कास्की

गण्डकी विश्वविद्यालयले दोस्रो कुलपति रनिङसिल्ड फुटबल प्रतियोगिता गर्दै, विजेताले एक लाख पाउने

पोखरा १७, मंसिर, गण्डकी विश्वविद्यालयको आयोजनामा दोस्रो कुलपति रनिङ सिल्ड फुटबल प्रतियोगिता हुने भएको छ । मंसिर २९ गतेदेखि पुस ३ गतेसम्म पोखरा रंगशालामा दोस्रो कुलपति रनिङ सिल्ड फुटबल प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा गण्डकी प्रदेशका माध्यमिक विद्यालयले सहभागिता जनाउन सक्ने प्रतियोगिता संयोजक डा. मधुसुधन सुवेदीले जानकारी दिए । सोमबारदेखि टिम दर्ता खुला गरिएको सुवेदीले बताए । दर्ता शुल्क २५ सय तोकिएको छ ।उक्त प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार रुपैयाँसहित ट्रफि र मेडल प्राप्त गर्ने प्रतियोगिता… पुरा पढौ

‘भौतिक मन्त्रालयको खर्च सन्तोषजनक’

पोखरा, १७ मंसिर, गण््डकी प्रदेश सरकार भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको पहिलो चौमासिकको वित्तीय प्रगति सन्तोषजनक देखिएको छ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा कुल विनियोजित बजेटमध्ये एक अर्ब २७ करोड रुपैयाँ अर्थात् १०.०४ प्रतिशत खर्च भएको मन्त्रालयले जनाएको छ । अघिल्लो आर्थिक वर्षको यही अवधिमा यो खर्च ७ प्रतिशत हाराहारीमात्र थियो । भौतिक मन्त्रालयका लागि चालु आर्थिक वर्षमा १२ अर्ब ७० करोड १६ लाख रुपैयाँ विनियोजन भएको थियो । सोमबार चालु आर्थिक वर्षको मन्त्रालयस्तरीय विकास समाधान… पुरा पढौ

शिशु विकास केन्द्रलाई फुसबल टेबल प्रदान

पोखरा , १७ मंसिर, नेपाल टेबल फुसबल संघले पोखराको शिशु विकास केन्द्रलाई फुसबल टेबल प्रदान गरेको छ । अन्तर्राष्ट्रिय अपांगता दिवसको अवसर पारि संघले केन्द्रमा फुसबल (टेबल सॉकर) सहयोग सगै स्थापना गरेको हो । ४७ वर्षदेखि सञ्चालनमा रहेको केन्द्रले डाउन सिन्ड्रोम लगायत विभिन्न न्युरो अवस्थाका बालबालिकाहरुका लागि काम गदै आएको छ । फुसबल, जसलाई टेबल सॉकर पनि भनिन्छ, जुन फुटबलको मोडलमा आधारित एउटा टेबल खेल हो, जसले ध्यान केन्द्रित गर्ने क्षमता, समन्वय र टोली भावना विकास गर्न सहयोग गर्ने गर्दछ… पुरा पढौ

जति काम गर्न सक्यो त्यो नै प्रदेशमाथि उठेको प्रश्नको जवाफ हो : मुख्यमन्त्री पाण्डे

पोखरा १७, मंसिर, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारले जति काम गर्न सक्यो त्यो नै प्रदेश संरचनामाथि उठेका प्रश्नको जवाफ हुने बताएका छन् । ‘सरकार, मन्त्रालय र मातहतका सबै कार्यालयले कामबाट प्रदेशमाथि उठेका, उठाइएका प्रश्नको जवाफ दिनुपर्छ’ भौतिक पूर्वाधार बिकास तथा यातायात व्यवस्था मन्त्रालयले सोमवार आयोजना गरेको समीक्षा कार्यक्रममा उनले भने ‘प्रदेशको धेरै बजेट पूर्वाधारको क्षेत्रमा रहेकाले यस मन्त्रालय र मातहतका कार्यालय बढी जिम्मेवार छ ।’ काम छिटो गर्न र क्वालिटीमा पनि ध्यान दिन कार्यालय प्रमुखहरुलाई उनले सुझाव दिए… पुरा पढौ

भोलि (सोमबार) देखि सुरु हुने ऐतिहासिक शुक्ला गण्डकी कोटिहोम–२०८१ को तयारी पूरा

पोखरा १६ मंसिर, पोखरा महानगरपालिका वडानम्बर १५ ढुङगेसाँघु, पट्नेरीमा हुने गण्डकी प्रदेशकै पहिलो ऐतिहासिक शुक्ला गण्डकी कोटिहोम–२०८१ को तयारी पुरा भएको छ । कोटिहोमको सोेमबार गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । अन्नपूर्णेश्वर शिवालय शिवशक्ति धाम तथा बृहत्तर धार्मिक क्षेत्र विकास समितिको आयोजनामा मंसिर १७ देखी २७ गतेसम्म कोटिहोम हुन लागेको हो । ढुङगेसाँघु, पट्नेरी शुक्लागण्डकी (सेती नदी) को तटमा आयोजना गरिएको कोटिहोम स्थलमा आवश्यक भौतिक संरचना निर्माण गरि भब्य सजावट गरिएको छ ।… पुरा पढौ

पोखरा आइटिएफ जे ३० प्रतियोगिता सोमबारदेखि सुरू हुँदै, १० देशका १०५ खेलाडी पहिलो सर्किटमा सहभागि हुदै

