कास्की

पोखरा अन्तराष्ट्रिय विमानस्थललाई चलाएमान बनाउन र यसको बदनाम नगर्न पर्यटन व्यवसायीको माग

दीननाथ बराल,पोखरा १०, वैशाख, पोखरा अन्तराष्ट्रिय विमानस्थललाई नियमित रुपमा चलाएमान बनाउन पोखराका पर्यटन व्यवसायीहरुले माग गर्नुु भएको छ । पोखराका पर्यटन व्यवसायीहरुको छाता संस्था पोखरा पर्यटन परिषदले आज (बुधबार) प्रेस विज्ञेप्ति जारी गर्दै अन्तराष्ट्रिय विमानस्थललाई चलाएमान हुनबाट रोक्ने काम नगर्न चेतावनी दिदै नियमित रुपमा चलाएमान बनाउन माग गरेको हो । पोखराको बदनाम नगर्न माग गर्दै यदि पोखरा अन्तराष्ट्रिय विमानस्थलमा कहि कतै भष्ट्राचार भएको छ भने यथाशिघ्र निश्पक्ष रुपमा छानविन गर्न समेत परिषदले सवै पक्षसंँग माग गरेको परिषदका अध्यक्ष तारानाथ पहारीले… पुरा पढौ

ऐतिहासिक कोटिहोम महायज्ञको प्रचारका लागि पोखराको बिरौटामा साइकल र्याली

पोखरा, बैशाख १०, पोखरा महानगरपालिका वडा नं। १७, बिरौटामा सञ्चालित श्री गण्डकी शत कुण्डीय कोटिहोम विराट् ज्ञान महायज्ञ को प्रचार–प्रसार र धार्मिक तथा सामाजिक सद्भावको सन्देश फैलाउन मानवसेवा फाउण्डेशनले बैशाख ११ गते बिहान ७ बजे साइकल र्याली आयोजना गर्ने भएको छ। बिरौटास्थित कोटिहोम स्थलबाट सुरु हुने यो र्याली ड्यामसाइड, लेकसाइड, हल्लनचोक, जिरोकिलोमिटर, मालेपाटन, बाग्लुङ बसपार्क, बिन्ध्यवासिनी मन्दिर, भैरवटोल, नालामुख, तेश्रोपट्टी, महेन्द्रपुल, चिप्लेढुङ्गा, न्यूरोड, सभागृहचोक, पृथ्वीचोक, नागढुङ्गा, पुरानो एयरपोर्ट र पार्दी हुँदै पुनः बिरौटा कोटिहोम स्थलमा पुगेर समापन हुनेछ। महायज्ञका संकल्पकर्ता… पुरा पढौ

पोखराका फोटो पत्रकार तथा डिजाइनर लामालाई सहारा क्लव द्धारा बिदाई

पोखरा ९, वैशाख, पोखराको सहारा क्लवले क्लवका शुभचिन्तक तथा लामो समयसम्म डिजाइनरको रुपमा काम गरेका फोटो पत्रकार ओम लामालाई बिदाई गरेको छ । रोजगारको लागि वेलायत जान लाग्नु भएका पोखरा नयाँबजार निवासी लामालाई क्लवले आज(मंगलबार) खादा तथा फुलमालाले बिदाई गर्दै वेलायतको बसाई सफलताको कामना समेत गरिएको छ । सहारा क्लव र आहा रारा पोखरा गोल्ड कपको विगत दुई दशक देखि डिजाइन सम्बन्धि काम गर्दै आउनु भएको लामालाई विदेश यात्राको सफलताको कामना सहित क्लवले धन्यवाद समेत दिएको छ । क्लवका अध्यक्ष… पुरा पढौ

