कास्की

पोखरामा नयाँ इभी चार्जिङ स्टेशनको शुभारम्भ बिन्ध्यवासिनी मन्दिर नजिकै सुविधा थप

पोखरा, १७ वैशाख, पोखरा महानगरपालिका वडा नं। २, मिरुवामा आजदेखि नयाँ इलेक्ट्रिक भेहिकल ९भ्ख्० चार्जिङ स्टेशन सञ्चालनमा आएको छ। बागलुङ राजमार्गमा अवस्थित बिन्ध्यवासिनी मन्दिरबाट करिब २०० मिटर उत्तरतर्फ रहेको यो चार्जिङ स्टेशनले इलेक्ट्रिक गाडी प्रयोगकर्ताहरूका लागि ठूलो राहत प्रदान गर्ने अपेक्षा गरिएको छ। यो चार्जिङ स्टेशनको शुभारम्भ लामो समयदेखि इलेक्ट्रोनिक व्यवसायमा सक्रिय गुडविल इलेक्ट्रोनिक्सका प्रोप्राइटर कमल श्रेष्ठले गर्नुभएको हो। “EV-GO”  FAST CHARGING STATION यो चार्जिङ स्टेशनमा हाल ८० किलोवाट क्षमताको चार्जर जडान गरिएको छ, जसले गाडीको ब्याट्रीलाई ३० मिनेटमा २०५ देखि… पुरा पढौ

गुणस्तरीय र प्रविधिमैत्री शिक्षाले मात्र समृद्ध नेपाल सम्भव मन्त्री थापा

पोखरा, गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले शिक्षा क्षेत्रमा गुणस्तर र नवप्रवर्तन आवश्यक रहेको बताएका छन् । विहिबार पोखरा लिङ्कन इन्टरनेशनल कलेजको स्नातक बधाई समारोहमा उनले यस्तो बताएका हुन् । “समयअनुकूल शिक्षामा रूपान्तरण आवश्यक छ। शिक्षक र विद्यालयले मात्र होइन, अभिभावकले पनि शिक्षामा सक्रिय भूमिका खेल्नुपर्छ ।”, उनले भने । मन्त्री थापाले विद्यालय शिक्षा ऐन संघ सरकारले ल्याएपछि प्रदेश सरकारले आफ्नो कानुन बनाउने जानकारी दिए । उनले शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले फ्राइडे फर… पुरा पढौ

कास्कीको रूपा गाउँपालिकाको न्यायिक समितिमा ८ वर्षमा १०६ मुद्दा दर्ता ७७ मुद्धा मेलमिलापबाट टुंगिए

पोखरा, कास्कीको रूपा गाउँँपालिकामा विगत ८ बर्षको अन्तरालमा १०६ मुद्दा न्यायिक समितिमा दर्ता भएका छन् । पालिका स्थापना भएदेखि हालसम्म करिव ८ वर्षको अबधिमा न्यायिक समितिमा दर्ता भएका १०६ मुद्धा मध्य ७७ वटा मेलमिलापबाट टुंगो लागेको पालिकाले बुधबार पालिकामा आयोजित एक कार्यक्रम मार्फत जानकारी गराएको हो । जसमध्ये १६ वटा मुद्दाको निरूपण÷फैसला भएका छन भने ४ मुद्धा फिर्ता, तामेलीमा ३ र ४ मुद्धा प्रक्रियामा रहेको न्यायिक समिति संयोजक रूपा गाउँपालिका उपाध्यक्ष लालसुब्बा गुरूङले बताउनु भयो । बुधबार गाउँपालिकामा आयोजित रूपा… पुरा पढौ

प्रथम लायन्स कप भलिबल भोलि देखि, पहिलो खेल इरानी टोली र एपिएफ बिच हुने

पोखरा, पोखरामा भोलिदेखि प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता सुरु हुँदैछ । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा हुने प्रतियोगिताको उद्घाटन खेल इरानको इरानी भलिबल टिम र नेपालको शसस्त्र प्रहरी बल ९एपीएफ० बिच हुनेछ । उक्त खेल दिउँसो २ बजेबाट सुरु हुनेछ । त्यसपछि भारतीय टिम र नेपाल पुलिस क्लबबिचको खेल हुने आयोजकले जनाएको छ । त्यसअघि मध्यान्ह्र १२ बजे प्रतियोगिताको उद्घाटन समारोह हुनेछ । उक्त समारोहको प्रमुख अतिथि पोखरा… पुरा पढौ

वैशाख २६ गते हुने नवौं पोखरा स्पोट्र्स अवार्डका लागि ४ विद्यामा मनोनयन सार्वजनिक

वैशाख १७, पोखरा, ‘नवौं पोखरा स्पोट्र्स अवार्ड २०८१’ को लागि ४ विद्यामा मनोनयन सार्वजनिक भएको छ । बुधबार पोखराको लेकसाइडस्थित बुम¥याङ रेष्टुरेण्टमा आयोजित पत्रकार सम्मेलनमा स्पोर्टस् अवार्डको ४ विद्याको मनोनयन आयोजक संस्था नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले सम्मेलन मार्फत सार्वजनिक गरेको हो । अवार्ड अन्तरगत वर्ष सर्वोत्कृष्ट खेलाडी पुरुष र महिला, वर्ष उदीयमान वर्ष खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक विधाका मनोनयनमा पर्न सफल ३र३ जना खेलाडीको नाम सार्वजनिक गरिएको छ । यही वैशाख २६ गते पोखरा इभेन्ट सेन्टरमा आयोजना हुने… पुरा पढौ

