यालयमा सुचिकृत गरि रेविजको सुई लगाएर सुरक्षित रहन वडावासीलाई आग्रह गर्नुभएको छ । सनराईज टोल विकास संस्था पोखरा १७ को दोश्रो बार्षिक साधारण सभाको आज उद्घाटन गर्दै उहाँले वडामा सुचिकृत भएका घरपालुवा कुकुरलाई वडाले निशुल्क रेविजको सुई लगाउने व्यवस्था गरेको जानकारी दिनुभयो । वडामा दर्ता शुल्क सय रुपैया लाग्ने गरेको बताउँदै उहाँले सुचिकृत भएका कुकुरलाई ुपशुसेवा केन्द्रमार्पmत रेविजको सुई लगाउदै आएको वताउनुभयो । शोखका… पुरा पढौ

प्रतिभा ‘फुटसल’ को उपाधि स्टेप वाइ स्टेपलाई

पोखरा, असार ८, पोखरा–३ नदीपुरस्थित प्रतिभा माध्यमिक विद्यालयले आयोजना गरेको फुटसल प्रतियोगिताको उपाधिस्टेप वाई स्टेपको टिमले हात पारेको छ । उपाधिसँगै स्टेप वाई स्टेपले २० हजार रुपैयाँ नगद पुरस्कार र ट्रफी जितेको छ । स्टेप वाई स्टेपले टाइ ब्रेकरमा २–१ गोल अन्तरमा टिम १० लाई पराजित गरेको छ । निर्धारित समय २–२ गोल अन्तरले बराबरी भएपछि खेल टाई ब्रेकरमा जाँदा स्टेप वाई स्टेपले जित हात पारेको हो । उपविजेता टिम १० ले नगद १० हजार रुपैयाँ र ट्रफी हात पारेको… पुरा पढौ

रेवान पोखराद्वारा आयोजित तीन तालिम सम्पन्न

असार ८,पोखरा, रेवान पोखराको आयोजनामा विभिन्न तीनवटा तालिमहरू सम्पन्न भएका छन् । रेवान पोखरा मातहतका विभिन्न रेस्टुरेन्टमा कार्यरत ६५ जना कर्मचारीहरूलाई उक्त तालिम प्रदान गरिएको हो । सम्पन्न बारिष्टा पुनर्ताजगीमा २५ जना, इन्डियन कुजिन तालिममा २० जना र कन्टिनेन्टल कुजिन तालिममा २० जनाको सहभागिता रहेको थियो । उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेश, नेपाल पर्यटन बोर्ड गण्डकी तथा इन्स्योरेन्स परियोजनाको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । तालिमका सहभागीहरूलाई एक समारोहका बीच प्रमाणपत्र वितरण गरिएको छ । उनीहरूलाई समापन समारोहका प्रमुख अतिथि… पुरा पढौ

अभियानका सदस्यलाई हपिंक, फिनेल र झोल साबुन बनाउने तालिम

पोखरा, ८ असार आफनो समूहमा आबद्ध सदस्यहरुलाई स्वरोजगार बनाउने उदेश्य सहित पोखरा महानगरपालिका वडा नम्बर १ लामपाटन मार्गस्थित अभियान महिला समुहले हपिंक, फिनेल र झोल साबुन बनाउने तालिम संचालन गरेको छ ।सिप सिकै र आत्मनिर्भर बनौ भन्ने उदेश्य सहित पोखरा महानगरपालिका वडा नम्बर १ कार्यालयको सहयोगमा आईतबारदेखि दुई दिने तालिम संचालन गरिएको हो । तालिममा सहभागीहरुलाई लक्ष्मी पौडेलले सहजीकरण गरेकी छिन् । तालिमको पोखरा १ का वडा अध्यक्ष सहारा प्रधानले उद्घाटन गदै तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्न आग्रह गरेका थिए… पुरा पढौ

