कास्की

पोखरामा शुक्रबार देखि हुने पोखरा खुल्ला एमेच्योर गल्फ प्रतियोगिताको तयारी पूरा

दीननाथ बराल,पोखरा २६, मंसिर, खेलकुदको शहर पोखरामा शुक्रबार देखि हुने पोखरा खुल्ला एमेच्योर गल्फ प्रतियोगिता २०८१ को तयारी पूरा भएको छ । कास्की जिल्ला गल्फ संघको आयोजनामा पोखरा १४ मझेरीपाटनमा रहेको हिमालयन गल्फ कोर्षमा मंसिर ३० गते(शनिबार) सम्म चल्ने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।उक्त प्रतियोगितामा पोखरा सहित काठमाण्डौं, धरान र महोत्तरी सहित विभिन्न क्षेत्रका ६० जना एमेच्योर खेलाडी सहभागि हुने भएको संघ कास्कीका अध्यक्ष जिवाराम गुरुङले बताउनु भयो । प्रतियोगितामा… पुरा पढौ

धाम बनाउने सपना पुरा गदैँ धर्मगुरु शोभाकान्त ढकाल

पोखरा २६ मंसिर, पोखरा महानगरपालिका वडानम्बर १५ ढुङगेसाँघु, पट्नेरीमा जारी गण्डकी प्रदेशकै पहिलो ऐतिहासिक शुक्लागण्डकी कोटिहोम–२०८१ बिहिबार समापन हुदैँ छ । मंसिर १७ गतेबाट सुरु भएको कोटिहोम दैनिक पुजापाठ, कथा प्रवचन र झाँकी प्रदर्शन हुदै आएको छ । १० दिनसम्म चलेको कोटिहोममा १५ भन्दा बढि बाचकले प्रवचन गरिसकेका छन् । यज्ञ आयोजक अन्नपूर्णेश्वर शिवालय शिवशक्ति धाम तथा बृहत्तर धार्मिक क्षेत्र विकास समितिको आयोजनामा भएको कोटिहोम शोभाकान्त ढकाल ९कृपालु दास०को संकल्पमा भएको हो । ढकालले २०६० साल फागुन १ गते देखी… पुरा पढौ

आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखरा जारी ः सिंगल्सतर्फ दोस्रो चरणका खेल सम्पन्न

पोखरा २६, मंसिर, पोखरा रंगशालास्थि टेनिस सेन्टरमा आइटिएफ जे३० वल्र्ड टेनिस टुर सर्किट २ अन्तर्गत सिंगल्सतर्फ प्रिक्वार्टर फाइनलका खेलहरु सम्पन्न भएका छन् भने डबल्सतर्फ सेमीफाइनल समिकरण पुरा भएको छ । कास्की जिल्ला टेनिस संघको आयोजनामा जारी प्रतियोगितामा नेपाली खेलाडीहरुले उत्कृष्ट लयलाई जारी राख्दै ब्वाइज सिंगल्सतर्फ आरव सम्राट हाडा क्वार्टर फाइनल प्रवेश गरे । आरवले चिनका केजुन डेङलाई ६–०, ६–० को सोझो सेटमा रोक्दै क्वार्टरफाइनलमा स्थान पक्का गरे । त्यस्तै गल्र्स सिंगल्सतर्फ सुनिरा थापा र शिवाली गुरुङले समेत आफ्नो उत्कृष्ट प्रदर्शन… पुरा पढौ

आयोजकलाई हराउदै एन्फा कास्की आर्दश कपको फाइनलमा

पोखरा, २६ मंसिर, पोखरामा जारी आदर्श कप फुटबल प्रतियोगितामा आयोजक आदर्श युवा क्लबलाई ४–३ गोल अन्तरले हराउदै कास्की जिल्ला फुटबल सघ (एन्फा) फाइनलमा प्रवेश गरेको छ । लेखनाथको भण्डारढीक स्थित लेखनाथ रंगशालामा बुधबार भएको पहिलो सेमिफाईनल खेलमा निर्धारित समयमा दुबै पक्षबाट गोल हुन नसकेपछी अतिरिक्त ३० मिनेट थप गरिएको थियो । थप अतिरिक्त समयमा पनि दुबै पक्षबाट गोल नभए पछी खेल पेनाल्टीमा धकेलिएको थियो । पेनाल्टी सुट आउटमा कास्कीले आयोजक आदर्शलाई ४–३ ले पराजित गरेको हो । कास्कीलाई जिताउन हेमन्त… पुरा पढौ

१४ औं एन प्याव्सन स्पोर्टस् मिट जारी, दश जोड दुई फुटसलमा त्रिवेणी, सिनियर छात्र छात्रा टेबलटेनिसमा वड्स विजयी

पोखरा २६ मंसीर, नेशनल प्याव्सन कास्कीको आयोजना गरेको १४ औ एन प्याव्सन खेलकुद महोत्सव जारी रहेको छ । दश जोड दुई तर्फको फुटसल प्रतियोगितामा त्रिवेणी पब्लिक विजयी भएको छ । बुधबार भएको फाइनल खेलमा कास्की मोडनाइज्ड एकेडेमीलाई २–१ ले पराजित गर्दै त्रिवेणी पब्लिक विजयी भएको हो । कास्की मोडनाइज्ड एकेडेमी दोस्रो हुदा प्रतियोगितामा लिटिल फल्वार एजुेकेशनल एकेडमी र न्यू लेखनाथ पब्लिक एकेडेमी तृतीय भएको दश जोड दुई फुटसल संयोजक विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो । त्यसैगरी टेबलटेनिस तर्फ छात्रा सिनियर तर्फ… पुरा पढौ

