कास्की

प्याब्सन स्पोर्टस् मिट हिमालयन बोर्डिङ र सरस्वती आदर्श च्याम्पियन

पोखरा, २३ मंसिर पोखरामा आयोजित १८ औं प्याब्सन स्पोर्टस् मिट–२०८१ मा दुई स्कुल च्याम्पियन बनेका छन् । ५ दिनसम्म चलेको स्पोर्टस् मिटमा घारीपाटनको हिमालयन बोर्डिङ स्कुल र लामाचौरको सरस्वती आदर्श विद्याश्रम समान अंकका साथ च्याम्पियन बनेका हुन् । रनिङ शिल्ड भने पहिलो वर्ष हिमालयनले लिएको प्रिन्सिपल डा. टेकनारायण पौडेलले बताए । आइतबार पोखरा रंगशालामा स्पोर्टस् मिट समापनमा गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले हिमालयनका डा. पौडेल तथा सरस्वतीका स्वागतमान सिंह भण्डारीलाई संयुक्तरुपमा रनिङ शिल्ड प्रदान गरेका हुन् ।टिम इभेन्टतर्फ ह्याण्डबलमा दुवै… पुरा पढौ

्प्रथम अन्नपूर्ण अध्यक्ष कप गण्डकी प्रदेश अन्तर पालिका स्तरिय खुल्ला पुरुष बास्केटवल प्रतियोगितामा १२ टिम सहभागिता हुने

दीननाथ बराल,पोखरा, २३ मंसिर, कास्कीको अन्नपूर्ण गाउँपालिकाको बिषेश सहयोगमा पोखरामा मंगलबार देखि प्रथम अन्नपूर्ण अध्यक्ष कप गण्डकी प्रदेश अन्तर पालिका स्तरिय खुल्ला पुरुष तथा महिला बास्केटवल प्रतियोगिता २०८१ हुने भएको छ । अन्नपूर्ण गाँउ पालिका बास्केटल संघ कास्कीको आयोजनामा पोखरामा पहिलो पटक हुने उक्त प्रतियोगितामा ५ जिल्लाबाट विभिन्न पालिकाका १२ टिमको सहभागिता हुने भएको भएको आइतबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । पोखरा रंगशालाको बास्केटवल कोर्टमा हुने यही मंसिर २९ गतेसम्म संचालन हुने प्रतियोगिता अन्र्तगत महिला तर्फ… पुरा पढौ

आर्चरी संघ कास्कीमा साकुरा, अन्नपूर्णमा भने तुलाचन अध्यक्षमा चयन

पोखरा २३, मंसिर, कास्की जिल्ला आर्चरी संघको अध्यक्षमा बसन्त गौचन ‘साकुरा’ चयन भएका छन् । पोखरामा शनिबार सम्पन्न कास्की जिल्ला आर्चरी संघको छैटौं अधिवेशनले साकुराको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । संघको उपाध्यक्षमा गोविन्द ज्वारचन, कोषाध्यक्षमा सुविन्द्र गौचन, सचिवमा मोनिका राना मगर, सहसचिवमा सञ्जिवमान तुलाचन सर्वसम्मत निर्वाचित भए । अन्य सदस्यहरुमा करुण बराल, बबी गौचन, अर्जुन ज्वारचन, रशमाया तामाङ, हिम कुमार राना र गोविन्द छन्त्याल सर्वसम्मत निर्वाचित भए । यसैबिच, अन्नपूर्ण आर्चरी क्लबको अध्यक्षमा भने दिपक तुलाचन चयन भएका… पुरा पढौ