विहिबार देखि पोखरामा हुने प्रथम लायन्स कप अन्तर्राष्ट्रिय भलिबल प्रतियोगितामा २ विदेशी सहित ६ टिम सहभागि हुने

पोखरा, १६ वैशाख, पोखरामा हुने अन्तर्राष्ट्रिय स्तरको प्रथम लायन्स कप पुरुष भलिबल प्रतियोगितामा २ विदेशी सहित ६ टिमको सहभागिता हुने भएको छ । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा वैशाख १८ गतेदेखि हुने उक्त प्रतियोगितामा भारत र इरानको टिम २ विदेशी सहित ६ टिमको सहभागिता हुने मंगलबार पोखरा रंगशालामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । पोखरामा पहिलो पटक इन्डोर हलमा अन्तर्राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता हुन लागेको लायन्सका डिष्ट्रिक्ट गभर्नर चण्डीप्रसाद अर्यालले जानकारी दिए । स्वदेशी टिमको रुपमा… पुरा पढौ

पोखरामा कलश सहितको विशाल शोभा कलश यात्रा सम्पन्न

पोखरा, १६ वैशाख, पोखरा महानगरपालिका वडा नं। १७, बिरौटास्थित हरिहर मन्दिर र केही स्थानीयको जग्गामा मानव सेवा फाउण्डेशनद्वारा आयोजित गण्डकी कोटिहोम महायज्ञ अन्तर्गत मंगलबार बिहान ११ हजार कलश सहितको विशाल शोभा कलश यात्रा भव्य रूपमा सम्पन्न भएको छ। कोटिहोम परिसरबाट सुरु भएको यो यात्रा पोखराका बिभिन्न मुख्य सडक हुदै अगाडि बढेको थियो । गंगाको जलसहित ११ हजार कलश बोकेर देशभरबाट आएका भक्तजन, साधु–सन्त, स्वयंसेवक, महिला समूह, बालबालिका र जनप्रतिनिधिको उत्साहपूर्ण सहभागिताले पोखराको वातावरण भक्तिमय बनेको थियो।कलश यात्रामा चर्चित कथा बाचिका… पुरा पढौ

नेपाल भेटेरिनरी एशोसिएसन गण्डकी प्रदेशका अध्यक्षमा श्रेष्ठ

पोखरा, नेपाल भेटेरिनरी एशोसिएसन गण्डकी प्रदेशका अध्यक्षमा डा. रुपेश श्रेष्ठ निर्वाचित भएका छन । एशोसिएसनको चौंथो साधारण सभा तथा अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन । एशोसिएसनको उपाध्यक्षमा डा. थानेश्वर भट्ट, सचिवमा डा. आशिष गौतम, सह सचिवमा डा. अशेष राज विक र कोषाध्यक्षमा डा. सन्तोष बास्तोला निर्वाचित भए । त्यसैगरी कार्यसमिति सदस्यहरुमा डा. प्रियंका भण्डारी, डा. समिक्षा फुँयाल, डा. आशिष बसौला, डा. विश्व गैरे, डा. शुवाष बेलवासे र डा. सुजन थापा मगर निर्वाचित भएका छन । यस अघि अधिवेशनको उद्घाटन… पुरा पढौ

पोखरा कोटीहोम महायज्ञमा भोलि ११ हजार विशाल शोभा कलश यात्रा हुने

पोखरा, १५ बैशाख, पोखरा महानगरपालिका वडा नं। १७, बिरौटास्थित हरिहर मन्दिर परिसरमा मानव सेवा फाउण्डेशनद्वारा आयोजित गण्डकी कोटिहोम महायज्ञ धार्मिक र सांस्कृतिक उत्सवको प्रमुख केन्द्र बनेको छ ।वैशाख ३ गते भूमिपूजन र यज्ञकुण्ड निर्माण भएपछि चैत्र २९ गतेदेखि अनुराधा पाण्डेद्वारा श्यामद भागवत कथा प्रवचनको शुरुवातसँगै महायज्ञमा दैनिक रुपमा कथा वाचन शुरु भएको हो । महायज्ञमा हाल अन्तराष्ट्रिय कथा बाचिक देवी प्रतिभाले कथा वाचन गरेकी छन् । देवी प्रतिभाले बैशाख १८ गते सम्म कथा वाचन गर्ने कार्यक्रम रहेको महायज्ञ मुल आयोजक… पुरा पढौ

पोखराका प्रेम थापालाई राष्ट्रिय फोटो पत्रकारिता अवार्ड

पोखरा, पोखरा बाट संचालन हुने परिचय डटकमका फोटो पत्रकार एवम् इभेण्ट पोखराका संचालक प्रेम थापाले राष्ट्रिय फोटो पत्रकारिता अवार्ड अन्तर्गत गण्डकी उत्कृष्ट फोटो पत्रकारिता अवार्ड प्राप्त गरेका छन । काठमाडौंमा राष्ट्रिय फोटो पत्रकार समुह नेपाल एनएफपीजे ले आफ्नो ५ औं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड कार्यक्रममा उनले अवार्ड प्राप्त गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथी नेपाल सरकारका प्रतिनिधि सभा सभामुख देवराज घिमिरेले प्रसंशा पत्र र अवार्ड हस्तान्तरण गरे । उत्कृष्ट ५ मनोनयनमा परेका विष्णु गौतम, खिम लामिछाने, किरण आचार्य, सागर गिरीलाई… पुरा पढौ