
पोखरा २७ मंसिर,
गण्डकी प्रदेशकी कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा जिसी श्रेष्ठले एक सय दिनको कार्य प्रगति सार्वजनिक गरेकी छिन् । बिहिवार मन्त्रालयको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले मन्त्रालयमा भएका कृषि, पशुपन्क्षी, सहकारी र भूमि व्यवस्थापनको नीतिगत तथा कानुनी र कार्यक्रमगत एवं संस्थागत उपलब्धि सार्वजनिक गरेकी हुन् ।

उपलब्धि सार्वजनिक गर्दै मन्त्री श्रेष्ठले बजेट कार्यान्वयनको चरणमा रहेकाले सो अनुसार कार्य गर्दै आएको बताइन् । ‘हामी बजेट कार्यान्वयनका चरणमा छौँ । विनियोजित बजेटलाई सही ढङ्गले कार्यान्वयन गर्नु नै अहिलेको जिम्मेवारी हो,’उनले भनिन्,‘कृषकलाई आवश्यक कतिपय शिर्षकहरु बजेटमा नसमेटिदा कठिनाई पनि भएको छ ।
यसलाई आगामी बजेटमा समावेश गर्ने गरि तयारी सुरु गरेका छौँ ।’ मन्त्री श्रेष्ठले सेवाग्राहीलाई छिटो छरितो एवं सहज सेवाप्रदान गर्न आवश्यक निर्देशन दिएको बताइन् । विभिन्न जिल्ला का कृषकहरुसँग कृषि क्षेत्रकास मस्याबारे गहनछलफल भएको उल्लेख गर्दै उनले समाधानकालागि पहल भइरहेको सुनाइन् ।