जिवनशैली पत्रिका

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी र खेलकुदकर्मीद्वारा सहारा एकेडेमीको अवलोकन

पोखरा, २७ पुस, पोखरा महानगरपालिका–१७ दोभिल्लामा रहेको सहारा एकेडेमीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी तथा विभिन्न खेलकुदकर्मीहरूले अध्ययन तथा अवलोकन गर्नुभएको छ। पेरिस पारा ओलम्पिकमा कास्य पदक विजेता पलेसा गोवर्धनसहितको खेलाडी टोलीले सहारा एकेडेमीको स्थलगत अवलोकन गर्दै त्यहाँ सञ्चालन भइरहेको शैक्षिक तथा खेलकुद गतिविधिबारे जानकारी लिएको सहारा क्लबका अध्यक्ष केशवबहादुर थापाले बताउनुभयो। अवलोकन टोलीलाई सहारा क्लबले औपचारिक स्वागत गरेको थियो। यस क्रममा क्लबका वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङ, पूर्व अध्यक्ष विक्रम थकाली, वीरभद्र आचार्यलगायतले आगन्तुक खेलकुदकर्मीहरूलाई सहारा एकेडेमीको उद्देश्य, सञ्चालन प्रक्रिया र… पुरा पढौ

पदमार्ग संरक्षण नगरे पर्यटन र स्थानीय अर्थतन्त्र संकटमा पर्छः टान अध्यक्ष पाण्डे (भिडियो सहित), ३ तीन पत्रकार सम्मानित

दीननाथ बराल, पोखरा, २७ पुस, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का केन्द्रिय अध्यक्ष सागर पाण्डेले नेपालका प्रमुख पर्यटकीय पदमार्गहरू गम्भीर जोखिममा रहेको बताउनु भएको छ । टान गण्डकीको ३२ औं बार्षिक साधारण सभाको आइतबार पोखरामा उद्घाटन गर्दै अध्यक्ष पाण्डेले समयमै पदमार्गहरूको अडिट, संरक्षण र अद्यावधिक गर्न नसकिए पदमार्गबाट हुने लाभ स्थानीय समुदाय, पर्यटन व्यवसायी र स्थानीय सरकार समेत प्रभावित हुने बताउनु भएको हो । https://www.youtube.com/watch?v=EY3R4SSZy6E अध्यक्ष पाण्डेले नेपालका धेरै महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा रहेका पदमार्गहरू विभिन्न कारणले मासिँदै जाँदा… पुरा पढौ

कोन सहकारीको रक्तदानमा ५९ युनिट रगत संकलन

पोखरा, २७ पुस, पोखरा महानगरपालिका वडा नं. १३ भद्रकाली चोकस्थित कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले शनिबार खुला रक्तदान कार्यक्रम आयोजना गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत सहकारीको २७औँ वार्षिकोत्सवको अवसर पारेर गरिएको उक्त कार्यक्रममा ५९ युनिट रगत संकलन भएको छ । कार्यक्रमका प्रमुख अतिथि संस्थाका निवर्तमान अध्यक्ष तीर्थबहादुर बस्नेतले पहिलो रक्तदाता संस्थाका साधारण सदस्य राजु भट्टलाई ब्लड ब्याग हस्तान्तरण गर्दै कार्यक्रमको शुभारम्भ गरिएको थियो । सो अवसरमा बोल्दै निवर्तमान अध्यक्ष बस्नेतले स्वस्थ जीवनका लागि नियमित स्वास्थ्य परीक्षण,… पुरा पढौ

