जिवनशैली पत्रिका

मोटरसाइकलको स्वरुप परिवर्तन गरी सवारी चलाउने ४ जना पक्राउ, ध्वनी प्रदुषण गर्ने उपर कारवाही गर्ने प्रहरीको चेतावनी

दीननाथ बराल, पोखरा, २७ असोज, पर्यटकीय नगरी पोखरामा मोटरसाइकलको स्वरुप परिवर्तन (मोडिफाई) गरी अनधिकृत रूपमा सवारी साधन चलाउने ४ जना युवालाई प्रहरीले पक्राउ गरेको छ । ठुलो आवाज निकाल्दै ध्वनी प्रदूषण गर्ने, समाजमा आतंक फैलाउने तथा शान्ति–सुव्यवस्थामा खलल पु¥याउने कार्यमा संलग्न रहेको आरोपमा कास्की प्रहरीले ४ जना युवालार्ई नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१० बुद्धचोकका २१ वर्षीय सुवास कार्की (ग १२ प ९८३२ नम्बरको मोटरसाइकल चालक), पोखरा–३ बस्ने म्याग्दी मालिका गाउँपालिका–१ स्थायी रुपमा बस्दै आउनु भएको २५… पुरा पढौ

सुलभ डिपार्टमेन्टल स्टोर्समा उपहार योजना, प्रथम पुरस्कार इलेक्टिक स्कुटर

पोखरा, २७ असोज, पोखरा ६ जरेबरमा रहेको सुलभ डिपार्टमेन्टल स्टोर्सले दशै तिहारमा ग्राकहरुलाई लक्षित गर्दै उपहार योजना ल्याएको छ । दशै र तिहारलाई लक्ष्त गरे ल्याएका योजनामा १ हजारको खरिदमा एउटा कुपन पाइने छ । लक्की ड्र मार्फत विजेताले प्रथम पुरस्कार इलेक्टिक स्कुटर, दोस्रो पुरस्कार माउन्टेन साइकल र तेस्रो पुरस्कार डिस्पेन्सर पाउने छन् । अन्य १२ जनालाई सान्तोना पुरस्कार प्रदान गरिने डिपार्टमेन्टलका प्रबन्ध निर्देशक लक्ष्मण बरालले जानकारी दिए । १७ वर्ष अगाडि पोखराका पर्यटन व्यवासायीहरुको संयुक्त लगानिमा स्थापना भएको सुलभ… पुरा पढौ

पोखरामा बजाज मोटरसाइकल एक्सचेन्ज मेला सुरु, बजार मूल्यांकन भन्दा १० हजार रुपैयाँसम्म बढी मूल्य पाइने

पोखरा, २७ असोज, बजाज मोटरसाइकलका ग्राहकका लागि पोखरामा आकर्षक एक्सचेन्ज अफर सुरु भएको छ । पोखरा नयाँबजारस्थित इच्छाशक्ति अटोमोबाइल्स प्रा. लि.ले यही असोज २६ गतेदेखि कार्तिक ३ गतेसम्म ‘बजाज एक्सचेन्ज मेला–२०८२’ सञ्चालन गरेसंगै यहाँ एक्सचेन्ज अफर सुरु भएको कम्पनीले पोखराक्लिकलाई जनाएको छ । मेलामा जुनसुकै ब्रान्डको पुरानो मोटरसाइकल वा स्कुटर सटही गरी नयाँ बजाज मोटरसाइकल लिन सकिनेइच्छाशक्ति अटोमोबाइल्स प्रा :लि.का जनरल म्यानेजर आघोशमान बुद्धाचार्यले बताउनु भयो । कार्यक्रममा बजार मूल्यांकन भन्दा १० हजार रुपैयाँसम्म बढी मूल्यमा पुरानो सवारी लिने जस्तो… पुरा पढौ

मणिपाल शिक्षण अस्पतालको सेवा प्रभावित

पोखरा, २७ असोज, नेपाल मणिपाल शिक्षण अस्पताल, पोखराको सेवा नर्सहरूको आन्दोलनका कारण प्रभावित भएको छ। न्यूनतम पारिश्रमिक नपाएको भन्दै अस्पतालका स्टाफ नर्सहरू निरन्तर आन्दोलनमा उत्रिएपछि अस्पतालको अधिकांश सेवा ठप्प भएको हो। अस्पतालका श्रोतका अनुसार नर्सहरू आन्दोलनमा गएसँगै अस्पतालमा गम्भीर प्रकृतिका बिरामीबाहेक अन्यलाई अन्यत्र व्यवस्थापन गरिएको छ। ओपीडी सेवा ठप्प भएको छ भने भर्ना हुने बिरामीको प्रक्रिया रोकिएको छ। अस्पतालले नयाँ बिरामी भर्ना नगरी पुराना बिरामीलाई अन्य स्वास्थ्य संस्थामा रिफर गर्दै आएको छ। अस्पतालमा कार्यरत करिब ३ सय ६६ जना नर्सले… पुरा पढौ

गण्डकी प्रादेशिक क्रिकेट संघको साधारण सभाको अवसरमा खेलाडी सम्मान, पूर्वाधार निर्माणमा जोड

दीननाथ बराल, पोखरा २६, असोज, गण्डकी प्रादेशिक क्रिकेट संघले आइतबार आफ्नो चौथो वार्षिक साधारण सभाको अवसरमा ७ जना खेलाडीहरुलाई नगद सहित सम्मान गरेको छ । विभिन्न उमेर समूहबाट राष्ट्रिय हुदै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाईसकेका प्रदेशका चार महिला र तीन पुरुष खेलाडीलाई पोखरामा आयोजित संघको साधारण सभाको अवसरमा खेलाडीहरुलाई प्रोत्साहन स्वरुप नगद सहित सम्मान गरेको संघ गण्डकीका अध्यक्ष संजयकान्त सिग्देलले पोखराक्लिकलाई बताउनु भयो । सम्मानित हुने महिला खेलाडीहरुमा कुसुम गोदार, सिमना केसी, ज्योस्त्निका मरासिनी र रचना चौधरी रहनु भएको छ भने… पुरा पढौ