पोखरा १६, मंसिर, कास्की जिल्ला टेनिस संघको आयोजनामा भोली (सोमबार) देखि आइटिएफ वल्र्ड टेनिस टुर जे३० सर्किट १ र २ सुरू हुने भएको छ । यही मंसिर २९ गतेसम्म पोखरा रंगशालाको टेनिस कोर्टहरुमा संचालन हुने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आइतबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । पहिलो सर्किटमा १० देशका १०५ जना खेलाडीहरु सहभागि हुने भएको प्रतियोगिताका प्रचार प्रसार संयोजक प्रिती बरालले बताइन् । प्रतियोगितामा सहभागि देशहरुमा नेपाल सहित जापान, भारत, चिन, अमेरिका, न्युजिल्याण्ड, ताइवान,… पुरा पढौ

लायन्स क्लबको डिष्ट्रिक ३२५ एलको बैठक, समाज सेवामा लायन्स अगाडी– प्राडा भण्डारी

पोखरा, १६ मंसिर, पोखरा विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. दीपक बहादुर भण्डारीले लायन्सले समाज सेवामा ठुलो योग्दान दिएको बताएका छन् । लायन्स इनटरनेशनल डिष्ट्रिक ३२५ एल नेपालको दोस्रो क्याबिनेट बैठक तथा सम्मान समारोहमा प्रा.डा. भण्डारीले लायन्सले समाज सेवामा ठुलो योग्दान दिएको बताए । उनले लायन्स भनेको पहिलो आफुलाई सामान्य संस्था जस्तो लागेपनि बुझ्दै जाँदा ठुलो संस्था रहेको बताए । उनले लायन्सले आखाँ उपाचार र समाज सेवामा ठुलो योगदान दिएको बताए । कार्यक्रममा डिष्ट्रिक गभर्नर सुमन भट्ट, निर्वतमान डिष्ट्रिक गभर्नर पमेश्वर बराल, पुर्व… पुरा पढौ

मंसिर अन्तिम साता प्रथम पोखरा खुल्ला एमेच्योर गल्फ प्रतियोगिता हुने

दीननाथ बराल,पोखरा १६, मंसिर, आगामी मंसिरको अन्तिम साता पोखरा १४ मझेरीपाटनस्थित हिमालयन गल्फ कोर्षमा प्रथम पोखरा खुल्ला एमेच्योर गल्फ प्रतियोगिता हुदैं छ । कास्की जिल्ला गल्फ संघको पुर्नगठनपछि पहिलो पटक संघले एमेच्योर गल्फ प्रतियोगिता आयोजनाको जमर्को गरेको हो । प्रतियोगिता मंसिर २८ र २९ गते हुने छ । पार ६९ को कोर्षमा नेपालका विभिन्न गल्फ क्लबबाट एकसय भन्दा बढी एमेच्योर गल्फरको सहभागिता हुने विश्वास गल्फ संघले लिएको छ । प्रतियोगिताको लागि काठमाडौं, धरान, चितवन, महोत्तरी लगायतका गल्फ क्लबका गल्फरको सहभागिता… पुरा पढौ

६ बर्ष पछि पोखरामा आर्दश कप फुटवल प्रतियोगिता हुने

पोखरा १६, मंसिर, कोभिडसँगै सुस्ताएको मोफसलकै चर्चित आदर्श कप फुटवल प्रतियोगिता पुनः ६ बर्ष पछि निरन्तरता पाउने भएको छ । यही मंसिर २२ देखी २९ गतेसम्म क्लवले २५ औं सस्करणको आदर्श कपको आयोजना गरेर प्रतियोगितालाई लयमा फर्काएको हो । २०७५ सालमा २४ औं संस्करणको ऋदिसिद्धी आदर्शकप पछि लेखनाथकै सर्वाधिक राशीको प्रतियोगिता ६ बर्षसम्म रोकिएको थियो । झण्डै ६० लाख रुपैया खर्च हुने अनुमान गरिएको फुटवल प्रतियोगिताको तयारीलाई क्लवले अन्तिम चरणमा पुर्याएको छ ।प्रतियोगितामा आयोजक सहित गण्डकी प्रदेशका ८ समूहले भाग… पुरा पढौ

माया तिमीमा उदाए रोहनजंग कार्की

गायक रोहनजंग कार्कीले आफ्नो तेस्रो गीत ‘माया तिमी’ सार्वजनिक गरेका छन् ।उक्त गीतको म्यूजिक भिडियो रोहनजंग कार्कीको युट्युब च्यानलबाट शनिवार एक समारोहबीच सार्वजनिक गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि पोखरा प्रज्ञा–प्रतिष्ठानका संस्थापक कुलपति पद्मराज ढकालले उक्त गीतको म्यूजिक भिडियो सार्वजनिक गरेका हुन् । पद्मराज ढकालले रोहन आफ्ना विद्यार्थीसमेत भएको बताउँदै उनको गीतसंगीतप्रतिको लगावको उपज तेस्रो गीत सार्वजनिक भएको बताए । उनले सुनसुकै क्षेत्रमा पर्याप्त साधनालले मात्र पूर्णता प्राप्त गर्ने भएकाले निरन्तर साधनामा लाग्न सुझावसमेत दिए ।प्राध्यापक कुञ्जराज थापाले विगतका दिनमा… पुरा पढौ