पोखरा इन्जिनियरिङ कलेजमा दुई दिने प्रशिक्षण सम्पन्न

पोखरा, ८ असार, पोखरा इन्जिनियरिङ कलेजमा रहेको सिभिल इन्जिनियरिङ्ग विभागको प्राविधिक क्लबको आयोजनामा तथा कलेजको आरएमसी संयोजक ई.कृष्ण घिमिरेको संयोजकत्वमा दुई दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा शहरी विकास तथा भवन निर्माण कार्यालयका ई. अच्युत पौडेलले सहजीकरण गरेका थिए । तालिममा करिब ४० जना विद्यार्थीहरूको सहभागिता रहेको थियो। यस तालिमले विद्यार्थीहरूलाई भवन निर्माण सम्बन्धी परियोजनाहरूको लागत अनुमान गर्ने सीप प्रदान गर्नुका साथै व्यावहारिक दक्षता अभिवृद्धि गर्न ठूलो टेवा पुगेको सहभागीहरूले बताएका छन्। कार्यक्रम समापनको क्रममा संयोजक घिमिरेले यस्ता तालिमहरूले… पुरा पढौ

पोखराको बजेट ८ अर्ब ३५ करोड

दीननाथ बराल,पोखरा ८, असार, पोखरा महानगरपालिकाले आर्थिक बर्ष २०८२÷०८३ को लागि ८ अर्व ३५ करोड १२ लाख रुपैयाको बजेट प्रस्तुतः गरेको छ । पोखरा महानगरपालिकाको १७ औं नगरसभामा आर्थिक बर्ष २०८२÷०८३ बजेट तथा कार्यक्रम आइतबार प्रस्तुतः गर्दै पोखराका उपमेयर मन्जुदेवि गुरुङले उक्त बजेट सार्वजनिक गर्नु भएको हो । उक्त बजेटको खर्च केन्द्रगत रुपमा नगर कार्यपालिकाको कार्यालय तर्फ ५५ करोड अर्थात १८.१५ प्रतिशत, सामाजिक विकास तर्फ ३८ करोड अर्थात ७.२८ प्रतिशत, आर्थिक विकास तर्फ १८ करोड अर्थात ३.४५ प्रतिशत, वडा कार्यालय… पुरा पढौ

पोखरामा ८२ तोला अवैध सुन सहित दुई जना पक्राउ, १ करोड ३० लाख बराबरको गरगहना बरामद

दीननाथ बराल, पोखरा, ७ असार, पोखरामा ८२ तोला अवैध सुन सहित दुई जना पक्राउ परेका छन् । यही असार ६ गते पोखराबाट बुटवल तर्फ जादै गरेको माइक्रोबसलाई पोखरा २२ पुम्दी भुम्दीमा खानतलसी गर्दा ८२ तोला अवैध सुन सहित दुई जना पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा भारत पंजावका ४९ बर्षीय कुलदीप सिंह र रुपन्देही तिलोत्तमा नगरपलिका १६ पुर्वबहिया नगरपालिका वडानम्बर १६ घर भएका ४७ बर्षीय रामबहादुर विक रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले शनिबार पोखरामा आयोजित पत्रकार भेटघाट… पुरा पढौ

ब्रिटिस क्याम्पमा जेपी क्रसको १०० वर्ष जन्मोत्सव

पोखरा, ७ असार, ब्रिटिसका नेपाली नागरिक लेफ्टनेन्ट कर्णल जे.पी. क्रसले शनिबारदेखि १ सय वर्ष पार गरेका छन् । उनले शताब्दी पार गरेका क्रसको जन्मोत्सव पोखरामा भव्य रुपमा मनाइएको छ । ब्रिगेड अफ गोर्खाको इतिहासमा सबैभन्दा प्रसिद्ध ब्रिटिश अधिकारीहरूमध्ये एक जेपी क्रसको जन्मोत्सव पोखरास्थित ब्रिटिश गोर्खाज नेपाल क्याम्पमा भव्य समारोह गरी मनाइएको हो । कार्यक्रमा बेलायती राजदूत रब फेन, भुतपूर्व ब्रिटिश गोर्खाहरू र सेवारत अधिकारी तथा कर्मचारीहरू उपस्थित रहेको थियो । ब्रिटिश गोर्खाज नेपालका कमाण्डर कर्णल ड्यान रेक्स एम भी ओले… पुरा पढौ