पोखरामा स्कोरपियोको ठक्करले एक बृद्धको मृत्यु

पोखरा, २६ असोज, पोखरामा स्कोरपियोको ठक्करले एक बृद्धको मृत्यु भएको छ । पोखरा २५ हेमजाको नहरचोकमा शनिबार बेलुका ६ः५५ बजे ग ३ च ९८१६ नम्बरको स्कोरपियोले ठक्कर दिदा स्थानिय ६७ बर्षीय बृद्ध आस बहादुर बि.क.को मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ । स्कोरपियोको ठक्करले शक्त्त घाइते भएका बि.क.को फिस्टेल हस्पतालमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । चालक रुपा गाउँपालिका ६ का ४१ बर्षीय हिरामणि पंगेनीलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ । तिव्र गतिका कारण पैदलयात्री बि.क.लाई… पुरा पढौ

एक रनको रोमाञ्चक जितः युएईलाई हराउँदै नेपाल सुपर सिक्समा चम्कियो

काठमाडौं, असोज २६, आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोटको सुपर सिक्स चरणमा नेपालले रोमाञ्चक प्रदर्शन गर्दै युएईलाई एक रनले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ओपनर आसिफ शेखको अर्धशतकको मद्दतमा निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४० रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्‍यो । आसिफले ४७ बलमा ५ चौका सहित ५१ रन बनाए भने कुशल भुर्तेलले २८ रन र कप्तान रोहित पौडेले २० रनको योगदान दिए । अन्त्यतिर गुलशन झाले ५ बलमा १४ रनको तेज… पुरा पढौ

पोखरामा फेरि बढ्न थाल्यो पर्यटकको रौनक (भिडियो सहित) होटल अकुपेन्सी ३० प्रतिशत पुग्दा पर्यटन व्यवसायीमा आशा जाग्यो

दीननाथ बराल,पोखरा, २५ असोज, विजयादशमी पर्व सकिएसँगै पर्यटनको राजधानी पोखरामा फेरि पर्यटकहरूको चहलपहल बढ्न थालेको छ। पर्वको बिदा सकिएपछि शनिबारदेखि आन्तरिक र बाह्य दुवै पर्यटकहरूको आगमनमा उल्लेखनीय वृद्धि भएको पर्यटन व्यवसायीहरूले बताएका छन्। https://www.youtube.com/watch?v=F0PAjumfN-k पोखराका प्रमुख पर्यटकीय क्षेत्रहरू — फेवाताल, सराङकोट, विश्वशान्ति स्तूप, पुम्दीकोट बिशाल महादेवको मुर्ति, लेकसाइड लगायतका क्षेत्रमा पर्यटकहरूको भिडभाड देखिन थालेको छ। विशेषगरी फेवातालमा ढुङ्गा सयर गर्नेको लर्को लागेपछि पोखरा पुनः पर्यटकको रौनकले आशा जगाएको छ । फेवा डुंङ्गा व्यवसायी संगठनका अध्यक्ष बलराम गिरीका अनुसार शनिबार बिहानैदेखि… पुरा पढौ

पोखरामा विज्ञ नक्साकंन सहित प्रशिक्षक प्रशिक्षण तालिम

“व्यवहारमा परिवर्तन, कार्यसम्पादनमा सुधार”भन्ने नारा सहित गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान, पोखराको आयोजनामा तथा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुरको सहकार्यमा पाँच दिने प्रशिक्षक प्रशिक्षण तालिम २०८२ असोज २३ गतेदेखि पोखरामा संचालन भएकोछ । तालिमको उद्घाटन सत्रमा प्रमुख अतिथिका रूपमा बोल्दै गण्डकी प्रदेश सरकारका प्रमुख सचिव डण्डुराज घिमिरेले गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानले २०७५ सालदेखि नै नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको स्तरमा तालिमहरू सञ्चालन गर्दै आएको उल्लेख गरेका थिए। उहाँले तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतार्दै गाउँगाउँमा प्रयोगात्मक ढङ्गले समुदायसम्म पुर्या उनुपर्नेमा जोड दिएका… पुरा पढौ

ठूलाकोट कृषि सहकारी संस्थाको साधारणसभा सम्पन्न

पोखरा पोखरा महानगरपालिका २८ कालिकामा रहेको ठूलाकोट कृषि सहकारी संस्था लिमिटेडको १६औ वार्षिक साधारणसभा कार्यक्रम सम्पन्न भएको छ । साधारणसभामा प्रमुख अतिथि पोखरा महानगरपालिका २८ का वडा अध्यक्ष श्रीकृष्ण लामिछानेले पोखरा २८ कृषि क्षेत्र रहेको हुनाले कृषि सहकारीको ठूलो महत्व रहेको बताउदै ठूलाकोट कृषि सहकारीले उत्कृष्ट काम गरिरहेको बताए । वडा अध्यक्ष लामिछानेले कृषिमा राज्यले ठूलो अनुदान खर्च गरिरहेकोले पोखरा २८ मा कृषि सहकारी मार्फत सहकार्य गरेर काम गर्नको लागि वडा कार्यालय सकारात्मक रहेको बताए । सहकारीका अध्यक्ष श्याम प्रसाद… पुरा पढौ