कास्की

घलेगाउँ र भुजुङ जोड्ने सडक निर्माणमा ढिलाइ, फिल्डमा पुगे मन्त्री केसी

पोखरा, २० मंसिर, गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसी लमजुङमा ठेकेदारले निर्माणमा ढिलाइ गरेको सडकको निरीक्षणमा पुगेका छन् । मन्त्री केसी बिहीबार क्व्होलासोथर गाउँपालिका–१ बागलुङपानीदेखि वडा नं ४ भुजुङसम्म पर्ने सडकखण्डको निरीक्षणमा पुगेका हुन् । मन्त्री केसी, मन्त्रालयका सचिव कमलकुमार अधिकारी, योजना अनुगमन मूल्याङ्कन तथा अन्य पू्र्वाधार महाशाखा प्रमुख डा. महेन्द्र बानियाँसहितको टोली फिल्डमा पुगेको हो । मन्त्री केसीले निर्माण कम्पनीका प्रतिनिधिलाई बागलुङपानी–भुजुङ सडकखण्डको काम छिटो सक्न निर्देशन दिएका छन् । निर्माण कम्पनीका प्रतिनिधिले चैतसम्म… पुरा पढौ

पोखरा आइटिएफ जे३० जुनियर टेनिस ः नेपाल खेलाडीद्वय आरभ र सुनिरा अन्तिम चारमा अन्य खेलमा आश्चर्यजनक उलटफेर

पोखरा २०, मंसिर, कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा जारी प्रतियोगितामा नेपाली खेलाडी द्वय आरभ सम्राट हाडा र सुनिरा थापा सिंगल्सतर्फ अन्तिम चारमा प्रवेश गरेका छन् । पोखरा टेनिस सेन्टरमा जारी सर्किट १ को प्रतियोगितामा नेपाली खेलाडीहरुले बिजयी यात्रा जारी राखे पनि शीर्ष वरीयताप्राप्त खेलाडीहरू आश्चर्यजनक रूपमा पराजित भएका छन् । ब्वाइज सिंगल्सतर्फ पाँचौं वरीयता प्राप्त आरभ सम्राट हाडा (नेपाल)ले दोस्रो वरीयता प्राप्त भारतिय खेलाडी आदित्य मोरलाई रोमाञ्चक तीन सेटको खेल ३–६, ६–४, ६–३ ले पराजित गर्दै सेमीफाइनलमा स्थान… पुरा पढौ

पोखराको हरित यातायात प्रणाली विकास परियोजना सम्बन्धी अध्ययन प्रतिवेदन कोरियन टोलीद्वारा हस्तान्तरण

पोखरा, २० मङ्सिर पोखराको हरित यातायात प्रणाली विकास परियोजना सम्बन्धी अध्ययन प्रतिवेदन कोरियाली टोलीले नगर प्रमुख धनराज आचार्यलाई बुझाएको छ । पोखरा महानगरपालिका र गणतन्त्र कोरियाको भूमि, पूर्वाधार र यातायात मन्त्रालय बिच यस अघि भएको सम्झौता बमोजिम तयार प्रतिवेदन अध्ययन टोलीले नगर प्रमुख आचार्यलाई बुझाएको हो । पोखराको विद्यमान सार्वजनिक यातायात व्यवस्थालाई प्रविधिमैत्री बनाउँदै सहज र सरल बनाउने विषयमा अध्ययन टोलीले गहिरो गरी अध्ययन गरी प्रतिवेदन तयार गरेको छ । यसअघि पनि पोखराको सार्वजनिक यातायात प्रणालीको विषयमा स्थलगत अध्ययन गरेको… पुरा पढौ

घोकेन्ते शिक्षा भन्दा व्यवसायिक शिक्षा अपरिहार्य स्मन्त्री थापा

पोखरा २०, मंसिर, गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुुकुमार थापाले घोकन्ते शिक्षा भन्दा व्यवसायिक शिक्षा अपरिहार्य रहेको बताएका छन् । राष्ट्रिय माध्यमिक विद्यालय पोखराको हीरक महोत्सवमा विहिबार उनले प्राविधिक शिक्षा, नवीनतम पाठ्यक्रम, र सीपमूलक कार्यक्रमहरू जस्ता शिक्षा नै आजको आवश्यकता रहेको उल्लेख गरे । राष्ट्रिय माध्यमिक विद्यालयले लामो यात्रा पार गर्दै शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको भनाई उनको छ । स्थानीय तथा राष्ट्रिय स्तरमा हजारौँ विद्यार्थीलाई ज्ञान, सीप र नैतिकतामा सक्षम बनाउँदै समाज रूपान्तरणमा ऐतिहासिक भूमिका उक्त… पुरा पढौ

सहारा प्राविमा शुद्दिकरण सहितको पिउने पानीको धारा हस्तान्तरण

पोखरा २०, मंसिर, पोखरा ९, शिवटोल बसपार्कमा रहेको सहारा बाल आधारभूत विद्यालयमा आधुनिक प्रविधि सहितको तातो चिसो पानीको सुविधा सहितको धारा हस्तान्तरण गरिएको छ । स्थानीय समाजसेवीहरु अमर गुरुङ र अर्जुन मैनालीको संयुक्त पहलमा युभि प्रविधि सहित तातो चिसो पानि आउने धाराहरु गरि निर्माण पश्चात विद्यालयलाई हस्तान्तरण गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिकाका शिक्षा महाशाखाका प्रमुख हेम प्रसाद आचार्यले सरकारले निःशुल्क शिक्षाको अवधारणा ल्याएपनि कार्यन्वयनमा चुकेको धारणा राखे । पोखरा मनपा भित्र रहेका जम्मा ५ ओटा आधारभूत विद्यालयहरु… पुरा पढौ

