स्वास्थ्य

टेम्पल ट्री १४ औं वर्षमा ः कर्मचारी सम्मान सहित मानव सेवा आश्रमलाई सहयोग

चैत्र २,पोखरा, पोखराको लेकसाइडस्थित टेम्पल ट्री रिसोर्ट एण्ड स्पाले स्थापनाको १३ वर्ष पुरा भई १४ वर्षमा प्रवेश गरेको छ । सो अवसरमा रिसोर्टले एक कार्यक्रमको आयोजना गरि यो दिवसलाई मनाएको छ । सोहि समारोहमा रिसोर्टमा लामो समयदेखि कार्यरत कर्मचारीहरुलाई मेडल सहित दिर्घ सेवा सम्मान प्रदान गरियो । सम्मानित सुमित्रा परियार र कृष्णबहादुर थापाले १० वर्ष तथा रजनी गुरुङ, कुसल गुरुङ, अमर रावल र मुक्ति पाध्याले विगत ५ वर्षदेखि रिसोर्टमा काम गर्दै आउनुभएको छ । कार्यक्रममा रिसोर्टमा कार्यरत कर्मचारी कलाकारहरुले मनोरञ्जनात्मक… पुरा पढौ

पोखराको सडकमा आश्रित २५ जनाको उद्दार, २ बर्ष बाववालिका देखि ज्येष्ठ नागरिकको उद्धार

दीननाथ बराल, सडक आश्रित २५ जना व्यक्तिहरुलाई पोखरामा उद्दार गरिएको छ । २ बर्षीय वालबालिका देखि ज्येष्ठ नागरिकसम्मका व्यक्तिहरुलाई विहिबार उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पोखराको पृथ्बीचोक तथा लेकसाइड क्षेत्रमा सडक क्षेत्रमा माग्दै हिड्ने तथा विभिन्न ढंगले सडकमा आश्रित १६ जना पुरुष र ९ जना महिलाको विहिबार उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरिक्षक तिलक मानन्धरले बताउनु भयो । उद्धार गरिएका मध्य मानव सेवा आश्रम हेम्जा शाखामा ९ जना पुरुष र छोरेपाटन शाखामा ४ जना… पुरा पढौ

बालिका यौन दुव्र्यवहार गरेको आरोपमा पोखरा सभागृहका एक युवा पक्राउ

दीननाथ बराल पोखरामा बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा एक जना युवा पक्राउ परेका छन् । पोखरा महानगरपालिका वडा नं. ८ सभागृह बस्ने ४६ बर्षीय सुरेश श्रेष्ठले १५ वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेको भन्ने जाहेरीको आधारमा उहाँलाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ । बालबालिका विरुद्ध कसूर (बाल यौन दुव्र्यवहार) मुद्दामा पक्राउ परेका श्रेष्ठलाई कास्की जिल्ला अदालतबाट दिन पाँच (५) म्याद थप गरी अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता डिएसपी श्रवणकुमार बि.क.ले जनाए । सोमबार प्रहरीलाई जाहेरीको… पुरा पढौ

धम्पुसमा आयोजित निःशुल्क वृहत् स्वास्थ्य शिविरबाट १ सय ४४ जना लाभान्वित

दीननाथ बराल, कास्कीको माछापुच्छ्रे« गाउँपालिका वडा नं ७ धम्पुसमा सोमबार आयोजना भएको एक दिने निःशुल्क वृहत् स्वास्थ्य शिविरबाट १ सय ४४ जना लाभान्वित भएका छन्। माछापुच्छ«्रे गाउँपालिकाको आयोजनामा र चरक मेमोरियल अस्पतालको प्राविधिक सहयोगमा धम्पुसको सामुदायिक स्वास्थ्य इकाईमा सञ्चालन भएको उक्त शिविरबाट १ सय ४४ जना लाभान्वित भएको माछापुच्छ्रे« गाउँपालिका ७ का अध्यक्ष बैकुण्ठ प्रसाद भण्डारीले पोखराक्लिकलाई बताए । स्वास्थ्य शिविरमा विशेषज्ञ डाक्टर र अत्याधुनिक उपकरण सहित सेवा उपलब्ध भएको अध्यक्ष भण्डारीले जनाए । शिविरमा जनरल फिजिसियन सेवा, स्त्रीरोग सम्बन्धी… पुरा पढौ

महाशिवरात्रीको अवसरमा पोखराका शिवालय मन्दिरमा पूजा आज गरिदै

आज महाशिवरात्री पर्वको अवसरमा पोखराका शिलावय मन्दिरहरुमा बिहानै देखि शिवका भक्तहरुको भिड् लागेको छ । पोखरा २२ मा रहेको बिशाल महादेवको मुर्ति, गुप्तेश्वर गुफा, केदारेश्वर महादेवमणि, पुशपतिनाथ मन्दिर (सृजनाचोक) लगायतका शिव मन्दिरमा भगवान शिवको उपासना गरी यो पर्व हर्स र उल्लाहासका साथ मनाइदै छ । नेपालको पवित्र एवं धार्मिक तिर्थ स्थलपशुपतिनाथ मन्दिरमा आज विहानैदेखि भक्तजनको भीड लागेको छ । यसैचिब कास्कीको अन्नपूर्ण गाउँपालिका ५ मा रहेको शीतल गुफामा पनि दर्शनार्थीको आज बिहानै देखि भिड लागेको छ । पुरा पढौ