पोखरा महानगरका नगरप्रहरीलाई वाकिटकी

काठमाडौँ , पोखरा महानगरपालिकाले नगरप्रहरीलाई प्रभावकारी सञ्चारका लागि वाकिटकी उपलब्ध गराएको छ । महानगरका अनुसार हाललाई जीएसएम बाट चल्ने १० वटा पिओसी वाकिटकी उपलब्ध गराइएको छ । पोखरा महानगरले आह्वान गरेको बोलपत्र प्रक्रियामार्फत आइटेल नेटवर्क प्रालिले प्रक्रियापछि वाकिटकी उपलब्ध गराएको हो । वाकिटकीको उपलब्धतासँगै सञ्चारमा ठूलो सहयोग पुगेको पोखरा महानगरका नगरप्रहरी पुरुषोत्तम थापा मगरले बताए । “हाम्रो अधिकांश काम फिल्डमै हुन्छ, त्यसका लागि पहिले मोबाइललगायतको भर पर्नुपर्ने अवस्था थियो, केही दिनअघि वाकिटकी आएपछि कुराकानी गर्न, निर्देशन दिन र काम गर्न… पुरा पढौ

सांकेतिक भाषा तालिम समावेशी समाज निर्माण तर्फको महत्वपूर्ण कदम ः मन्त्री थापा

पोखरा, गण्डकी प्रदेशका सामाजिकविकास, युवातथा खेलकुदमन्त्रीविन्दु कुमार थापाले सांकेतिकभाषातालिम समावेशी समाजनिर्माणतर्फको महत्वपूर्ण कदमभएको बताएका छन् । मन्त्रालयको समन्वयमाराष्ट्रिय बहिरा महासंघ नेपाल, गण्डकी प्रदेशद्वारा आयोजिततीनमहिने आवासीय दोभाषे तालिम (सांकेतिकभाषा संचार) कार्यक्रमको उद्घाटनगर्दै उनले सांकेतिकभाषाबहिरा समुदायको जीवनसँगप्रत्यक्ष जोडिएको महत्वपूर्ण संचारको माध्यमभएको उल्लेख गरे । “सांकेतिकभाषा केवल संचारको माध्यमहोइन, यो बहिरा समुदायको पहिचान, अधिकार र अभिव्यक्तिको आधार हो”,उनले भने, “यसले उनीहरूको सामाजिक सहभागिता सुनिश्चित गर्न र समावेशी समाजनिर्माण गर्न सहयोग पु¥याउँछ।” मन्त्रीथापाले यस्तो किसिमको तालिमले दोभाषेहरू र बहिरा समुदायबीचको आपसी समझदारी, आत्मीयता र… पुरा पढौ

श्री गण्डकी कोटिहोम महायज्ञको दर्शन नगर्ने व्यक्ति पोखरेली हुन सक्दैनः वडा अध्यक्ष आचार्य

पोखरा महानगरपालिका वार्ड नं। ७ का वडा अध्यक्ष राम मोहन आचार्यले पोखरा महानगरपालिका वडा नं। १७ बिरौटामा सञ्चालन भइरहेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको दर्शन नगर्ने व्यक्ति पोखरेली हुन नसक्ने बताएका छन् । मंगलबार महायज्ञमा प्रमुअ अतिथीको रुपमा सहभागी भएका आचार्यले उक्त कुरा बताएका हुन् ।“यो कोटिहोम महायज्ञ हामी सबैलाई धार्मिक बनाउने छ । पछिल्लो समयको विकृतीहरुलाई हरण गर्नको लागि पनि यो कोटिहोम महायज्ञ शिद्ध हुने छ । म त भन्छु हाम्रो आगनीमा सञ्चालन भएको… पुरा पढौ

