
पोखरा, १९,वैशाख,
पोखराको गैह्रापाटनमा रहेको कुमुदिनी होम्स माध्यमिक विद्यालयमा शुक्रवार वार्षिक कार्यतालिकाअनुसार नयाँ शैक्षिक सत्रको पहिलो अतिरिक्त क्रियाकलाप अन्तर्गत आधारभूत तह स्तरीय अंग्रेजी वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
आधारभूत तह इन्चार्ज सजनी मजु श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतियोगी विद्यार्थीहरूले विज्ञान प्रविधिको महत्त्व र एक असल विद्यार्थी हुन मेरो कर्तव्य दुई छुट्टा छुट्टै शीर्षक मध्ये एकमा आ आफ्ना विचार व्यक्त गरेका थिए । प्रतियोगितामा कक्षा ७ (ग) की संस्कृति गैह्रे प्रथम, कक्षा ७ (ख) का श्रेयान्स द्विवेदी द्वितीय , कक्षा ६(ग) का श्रेयान के.सी. तृतीय र कक्षा ६ (क) का विमर्श नेपालीले सान्त्वना स्थान हाँसिल गरेका छन् ।
शिक्षिका मुना देवकोटाले सञ्चालन गरेको कार्यक्रममा शिक्षकहरू अभिशेक विश्वकर्मा र सावित्री बराल निर्णायक र मनिष पौडेलले समय पालकको भूमिका निभाउनु भएको थियो । प्रतियोगितामा कक्षा ६ देखि ८ सम्मका करिब ४ दर्जन विद्यार्थीहरूले सहभागिता जनाएका कुरा कार्यक्रम संयोजक श्रवण कुमार तिमिल्सिनाले जानकारी दिनुभयो ।






