कास्की

संगम सहकारीको रक्तदान कार्यक्रम सम्पन्न

पोखरा १९ मंसिर, पोखरा महानगरपालिका वडा नं १५ रामवजारमा रहेको संगम वचत तथा ऋण सहकारी संस्थाको रक्तदान तथा प्रेसर सुगर निशुल्क परिक्षण कार्यक्रम सम्पन्न गरेको छ । उक्त रक्तदान कार्यक्रममा १८ जनाले रक्तदान गरेकामा ८ जना पहिलो पटक रक्तदान गर्ने रहेका र सुगर प्रेसर ८५ जनाले जाँच गराएका थिए । कार्यक्रमका प्रमुख अतिथि अल नेपाल होमीयोप्याथिक एशोसियसन गण्डकी प्रदेश समितिका अध्यक्ष तथा आरोग्यधाम होमियोप्याथिक हस्पिटलका संस्थापक डा. बिष्णुप्रसाद चापागाईंले रक्तदानको फाइदा बारे बताउँदै समय समयमा रगत परिक्षण गर्दै गर्नुपर्ने बताए… पुरा पढौ

फागुन अन्तिम साता दशौं राष्ट्रिय खेलकुदको मिति घोषणा गछौंः मन्त्री चौधरी (भिडियो सहित)

दीननाथ बराल,पोखरा १९, मंसिर, नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले कर्णाली प्रदेशको सुर्खेतमा तय भएको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति केही दिनमा बन्ने परिषदको बैठकले तोक्ने बताउनु भएको छ । आगामी फागुन महिनाको अन्तिम सातामा उक्त प्रतियोगिता हुने गरी निर्णय गर्ने तयारी भएको उहाँले खुलसा गर्नु भयो । आज (बुधबार) पोखरा रंगशालाको अवलोकन पश्चात विभिन्न खेल संघहरुसंग सक्षिप्त कुराकानी गर्दै मन्त्री चौधरीले पत्रकारसंग कुराकानी गर्दै विश्व कप क्रिकेटको लागि बजेट अभावले गर्दा कुनै खेलहरु प्रभावित नहुने बताउनु भयो… पुरा पढौ

अक्षरको आगो ओकल्ने चन्द्र

पृष्ठभूमिचन्द्र, पृथ्वीबाट सबैभन्दा नजिकको ग्रह, जसलाई नवग्रहमध्ये रानी मानिन्छ । काल पुरुषको मन र शिवजीले आफ्नो जटामा स्थान दिइएकाले सोम पनि भनिन्छ । यहाँको सन्दर्भ ज्योतिष एवम् विज्ञानसँग जोडिएर आउने चन्द्र ग्रहको नभएर चन्द्रसँग जोडिएको नाम भएकी चन्द्रावती अधिकारी वाग्लेको हो । केही वर्ष अगाडि उनको तीजेगीतका सन्दर्भमा चन्द्रावतीलाई लोक संस्कृति संरक्षणको उदाउँदो चन्द्रका रूपमा पाएको थिएँ । आज उनैको 'अक्षरको आगो’ मुक्तक कृति हेर्ने सौभाग्य जु¥यो, जहाँ चन्द्रावतीले अक्षरका माध्यमबाट वर्तमान यथार्थको आगो ओकलेकी छन् । स्रष्टा सन्दर्भपिता मित्रलाल… पुरा पढौ

पोखरामा जारी कोटिहोममा संंगीतमय भजन कृतन, भक्तजनको घुइँचो

पोखरा १८ मंसिर, पोखरा महानगरपालिका वडानम्बर १५ ढुङगेसाँघु, पट्नेरीमा जारी कोटिहोको दोस्रो दिन (मंगलबार)बाट कथा प्रवचन सुरु भएको छ । गण्डकी प्रदेशकै पहिलो ऐतिहासिक शुक्लागण्डकी कोटिहोम–२०८१ मा यज्ञको दोस्रो दिन प्रमुख बाचक शोभाकान्त ढकाल(कृपालु दास), दिग्र्शनबाचक शिरोमणी दिपक सापकोटा, भागवतमन्जरी पुज्य राधाकिशोरी दासीले कथा बाचन गरेका थिए । कोटिहोममा स्थानीय श्रदालु भक्तजनहरुको उल्लेख्य उपस्थिति रहेको यज्ञ मूल समारोह समितिका संयोजक नारायण भण्डारीले जानकारी दिए । कोटिहोमको शोमबार गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले उद्घाटन गरेका थिए । प्रमुख वाचक, संरक्षक… पुरा पढौ