मिस तामाङ पोखरा–२०२६ का प्रतियोगीहरूको प्रतिभा प्रस्फुटन कार्यक्रम सम्पन्न

पोखरा, २७ पुस, सोनामल्होसारको अवसरमा बैदाम तामाङ सेवा समाजको आयोजनामाहुनलागेको मिस तामाङ पोखरा–२०२६ का प्रतियोगीयुवतीहरूको प्रतिभा प्रस्फुटन कार्यक्रम सम्पन्नभएको छ । कार्यक्रममा सहभागीप्रतियोगीहरूले आफूभित्रनिहितकला, सीप तथासिर्जनात्मकप्रतिभा प्रस्तुत गरेका थिए। प्रतियोगी रोज स्याङदेन लामाले सेल्फ ब्राइडल मेकअप, कविना घिसिङ तामाङले मेकअपकला, सोनीपाख्रिनतामाङले तामाङ सेलोमा आकर्षक नृत्य प्रस्तुत गरिन्। त्यसैगरी मायादुम्जनतामाङ र सुप्रियागोले तामाङले गीतगायन, खुसी मोक्तानतामाङले लोक नृत्य प्रस्तुत गरिन्। सलिना स्याङदेन तामाङले चित्रकलातथा सोममाया मोक्तानतामाङले हस्तकलाका सामग्रीनिर्माण गरी प्रदर्शन गरेकीथिइन्। प्रतिभा प्रस्फुटन कार्यक्रमका निर्णायकहरूमागीतकार तीर्थ तामाङ, नेपालपत्रकार महासंघ कास्कीकाउपाध्यक्षतथा सञ्चारकर्मी… पुरा पढौ

पोखरामा आज ३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइयो (भिडियो सहित)ं

दीननाथ बराल, पोखरा, २७ पुस, पोखरामा आज (आइतबार) ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विविध कार्यक्रम गरी मनाइएको छ । नागरिक मूल समारोह समिति २०८२, कास्कीले कास्की जिल्लाका ५० भन्दा बढी सामाजिक, धार्मिक, शैक्षिक तथा पेशा–व्यवसायगत संघ–संस्थाहरूको सहभागितामा विविध कार्यक्रम सहित पृथ्वी जयन्ती मनाएको हो । https://www.youtube.com/watch?v=jYnSCxW3WIM आइतबार बिहान मानवअधिकार चोक (चिप्लेढुंगा) बाट शोभायात्रा सुरु भएको थियो भने शोभायात्रामा पञ्चेबाजा, भजन–चुड्का, झाँकी तथा नाचगानसहितको शोभायात्रा नगरका विभिन्न भागको परिक्रमा गर्दै पृथ्वीचोक पुगेर मूल समारोहमा परिणत भएको कार्यक्रम संयोजक भोलाजंग… पुरा पढौ

शिक्षक महासङ्घ कास्कीको परिषद् सम्पन्न, अग्रज शिक्षकलाई सम्मान

पोखरा, पुस २७, नेपाल शिक्षक महासङ्घ, कास्कीको दोस्रो जिल्ला परिषद् आइतवार पोखरामा सम्पन्न भएको छ । नेपाल शिक्षक महासङ्घ, कास्कीका अध्यक्ष भोलानाथ पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले प्रशस्त लगानी भएर पनि सामुदायिक विद्यालयले सन्तोषजनक नतिजा दिन नसकेको अवस्थाप्रति शिक्षक महासङ्घले विशेष ध्यान दिनुपर्ने धारणा राखे । विद्यालयको प्रधानाध्यापकले असल नेतृत्व दिन सक्दा विद्यालयको गुणस्तर राम्रो हुने सोचले महानगरले प्रधानाध्यापकका लागि केही मात्रामा भए पनि प्रोत्साहन रकम प्रदान गरेको आचार्यले बताए । शिक्षा विकास तथा समन्वय एकाइ,… पुरा पढौ