पोखरामा जारी अन्नपूर्ण अध्यक्ष कप बास्केटवल प्रतियोगितामा लिगचरणका खेलहरु सम्पन्न

पोखरा रंगशालामा जारी प्रथम अन्नपूर्ण अध्यक्ष कप पालिकास्तरीय पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको पुरुषतर्फ लिगचरणको खेल सकिएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका बास्केटबल संघको आयोजनामा पोखरा रंशगालास्थित बास्केटबल कोर्टमा भएको खेलमा आज लिगचरणको खेल सकिएसँगै क्वाटरफाइनरको समिकरण पुरा भएको अध्यक्ष कृपाश्वर गुरुङले जानकारी दिए । आज भएको पहिलो खेलमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका (ओरेन्ज)ले लमजुङको बेशीशहर नगरपालिकालाई ४१–२८ ले पराजित गदैं क्वाटरफाइनलमा स्थान पक्का ग¥यो । यस्तै दोस्रो खेलमा पर्वतको मोदी गाउँपालिकाले म्याग्दीको रघुगंगा गाउँपालिका (ह्वाइट)लाई ५८–४६ ले पराजित ग¥यो ।… पुरा पढौ

सञ्चारकर्मी एंव लेखक पुर्जाको चौँठो कृति ‘नेपाली सुरकर्मी र सिर्जना’ को लोकार्पण

पोखरा, २६ मङ्सिर, नियात्राकार, लेखक, संस्कृतिकर्मी, चित्रकार, साहित्यकार एवं सञ्चारकर्मी तिलक प्रसाद पुन पुर्जाको चौँठो कृति ‘नेपाली सुरकर्मी र सिर्जना’ को लोकार्पण गरिएको छ । समाजवादी प्रेस संगठन नेपाल कास्कीद्धारा आयोजित एक कार्यक्रमका बिच लेखक पुर्जाको ६१ औँ जन्मदिनका अवसरमा प्रकाशित कृतिको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बुधवार लोकार्पण गर्नुभएको हो। पुस्तकको लोर्कपर्ण गर्दै नगर प्रमुख आचार्यले पुर्जाद्वारा लिखित पुस्तकले नेपाली कलाकारिताको क्षेत्रमा क्रियाशील सुरकर्मीहरूलाई थप हौसला र प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो । पोखरा महानगरपालिका कला, साहित्य र सृजनाको… पुरा पढौ

पोखरा म्याराथनलाई सफल पार्न सरकारले सहयोग गर्छः मन्त्री चौधरी, पोखरा रंगशालको जिर्ण पर्खाल पुनः मर्मत गर्न पोखरेलीको माग

दीननाथ बराल, पोखरा, २५ मंसिर, नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले पोखरामा आउँदो फागुन ३ गते हुने पोखरा म्याराथन प्रतियोगितालाई सफल पार्न सहयोग गर्ने बताउनु भएको छ । अग्रज खेलाडीहरूको साझा सस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले आज(मंगलबार) पोखरामा आयोजना भएको स्वागत तथा छलफल कार्यक्रम बोल्दै मन्त्री चौधरीले पोखरा क्षेत्रको प्रतिष्ठित प्रतियोगितालाई सफल पार्नु राज्यको पनि दाहित्व भएको उल्लेख गर्दै थप सहयोग गर्ने बताउनु भएको हो । पोखरा म्याराथनले पोखरा क्षेत्रको खेल पर्यटन सहित खेलाडी उत्पादनमा सहयोग गर्दै आएकोमा… पुरा पढौ

चितवन सौराहका पर्यटन व्यवसायी हात्ती तथा पर्यटन महोत्सवको निम्तो गर्न पोखरामा, छुटको अवसर पनि ..

दीननाथ बराल, पोखरा २५, मंसिर, चितवन सौराहका पर्यटन व्यवसायी पोखरामा आउनु भएको छ । आउँदो पुष ११ गते देखि सुरु हुने चितवन हात्ती तथा पर्यटन महोत्सव २०८१ मा निम्तो दिन चितवन सौराहका पर्यटन व्यवसायीहरु पोखरा आउनु भएको हो । क्षेत्रीय होटल संघ नेपाल चितवनको आयोजना तथा यूनाईटेड हात्ती संचालन सहकारी संस्था लि.र रेष्टुरेन्ट एण्ड बार एसोसिएसन नेपालको सह आयोजनामा यही पौष ११ देखि १५ गतेसम्म हुने उक्त महोत्सवमा सहभागिताको लागि चितवनको टोली पोखरा आएको हो । कोभिडको कारण ३ बर्ष… पुरा पढौ

जाईकाबाट पोखरामा नयाँ टेक्नोलोजीको विकास ः मेयर आचार्य

पोखरा, २५ मंसिर, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले नेपाल र जापान बीचको सम्वन्ध हर प्रकारले सकारात्मक भएको बताएका छन् । मंगलबार पोखरामा आयोजित रिजल्ट डिब्रिफिङ तथा समापन सत्रको उद्घाटन गर्दै खानेपानी क्षेत्रमा गरेको सुधारले पोखरेली उपभोक्ता र पर्यटकलाई शुद्ध र सफा पानीको व्यवस्था गरेको बताए । नयाँ टेक्नोलोजीको विकास र प्रयोग भएको भन्दै पोखराका प्रमुख आचार्यले पोखराको फोहोर पानी व्यवस्थापनमा जाइकाको सहयोग हुनेमा विश्वास व्यक्त गरे । मेयर आचार्यले पोखरा भौगोलिक विशालता र जनसंख्या बृद्धिदर उच्च भएकाले पानीको माग बढ्दै… पुरा पढौ