पोखराको अन्नपूर्णेश्वर शिवालय शिवक्ती धाममा शिवालय मन्दिरको उद्याटन

पोखरा २२ मंसिर, पोखरा महानगरपालिका वडानम्बर १५ ढुङगेसाँघु, पट्नेरीमा निर्माण भएको शिवालाय मन्दिरको शनिबार उद्याटन गरिएको छ । यही मंसिर १७ गतेदेखी जारी ऐतिहासिक शुक्लागण्डकी कोटिहोम–२०८१ अन्र्तगत सोही स्थानमा निर्माण सम्पन्न भएको मन्दिरको उद्याटन गरिएको हो । यज्ञका प्रमुख वाचक, संरक्षक तथा यज्ञ संकल्पकर्ता शोभाकान्त ढकाल ९कृपालु दास० ले मन्दिरको उद्याटन गरेका हुन् । ६ महिना पहिला मन्दिरको शिलान्यास गरिएको थियो । यस्तै आजै शवदहन स्थल ९सेती नदी० जाने बाटो ९सिँढी०को पनि शिलान्यस गरिएको छ । पट्नेरीबाट सेती नदीसम्म जानका… पुरा पढौ

आदर्श कप फुटवल प्रतियोगितामा आयोजक आर्दश क्लवको बिजयी सुरुवात, गण्डकी प्रदेशमा खेल पर्यंटनको सम्भावना मुख्यमन्त्री पाण्डे

दीननाथ बराल, पोखरा २२, मंसिर, पोखराको भण्डारढिकमा आज (शनिबार) देखि २५ औं सस्करणको आदर्श कप फुटवल प्रतियोगिता २०८१ सुरु भएको छ । आज भएको उद्घाटन खेलमा आयोजकः आर्दश युवा क्लवले बिजयी सुरुवात गरेको छ । आयोजकः आर्दश युवा क्लवले छिमेकी जिल्ला एन्फा तनहुँको समुहलाई १—० को झिनो गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा यात्रा बनाएको हो । आर्दशको जितमा खेलको ४१ औं मिनेटमा डि—एरिया नजिक पाएको वललाई उहाँले निर्णायक गोल गर्नु भएको हो । भोलि (आइतबार) दोस्रो खेल नेपाल आर्मीको सिद्धिदल… पुरा पढौ

चरकको १२ औं वार्षिकोत्सवमा मुटुको निःशुल्क जाँच र रक्तदान

पोखरा, २२ मंसिर पोखराको नागढुंगामा रहेको चरक मेमोरियल हस्पिटलले विविध कार्यक्रम गरी १२ औं वार्षिकोत्सव मनाएको छ ।वार्षिकोत्सवको अवसरमा हस्पिटलले मुटुको निःशुल्क जाँच र रक्तदान कार्यक्रम आयोजना गरेको हो । रक्तदान कार्यक्रममा ४३ जनाले रक्तदान गरेको अस्पतालले जनाएको छ । यस्तै, २ सय ४१ जनाले निःशुल्क मुटु जाँच गराए । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले हर्ट सर्जरी गरेका जगन्नाथ तिमिल्सेनालाई ओपिडी कार्ड हस्तान्तरण गरेर उद्घाटन गरेका हुन् । उनले पोखरामा चरक अस्पतालले गुणस्तरीय सेवा दिइरहेको… पुरा पढौ

पोखरा आइटिएफ जे३० टेनिसः सिंगल्सतर्फ चिनका हाईनुओ र भारतकी माहिकालाई बिजयी

पोखरा २२, मंसिर, पोखरामा जारी आइटिएफ जे३० वल्र्ड टेनिस टुर सर्किट १ अन्तर्गत शनिबार सम्पन्न सिंगल्सतर्फको फाइनलमा ब्वाइजतर्फ चिनका हाइनुओ गुओ र गल्र्सतर्फ भारतकी माहिका खन्ना बिजयी भएका छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा सम्पन्न सर्किटको फाइनलमा चिनका हाइनुओले भारतका आश्रव्य मेहेरालाई सोझो सेटमा पराजित गरे । निकै आक्रमक खेल प्रस्तुत गरेका हाइनुओले आश्रव्यलाई खेलमा फर्किने कुनै मौका नै दिएनन् । उनले आश्रव्यलाई ६–३, ६–४ ले पराजित गरे । यत गल्र्स सिंगल्सतर्फको खेल भने निकै रोमाञ्चपूर्ण रह्यो । भारतकी… पुरा पढौ

