कास्की

पोखराको पर्यटन प्रवद्र्धन गर्न टेवानको टोली चितवनतिर

पोखरा, २४ मंसिर, पर्यटन प्रवद्र्धनका लागि पोखराका पर्यटन व्यवसायी महिलाहरु सक्रिय हुँदै आएका छन् । यसैक्रममा पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) को टोली ‘पर्यटन प्रवद्र्धन तथा अन्तरक्रिया कार्यक्रम’ लिएर चितवनतर्फ लागेको छ । संस्था स्थापनाको ७ वर्ष पूरा भएको अवसरमा टेवान अध्यक्ष कमला गिरीको नेतृत्वमा रहेको टोली सोमबार त्यसतर्फ प्रस्थान गरेको हो । दुईदिने भ्रमणका अवसरमा चितवनस्थित पर्यटनसम्बद्ध संघसंस्थासँग सौराहा थकाली किचन एण्ड होटल सूर्योदयमा पोखरा र चिवतनको पर्यटन प्रवद्र्धनबारे अन्तरक्रिया तय गरिएको छ । साथै टोलीले भ्रमणका क्रममा… पुरा पढौ

एन प्याव्सन स्पोर्टस् मिट जारी, छात्रा वास्केटबल ज्ञानज्योति, दश जोड दुइ ग्यालेक्सी, क्रिकेट कास्की मोडनाइज्ड र छात्रा फुटबलमा हेम्जा विजयी

पोखरा २४, मंसिर, एन प्याव्सन कास्कीले आयोजना गरेको १४ औ एन प्याव्सन खेलकुद महोत्सव जारी रहेको छ । छात्रा वास्केटबल तर्फ ज्ञानज्योति विद्याकुञ्ज मावि प्रथम त्रिवेणी पब्लिक द्धितीय, तथा कास्की मोडनाइज्ड र साइनिङ स्टार तेस्रा भएका छन् । त्यसैगरी दश जोड दुई तर्फ न्यू ग्यालेक्सी हाइयर सेकेण्डरी स्कुल प्रथम, कास्की मोडनाइज्ड एकेडेमी दोस्रा तथा गोर्खा इंगलिस वोर्डिङ स्कुल र त्रिवेणी पब्लिक तेस्रा भएका छन् । छात्रा सेभेन ए साईड फुटबल प्रतियोगितामा हेम्जा बोर्डिङ स्कुल विजयी भएको छ । सोमबार भएको… पुरा पढौ

आर्दश कपमा कास्की ११ सेमिफाइनलमा

पोखरा, २४ मंसिर, लेखनाथको भण्डारढिकमा जारी २५ औं आदर्श कप फुटबल प्रतियोगितामा कास्की जिल्ला फुटबल संघ (कास्की ११) विजयी भएको छ । आदर्श युवा क्लबको आयोजनामा जारी प्रतियोगिता अन्तरगत सोमबार भएको खेलमा स्याङजा जिल्ला फुटबल संघलाई २–० गोलले पराजित गरी सेमिफाइनलमा प्रबेश गरेको हो । कास्कीको जितमा मुकुन्द निउरे र अनिष तामाङले समान एक, एक गोल गरेका थिए । खेलको पहिलो हाफको अन्तिम समयमा कास्की–११ का मुकुन्द निउरेले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए भने सेकेण्ड हाफको ७६ औं… पुरा पढौ

डा श्रेष्ठलाई अवार्ड, शर्मालाई पुरस्कार अर्पण

पोखरा, २४ कात्तिक, युआरएल फाउन्डेसनले यस वर्षको लाइफ टाइम एचिभमेन्ट अवार्ड डा खगेन्द्रबहादुर श्रेष्ठ र राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कारबाट पत्रकार जमुना वर्षा शर्मालाई सम्मान गरेको छ । आइतबार आयोजित समारोहमा शिक्षाविद् जर्ज जोन, फाउन्डेसनका अध्यक्ष ठाकुरप्रसाद पन्त लगायतले श्रेष्ठ र शर्मालाई सम्मानित गरेका हुन् । गण्डकी प्रदेशको पहिलो रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल)ले स्थापना र प्रवर्धन गर्दै आएको फाउन्डेसनले युआरएलको ११ औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको विशेष समारोहमा उनीहरुलाई पुरस्कृत गरिएको हो । ललितपुरको कुपन्डोल निवासी डा श्रेष्ठ पूर्वराजा… पुरा पढौ

पोखरामा जारी कोटिहोममा ११ जनाको सामुहीक ब्रतबन्ध

पोखरा २४ मंसिर, पोखरा महानगरपालिका वडानम्बर १५ ढुङगेसाँघु, पट्नेरीमा जारी गण्डकी प्रदेशकै पहिलो ऐतिहासिक शुक्लागण्डकी कोटिहोम–२०८१ मा शोमबार निशुल्क ब्रतबन्ध गरिएको छ । ११ जनाको ब्रतबन्ध सम्पन्न भएको यज्ञ आयोजक मुल समितिका अध्यक्ष एवं अन्नपूर्णेश्वर शिवालय शिवशक्ति धाम तथा बृहत्तर धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष मदन गिरीले जानकारी दिए । कोटिहोममा मंगलबार चौरासी पुजा र तुला दानको कार्यक्रम तय भएको गिरीले बताए र्। कोटिहोम संचालनको अवधिमा ब्रतबन्ध, चौरासी पुजा गर्न चाहेमा निशुल्क रुपमा पुजा गर्न सकिन्छ, कर्ताले स्वेच्छीक दान गर्न… पुरा पढौ