तपाईहरु ढुक्क हुनुहोस २०२७ मा विश्व कपका केही खेल पोखरामा हुन्छःमन्त्री—चौधरी

दीननाथ बराल, पोखरा १९, मंसिर, नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले सन् २०२७ मा विश्व कप क्रिकेटका केही खेल पोखरामा हुने दाबी गर्नु भएको छ । सन् २०२७ मा यू–१९ महिना वल्र्ड कप क्रिकेट प्रतियोगिता नेपाल र बंगलादेशमा हुने भए पनि केही खेलको लागि पोखरामा संचालनको लागि पोखरा क्रिकेट मैदानमा आवश्यक भौतिक संरचना निर्माण गर्न सरकार तयार रहेको बताउदै केही खेल पोखरामा हुने उहाँले दाबी गर्नु भएको हो । https://www.youtube.com/watch?v=ZU1jqyf37Hc बुधबार पोखराका पत्रकारसंग कुराकानी गर्दै मन्त्री चौधरीले अब… पुरा पढौ

पोखरामा १८ औं प्याब्सन स्पोट्र्स मिट सुरु, खेलकुदको पूर्वाधारमा राज्यले अब लगानी बढाउछः मन्त्री चौधरी

पोखरा १९, मंसिर, पोखरामा १८ औं सस्करणको प्याब्सन स्पोर्टस मिट २०८१ सुरु भएको छ । पोखरा रंगशालामा सुरु भएको उक्त प्रतियोगिताको पहिलो दिन एथलेटिक्स छात्रा सिनियर कक्षा ११–१२ तर्फ ८०० मिटर दौडमा प्रतिभा माविकी मेनुका अधिकारीले २ मिनेट ५१.३६ सेकेण्डमा दुरी पार गर्दै स्वर्ण पदक जितिन् । टप्स माविकी सविना खातुन मियाँले ३ मिनेट ८.६४ सेकेण्डमा उक्त दुरी पार गरी दोस्रो र डायमण्डकी सुष्मा सापकोटाले ३ मिनेट २१.५२ सेकेण्डमा उक्त दुरी पार गरी तेस्रो भएकी छन् । यस्तै छात्र सिनियर… पुरा पढौ

शनिबार देखि भण्डारढिकमा आदर्श कप फुटवल हुने, प्रति टिकट १५ रुपैया लेखनाथ पत्रकारलाई सहयोग

दीननाथ बराल, पोखरा १९, मंसिर, पोखराको भण्डारढिकमा आउँदो शनिबार देखि २५ औं सस्करणको आदर्श कप फुटवल प्रतियोगिता २०८१ सुरु हुने भएको छ । मंसिर २२ गते (शनिबार) हुने उद्घाटन खेलमा आयोजकः आर्दश युवा क्लव र एन्फा तनहुँ बिच हुने तयारी गरिएको बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । कोडिभले प्रभावित भई ६ बर्ष पछि हुन लागेको उक्त प्रतियोगितामा तीन विभागिय सहित ८ टिमको सहभागिता रहेको क्लवका अध्यक्ष पदम गुरुङले बताउनु भयो । प्रतियोगिताको विजेतालाई नगद ४ लाख २५… पुरा पढौ

पोखरा आइटिएफ जे३० जुनियर टेनिस ः सिंगल्सतर्फ क्वार्टर र डबल्सतर्फ सेमीफाइनल समिकरण पुरा

पोखरा १९, मंसिर, जूनियर आईटीएफ वल्र्ड टेनिस टूर अन्तर्गत पोखरा सर्किट १ को तेस्रो दिनका खेलहरु निकै उत्साहजनक रुपमा सम्पन्न भएका छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा जारी प्रतियोगितामा सिंगल्स गल्र्स÷ब्वाइजतर्फ प्रिक्वार्टर र डबल्स गल्र्स÷ब्वाइजतर्फ क्वाटरफाइनलका खेलहरु सम्पन्न भएको टुर्नामेन्ट डाइरेक्टर अजय विष्टले जानकारी दिएका हुन् । तेस्रो दिनको खेलबाट ब्वाइजतर्फ नेपाली खेलाडी आरभ सम्राट हाडाले हाफ्नो जितको लयलाई कायम गर्दै क्वार्टरफाइनल प्रवेश गरेका छन् । आारभले भारतका वीर मदमलाई ६–३, ६–१ को सोझो सेटमा पराजित गरेका हुन् ।… पुरा पढौ

२६ औं पोखरा सडक महोत्सवको तयारी शुरु ः

१९ मंसिर,पोखरा, ‘सडकमै खाउँ,सडकमै रमाउँ, सडकमै नाचौँ¨ भन्ने मूल नाराका साथ पोखरा सडक महोत्सवको आयोजना गर्दै आएको रेवान पोखरा यतिबेला २६ औँ संस्करणको पोखरा सडक महोत्सव गर्ने तयारीमा जुटेको छ । यसपटकको सडक महोत्सव सफल पार्न आयोजकले आफ्नै संस्थामा आबद्ध रेस्टुरेन्टका सञ्चालकहरूसँग सल्लाह सुझाव लिँदै महोत्सवको तयारी थालनी गरेको छ । रेवान पोखराले बुधबार संस्थामा आबद्ध सदस्य तथा पोखरा सडक महोत्सवका मुख्य प्रायोजक, सह प्रायोजक एवं सहयोगीहरूसँग अन्तरक्रियात्मक छलफल सम्पन्न गरेको हो । छलफलमा सहभागीहरूले पोखरा सडक महोत्सव नेपालकै एक… पुरा पढौ