पर्यटन प्रर्वद्धन गर्न पोखरा व्यवसायी कोशी र मधेश प्रदेश तर्फ

पोखरा, २२ मंसिर पोखरा र गण्डकी प्रदेशको पर्यटन प्रर्वद्धन गर्न पोखराका पर्यटन व्यवसायी पूर्वको भ्रमणमा निस्केका छन् । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशको आयोजना तथा गण्डकी प्रदेश पर्यटन मन्त्रलायको सहयोगमा प्रर्वद्धनमा निस्केको हो । टोलीले नेपालको मधेश प्रदेश तथा कोशी प्रदेशका मुख्य सहरहरुमा गण्डकी प्रदेशको पर्यटकिय गन्तव्यहरु प्रचारप्रसार, प्रवर्द्धनात्मक र अन्तरक्रिया कार्यक्रमहरु गर्ने छ । शनिबारबाट शुरु भएको अन्तरप्रदेश पर्यटन प्रवर्द्धन तथा अन्तरक्रिया कार्यक्रम मंसिर २८ गते सम्म सञ्चालन हुने नाट्टा गण्डकीका अध्यक्ष किशोर दाहालले… पुरा पढौ

१४ औ नेशनल प्याव्सन खेलकुद महोत्सव, एन प्याव्सनको सडक दौडमा छात्र तर्फ दुतमान र छात्रा तर्फ कविता प्रथम

पोखरा२२, मंसिर, एन प्याव्सन कास्कीले आयोजना गरेको ५ किमि सडक दौडमा छात्र तर्फ सिद्धार्थ लवडेल वोर्डिङ स्कुलका दुतमान गुरुङ र छात्रा तर्फ त्रिवेणी पब्लिक सेकेण्डरी स्कुलकी कविता घर्ती क्षेत्री प्रथम भए । ५ किमिको सडक दौड गुरुङले २० मिनेट ५६.०८ र घर्तीले २८ मिनेट ५५.५५ सेकेण्डको समयमा पुरा गरेका थिए । यस्तै छात्र तर्फ अक्सोफोर्ड स्कुलका इश्वर ढकाल (२१ मिनेट ०३.०९ सेकेण्ड) दोस्रा, न्यू लेखनाथ पब्लिक स्कुलका अजय कार्की (२१ मिनेट ४५ सेकेण्ड) तेस्रा, ज्ञानज्योति विद्याकुञ्ज माविका सक्क्षम भुजेल (२२… पुरा पढौ

हेमजामा निशुल्क स्वास्थ्य शिविर, २ सय जना लाभान्वित

मंसिर २२, हेमजा नेपाली जनप्रगतिशिल मञ्च जापानले शनिवार पोखरा–२५ हेमजामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।शिविरमा किरण गुरुङ मेडिकल र आर।सी हेल्थ क्लिनिकको प्राविधिक सहयोगमा सुगर, मृगौला तथा महिला संग सम्बन्धीत विभिन्न रोगहरुको परिक्षण गरिएको थियो । सोहि अवसरमा विशेषज्ञ डाक्टरहरुको उपस्थितिमा स्वास्थ्य परामर्श सेवा समेत प्रदान गरिएको छ् । शिविरबाट विशेष गरि पोखरा–२५, हेमजा साथै छिमेकी गाउँपालिकाका गरि २ सय भन्दा बढी नागरीकहरुले प्रत्यक्ष स्वास्थ्य लाभ लिए । कार्यक्रमलाई सम्बोधन गर्दै पोखरा महानगरपालिका प्रवत्ता एव।वडा न। २५ हेमजाका… पुरा पढौ