आइटिएफ जे३० पोखरा सर्किट–२ सुरू, नेपाली खेलाडीहरुको उत्कृष्ट प्रदर्शन

पोखरा २४, मंसिर, आइटिएफ जे३० वल्र्ड टुर पोखरा सर्किट–२ आजबाट सुरू भएको छ । कास्की जिल्ला टेनिस संघको आयोजनामा सर्किट १ सकिएको दुई दिन लगतै सर्किट २ सुरू भएको हो । सर्किट२ मेन ड्रको पहिलो दिन नेपाली खेलाडीहरु तिव्र प्रतिस्पर्धामा उत्रिदैं उत्कृष्ट खेल प्रदर्शन गरेका छन् । नेपाली खेलाडी आयुष्मान हजुर घलेले उत्कृष्ट प्रदर्शन गर्दै भारतका अद्वित तिवारीलाई ६–४, ६–० ले पराजित गर्दै अन्तिम १६ मा प्रवेश गरेका छन् । त्यसै आरव सम्राट हाडाले आफ्नो उत्कृष्ट लयलाई कायम राख्दै भारतका… पुरा पढौ

लेखनाथ नेवा मिसा पुचको आयोजनामा यःमरी उत्सव हुने

पोखरा, २४ मङ्सिर लेखनाथ नेवा खलको आह्वान एवम् लेखनाथ नेवा मिसा पुचको आयोजनामा यःमरी उत्सव गरिने भएको छ ।आगामी पुस ६ गते पोखरा महानगरपालिका वडा नं ३० पावरहाउसमा यःमरी उत्सव गरिने भएको आज आयोजित पत्रकार सम्मेलनमा लेखनाथ नेवा मिसा पुचका संस्थापक अध्यक्ष एवम् कार्यक्रम मूल आयोजक समितिका संयोजक मेनुुका श्रेष्ठले जानकारी दिनुुभयो । नयाँ पुस्तामा नेवाःसंस्कृतिको पुस्तान्तरणका लागि उत्सव आयोजना गरिएको उहाँले बताउनुुभयो । संरक्षणको अभावमा हाम्रा संस्कार र संस्कृति हराउँदै गएको बताउँदै उहाँले यःमरी बनाउने र खाने संस्कृतिको जगेर्नाका… पुरा पढौ

बगर भाईखलकको अध्यक्षमा ईश्वरमान गुरुङ

पोखरा २३, मंसिर, पोखराको प्रतिष्ठित बगर भाईखलकको सातौं बार्षिक साधारण सभा तथा पाँचौं अधिवेशनले ईश्वरमान गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । बगर भाईखलकको हालै पोखरामा सम्पन्न भएको अधिवेसनले गुरुङको अध्यक्षतामा १५ सदस्य नयाँ कार्यसमितिको निर्विरोध चयन गरेको हो । संस्थाको उपाध्यक्षमा यम बहादुर गुरुङ, महासचिवमा मानकाजी गुरुङ, सचिवमा गणेश सेन्चुरी, कोषाध्यक्षमा रमेश कुमार श्रेष्ठ, सह कोषाध्यक्षमा ओमकार गिरी चयन हुनु भएको छ । त्यसै गरी सदस्यहरूमा विजया गुरुङ, धनकुमार गुरुङ (सन्तोष), ईश्वर गुरुङ (चन्द्र), राज कुमार गुरुङ, अमित… पुरा पढौ

एपिएफ आर्दश कप फुटवलको सेमिफाइनलमा

दीननाथ बराल,पोखरा २३ मंसिर, सशस्त्र प्रहरी बल (एपिएफ) गण्डकी मुख्यालयको टोली २५ औं संस्करणको आर्दश कप फुटवल प्रतियोगिता २०८१ को सेमिफाइनलमा प्रबेश गरेको छ । पोखराको सैनिकबस्ती भण्डारढिक खेल मैदानमा आइतबार भएको खेलमा एपिएफले अर्को विभागिय टोली नेपाल आर्मीको सिद्धिदल गण पश्चिम पृतना हेड क्वाटरलाई ३–१ को गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा यात्रा बनाएको हो । एपिएफको जितमा नवराज मगर, रन्जित चौधरी प्रविन स्याङताङले एक÷एक गोलको योगदान दिदा आर्मीका मदन लिम्बुले ईन्जुरी समयमा शान्त्वना एक गोल गर्नु भएको थियो ।… पुरा पढौ

ऐतिहासिक शुक्लागण्डकी कोटिहोमा भक्तजनको ओइरो

पोखरा २३ मंसिर, पोखरा महानगरपालिका वडानम्बर १५ ढुङगेसाँघु, पट्नेरीमा जारी गण्डकी प्रदेशकै पहिलो ऐतिहासिक शुक्लागण्डकी कोटिहोम–२०८१ मा भक्तजनको ओइरो लागेको छ । कोटिहोमको छैटौँ दिन स्थानीय आमा समूहको साथै रुपन्देही र स्याङ्जाबाट समेत भक्तजन आएको यज्ञ आयोजक समितिका संयोजक नारायण भण्डारीले जानकारी दिए । यज्ञका प्रमुख वाचक, संरक्षक तथा यज्ञ संकल्पकर्ता शोभाकान्त ढकाल ९कृपालु दास० ले भक्तजनको आगमनले उत्साहित बनाएको बताए र्। भक्तजनको आगमनले धाम निर्माणको परिकल्पना पुरा भएको छ, ऐतिहासिक धार्मिक क्षेत्रलाई पर्यटकिय गन्तब्य बनाउने सपना पुरा हुदैँछ’ उनले… पुरा पढौ