
पोखरा, ८ असार
आफनो समूहमा आबद्ध सदस्यहरुलाई स्वरोजगार बनाउने उदेश्य सहित पोखरा महानगरपालिका वडा नम्बर १ लामपाटन मार्गस्थित अभियान महिला समुहले हपिंक, फिनेल र झोल साबुन बनाउने तालिम संचालन गरेको छ ।
सिप सिकै र आत्मनिर्भर बनौ भन्ने उदेश्य सहित पोखरा महानगरपालिका वडा नम्बर १ कार्यालयको सहयोगमा आईतबारदेखि दुई दिने तालिम संचालन गरिएको हो । तालिममा सहभागीहरुलाई लक्ष्मी पौडेलले सहजीकरण गरेकी छिन् ।
तालिमको पोखरा १ का वडा अध्यक्ष सहारा प्रधानले उद्घाटन गदै तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्न आग्रह गरेका थिए । वडामा यो नयाँ तालिम रहेकाले तालिम पछि समुहमा आवद्ध सदस्यहरुले हपिंक, फिनेल र झोल साबुन उत्पादन गरि ब्यवसायी सगै आत्मनिर्भर बन्न आग्रह गरेका थिए ।
तालिममा समुहमा आवद्ध ४० जना सदस्यहरुको सहभागिता रहेको समुहकी अध्यक्ष सरस्वती रिमालले जानकारी दिईन । तालिम पछि सिकेका कुराहरु व्यवहारमा उत्तार्ने गरि आफुहरुले काम गर्ने रिमालले बताईन ।