राष्ट्रपतिद्वारा पत्रकार पौडेल परिवारप्रति समवेदना प्रकट

राष्ट्रपति रामचन्द्र पौडेलले पोखराका अग्रज पत्रकार रमेश पौडेल परिवारप्रति समवेदना प्रकट गरेका छन् । रेडियो बाराहीका प्रबन्ध निर्देशक रमेश पौडेलका ममतामयी आमा इन्द्रकला पौडेलको गत फागुन १४ गते कुस्मा ९, कटुवाचौपारी ज्ञादीस्थित आफ्नै निवासमा निधन भएको थियो । राष्ट्रपति पौडेलले बिहीबार टेलिफोनमार्फत आमा इन्द्रकलाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै पत्रकार पौडेल परिवारप्रति गहिरो समवेदना प्रकट गरेका हुन् । त्यस्तै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, राष्ट्रिय सभाका निवर्तमान अध्यक्ष गणेश तिमिल्सिना, गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्र थापा, कृषिमन्त्री महेन्द्रध्वज… पुरा पढौ

महाशिवरात्रि पर्वको अवसरमा पोखरामा उखु भित्रियो

दीननाथ बराल महाशिवरात्रि पर्वको अवसरमा पोखरामा उखु भित्रिएको छ । यस बर्ष पोखरामा गण्डकी प्रदेशका २ जिल्लाबाट उखु भित्रिएको हो । प्रदेशको गोर्खा र तनहुँबाट मात्र उखु महाशिवरात्रि पर्वलाई लक्षित गरी उखु भित्रिएको व्यवसायीहरु बताउछन् । यही फागुन २५ गते (शुक्रबार) महाशिव रात्रि पर्वलाई लक्षित गरी गोर्खाको च्याङलीङबाट धेरै मात्रामा र तनहुँको दामौलीबाट केही मात्रामा पोखरामा केही दिन देखि उखु भित्रिएको पोखरा शान्तिवन वाटिकामा रहेको कृषि उपज बजार व्याबस्थापन समितिका योजना सहायक रुपा दाहालले बताइन् । कालोजातको उखु खानको लागि… पुरा पढौ

धादिङ गजुरीको गलौदीमा बस दुर्घटना हुँदा ६ को मृत्यु

धादिङ गजुरीको गलौदीमा आज बिहान बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । लुम्बिनीबाट काठमाडौं जादैं गरेको बस त्रिशूलीमा खस्दा ६ जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी जवान जनप्रकाश सिंहले पोखराक्लिकलाई बताउनु भयो । आज बिहान करिब ४ः३ बजेको समयमा लु २ ख २१२१ नम्बरको बस बिहान सडकबाट करिब ९० मिटर तल त्रिशूलीमा खसेको उहाँले जनाउनु भयो । उक्त बसमा करिब ५१ जना सवार भएको प्रारम्भिक अध्ययनबाट खुलेको प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा परी उद्धार गरिएकाहरूलाई… पुरा पढौ

राष्ट्रिय माविको हीरक महोत्सव निःशुल्क स्वास्थ्य शिविरमा पहिलो दिन तीन सय १० जनाको परिक्षण

स्थापनाको ७५ औ वर्ष प्रवेशको अवसरमा हीरक महोत्सव मनाइरहेको पोखरा महानगरपालिका वडा नम्बर १ पुरानो टुँडिखेल स्थित राष्ट्रिय माध्यमिक विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । विद्यालयमा अध्य्यनरत विद्यार्थीहरुको लागि आयोजना गरिएको दुई दिने शिविरको पहिलो दिन मंगलबार तीन सय १० जना विद्यार्थीहरुको स्वास्थ्य परिक्षण गरिएको छ । शिविर बुधबारसम्म चल्नेछ । विद्यालयका पुर्व विद्यार्थी समेत रहेका हिरक महोत्सव स्वास्थ्य शिविर कार्यक्रम उपसमितिका संयोजक वरिष्ठ फिजिसियन डा वसन्त ताम्राकार, अर्का पुर्व विद्यार्थी वालरोग विशेषज्ञ डा विनोद तुलाचन सगै डा… पुरा पढौ

खानपिनमा ध्यान दिदै शारीरिक व्यायम गरी मोटोपन घटाउन चिकित्सकको सुझाव

खानपिनमा बिषेश ध्यान दिदै शारीरिक व्यायम गरी मोटोपन घटाउन चिकित्सकहरुले सुझाव दिनु भएको छ । मोटोपन दिवसको सन्दर्भमा पोखरा नयाँबजारमा रहेको बिद्याज डाइट एण्ड र फिट्नेस सेन्टरले सोमबार पोखरामा आयोजना गरेको छलफल कार्यक्रममा चिकित्सकहरुले उक्त सुझाव दिनु भएको हो । रातो मासु, सुकाएका तथा पोलेको मासु नखाने, तेलमा पकाइएको खाना कम खाने, धेरै भन्दा धेरै फलफुल र साग सब्जी खाने, चना र अंकुरित चनाको सेवन गर्ने, शरीरका वजनलाई संतुलित राख्नका लागि प्रतिदिन शारीरिक व्यायम गर्न चिकित्सकहरुले सुझाव दिनु भएको हो… पुरा पढौ