पोखराका होटल व्यवसायी खानेपानी माग्दै संस्थानमा, पोखराका केही ठाँउमा पनि समस्या

पोखरा, ८ वैशाख, पोखरेलीलाई सहज खानेपानी आपूर्तिका लागि होटल संघ पोखरा नेपालले खानेपानी संस्थानको ध्यानाकर्षण गराएको छ । संघका अध्यक्ष लक्ष्मण सुवेदीको नेतृत्वमा संघको एक टोली सोमबार नेपाल खानेपानी संस्थान पोखरा कार्यालय पुगी खानेपानी जस्तो मानव जीवनका लागि आधारभूत आबश्यकताको सहज परिपूर्तिका लागि संस्थान गंभीर बन्न ध्यानाकर्षण गराएको थियो । संघको टोलीले कार्यालय प्रमुख सहायक प्रबन्धक इञ्जिनियर आशिष कार्कीको कार्यकक्षमा पुगी पर्यटन क्षेत्रले भोग्नु परेको पानी सम्बन्धी समस्या अवगत गराएको थियो । संघका अध्यक्ष लक्ष्मण सुवेदीले पर्यटकीय राजधानीमा पोखरा भ्रमण… पुरा पढौ

शिक्षा मन्त्री विद्या भट्टराईद्धारा राजीनामा

काठमाण्डौं , ८, वैशाख नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राजीनामा दिनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज भेटेर मन्त्री भट्टराई राजीनामा पत्र बुझाउनुभएको हो । मन्त्री भट्टराईले राजीनामा दिनु भएको उहाँका प्रेस संयोजक रामजी लम्सालले पोखराक्लिकलाई बताउनु भयो । राजीनामा दिनुको कारण नखुले पनि प्रविधिक रुपमा केही कठिनायी भएका कारण उहाँले राजीनामा दिनु भएको श्रोतको भनाई छ । काठमाण्डौंमा विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै शिक्षक आन्दोलनको २०औँ दिन जारी रहेको छ । यही… पुरा पढौ

पोखरा स्पोर्टस् अवार्ड बर्ष उत्कृष्ट खेल पत्रकारु को प्रयोजन हेमबहादुर पुन स्मृति प्रतिष्ठानले गर्ने

वैशाख ८, पोखरा, नवौंं संस्करणको ‘पोखरा स्पोर्टस् अवार्ड २०८१’ लाई हेमबहादुर पुन स्मृति प्रतिष्ठान नेपालले सहयोग गर्ने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा यही बैशाख २६ गते इभेन्ट सेन्टरमा हुने अवार्डको ‘वर्ष उत्कृष्ट खेल पत्रकार’ पुरस्कारको प्रायोजन हेमबहादुर पुन स्मृति प्रतिष्ठान नेपालले गर्ने भएको हो । सोमबार प्रतिष्ठानका तर्फबाट नवीन पुन र मञ्चका अध्यक्ष एमबि आस्था मगरबिच ‘वर्ष उत्कृष्ट खेल पत्रकार’ पुरस्कारको प्रायोजन स्वरुप ३५ हजार रुपैयाँ सहयोग गर्नेबारे सम्झौता पत्रमा हस्ताक्षर भएको छ । हेमबहादुर पुन… पुरा पढौ

पुम्दी भुम्दीको नयाँ पर्यटकीय गन्तव्य कालाबाङ्ग घरेडी बुद्ध पार्कमा पर्यटकको भिडभाड सुरु

दीननाथ बराल,पोखरा ५, वैशाख, पोखरा २२ (पुम्दी—भुम्दी) मा थपिएको नयाँ पर्यटकीय गन्तव्य कालाबाङ्ग घरेडी बुद्ध पार्कमा हिजोआज पर्यटकको भिडभाड सुरु भएको छ । सार्वजनिक बिदाको दिनमा हजार जना भन्दा बढी र अन्य दिनमा सामान्यतया ४ सय जना पर्यटकहरु उक्त पार्कमा आउदा पर्यटकहरुको भिडभाड सुरु भएको कालाबाङ्ग घरेडी बुद्ध पार्क निर्माण समितिका अध्यक्ष एवं निर्माण समितिका संयोजक युवा व्यवसायी राज गुरुङ (लाल) ले पोखराक्लिकलाई बताउनु भयो । पछिल्लो समयम पुम्दीकोट बिशाल महादेवको मुर्तिले जसरी चर्चा र धार्मिक एवं पर्यटकहरुलाई आकर्षण गरेको… पुरा पढौ