पुस २९ गते देखि सुरु हुने पोखरा महोत्सवको तयारी पुरा

पोखरा, पोखरामा यही पुष २९ गतेदेखि सुरु हुने १४ औं संस्करणको पोखरा महोत्सवको तयारी पुरा भएको छ । माघको ११ सम्म पोखराको अमरसिंह खेल मैदानमा आयोजना हुने १४ औं संस्करणको पोखरा महोत्सवको सम्पूर्ण तयारी पुरा भएको महोत्सव आयोजक युनाईटेड क्लबले आइतबार महोत्सव स्थलमा आयोजना गरेको पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो । स्थापना कालदेखिनै पोखरा महोत्सवको आयोजना गरि युनाईटेड क्लबले शिक्षा, स्वास्थ्य खेलकुद र पर्यटन प्रवद्र्धनको क्षेत्रमा काम गर्दै आइरहेको छ । १४ औं संस्करणको पोखरा महोत्सवबाट युनाईटेड क्लवको आफ्नै… पुरा पढौ

नव आदर्श सामुदायिक विकास समाजको साधारण सभा सम्पन्न

पोखरा, पोखराको लामाचौरमा रहेको नव आदर्श सामुदायिक विकास समाजको २९ औं साधारण सभा सम्पन्न भएको छ । सभाको उद्घाटन गर्दै समाजका मानार्थ सदस्य एवं नेपाल सरकारका पुर्व सचिव बाबुराम आचार्यले समाजको विकास र रूपान्तरणका लागि सामाजिक संघ संस्थाको भुमिका महत्वपुर्ण हुने बताए। उनले यस क्षेत्रको सामाजिक तथा आर्थिक विकासमा समाजले खेलेको भुमिका उल्लेखनीय रहेको बताए। पोखरा १९ का वडा अध्यक्ष पुष्पेन्द्र पाण्डेले वडा भित्रका विकास निर्माणका काममा स्थानीय संघ संस्थासंग सहकार्य गरी अगाडी बढ्न वडा कार्यालय तयार रहेको बताए ।उनले… पुरा पढौ

पोखरा महोत्सवको सुरक्षामा विशेष ध्यान दिइने

पोखरा, १४ औं संस्करणको पोखरा महोत्सवमा सुरक्षामा विशेष ध्यान दिइने भएको छ । महोत्सवमा आउने दर्शक र महोत्सव स्थलको सुरक्षाका लागि, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सादा पोशाकका प्रहरी, सेक्युरिटी गार्ड, स्वयंसेवक र सिसिटिभी क्यामेराको निगरानीबाट सुरक्षा प्रदान गरिने भएको हो । कास्कीका सुरक्षा निकायका प्रतिनिधी र महोत्सव आयोजक बिचको बैठकले महोत्सवमा भइपरी हुन सक्ने घटनालाई मध्येनजर गरी महोत्सव स्थलको सुरक्षालाई चुस्त बनाइने निर्णय गरेको छ । सो अवसरमा वोल्दै कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले विगतका वर्षहरु भन्दा यो वर्ष… पुरा पढौ

जवबिद्युत र पर्यटनमा नेपालको भविश्यः यसलाई बिमाबाट सुरक्षित गर्न सुझाव (भिडियो सहित)

दीननाथ बराल,पोखरा, २६ पुस, नेपालमा तीव्र गतिमा विस्तार भइरहेको जलविद्युत क्षेत्रसँगै त्यससँग जोडिएका इन्जिनियरिङ, सञ्चालन र प्राकृतिक जोखिमले कार तथा इन्जिनियरिङ बीमा दावीहरूलाई प्रत्यक्ष रूपमा प्रभावित गर्न थालेका छन् । जलविद्युत आयोजना औपचारिक रूपमा बीमाको दायरामा रहे पनि क्षति हुँदा अपेक्षित क्षतिपूर्ति नपाइने गुनासो बढ्दै गएको सरोकारवालाहरूले बताएका हुन् ।नेपाल बीमा सर्वेक्षक संघ (निसा) द्वारा आयोजित “कार बीमा दावीहरू जलविद्युत जोखिमसँग जोडिएका छन” विषयक एकदिने राष्ट्रिय अन्तरक्रिया कार्यक्रम शनिबार पोखरामा सम्पन्न भएको हो । https://www.youtube.com/watch?v=CJ0dVZu-VV8 कार्यक्रमका प्रमुख अतिथि नेपाल बीमा… पुरा पढौ