पोखरा आइटिएफ वल्र्ड टेनिस टुर जे३० टेनिस ः दोस्रो दिन पहिलो चरणका खेल जारी

पोखरा१८, मंसिर, कास्की जिल्ला टेनिस संघको आयोजनामा आइटिएफ वल्र्ड टेनिस टुर जे३० अन्तर्गत पहिलो सर्किटका खेलहरु दोस्रो दिन पनि जारी रहेका छन् । प्रतियोगिता अन्तर्गत दोस्रो दिन गल्र्स÷ब्वाइज सिंगल्स जारी रहेका छन् भने गल्र्स÷ब्वाइज डबल्सतर्फका खेलहरु सुरु भएका छन् । प्रतियोगिताको दोस्रो दिन ब्वाइज सिंगल्सतर्फ पहिलो राउन्डको दोस्रो दिनको खेलमा प्रनव मानन्धर (नेपाल)ले श्रीकर धोनी (भारत) लाई ६–१, ७–५ ले पराजित गरे । त्यसै गरी हैनुओ गुओ (चीन) ले यश्विन दहिया (भारत) लाई २–६, ६–१, ६–१ ले पराजित गर्दा, हान्बो… पुरा पढौ

पुष १८ गते सुरु हुने लेखनाथ महोत्सवको मुख्य प्रायोजकमा राष्ट्रिय बाणिज्य बैंक

दीननाथ बराल, पोखरा, १७ मंसिर, आउँदो पुष १८ गते सुरु हुने लेखनाथ महोत्सवको मुख्य प्रायोजकमा राष्ट्रिय बाणिज्य बैंक रहेको छ । उक्त महोत्सवलाई सफल पार्न बैंकले आफ्नो सामाजिक उत्तरदाहित्व अन्र्तगत केही समय अघि आयोजक संस्था लेखनाथ उद्योग बाणिज्य संघसंग सम्झौता गरेको हो । पोखरा २७ को तालचोकमा आउँदो माघ १ गतेसम्म संचालन हुने २० औँ संस्करणको लेखनाथ महोत्सव २०८१ मा करिब ३ सय ३६ वटा स्टलहरु रहने भएको सोमबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । १९ बर्ष… पुरा पढौ

तेह्रौं संस्करणको पोखरा महोत्सवको मुख्य प्रायोजकमा बेटर

पोखरा १७, मंसिर, रबि एण्ड सन्नी इन्डष्ट्रीज प्रा.लि.को उत्पादन बेटरले तेह्रौं संस्करणको पोखरा महोत्सवमा मुख्य प्रायोजकको भुमिकामा रहेर साथ दिने भएको छ । युनाईटेड क्लब पोखराको आयोनजामा आगामी पुषको २५ देखी माघको ७ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना गर्ने तेह्रौं संस्करणकोे पोखरा महोत्सवलाई बेटरले मुख्य प्रायोजकको रुपमा रहेर साथ दिने भएको हो । पोखराको नयाँबजारमा कर्पोरेट अफिस रहेको रबि एण्ड सन्नी इन्डष्टीज प्रा.लि.का डाइरेक्टर सन्नी रौनियार र महोत्सव आयोजक युनाईटेड क्लबका अध्यक्ष लोक बहादुर थापाले महोत्सवको मुख्य प्रायोजकको सम्झौता… पुरा पढौ

स्वर्गीय प्रदीपको सम्झनामा खुला बास्केटबल प्रतियोगिता हुँदैं

पोखरा, १७ मंसिर, कास्कीको अन्नपूर्ण गाउँपालिका ११ छोम्रोङका स्वर्गीय प्रदीप गुरुङको स्मृतिमा पोखरामा पहिलो संस्करणको खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता हुने भएको छ । चैंपरे लेम भाईखलक घान्द्रुकको आयोजनामा यही पौष ३ गतेदेखि ६ गतेसम्म पोखरा महानगरपालिका १० रामघाटस्थित पुन समाजको कोर्टमा प्रतियोगिता सञ्चालन गरिने संयोजक राजकुमार गुरुङले जानकारी दिए । उनका अनुसार खुला पुरुषतर्फको विजेता टोलीलाई नगद रु ८० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ ।यस्तै उपविजतो बन्ने टोलीले नगद रु ५० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र… पुरा पढौ

पोखरा आइटिएफ वल्र्ड टेनिस टुर जे३० प्रतियोगिता सुरू,पोखरामा खेल पर्यटनको अथाह सम्भावना छः मेयर आचार्य

पोखरा १७, मंसिर, कास्की जिल्ला टेनिस संघको आयोजनामा सोमबार देखि आइटिएफ वल्र्ड टेनिस टुर जे३० सर्किट १ र २ सुरू भएको छ । प्रतियोगिताको पहिलो दिन पहिलो सर्किटमा ३५ खेल सम्पन्न भएको संघले जनाएको छ । प्रतियोगिताका विश्व नं १ बरियता जापनका रिकु हागासीले भारतका रौनक कश्यपलाई ६–०, ६–१ को सोझो सेटमा पराजित गरेका छन् । गत वर्ष समेत नेपाल आएका रिकुले आफ्नो लयमा खेल खेल्दै आफ्नो पहिलो खेल जिते । त्यसै ब्वाइजतर्फ नै नेपाली खेलाडी सक्षम विक्रम शाहले भारतिय… पुरा पढौ

धुमधामका साथ पोखरामा शुक्ला गण्डकी कोटिहोम सुरु

पोखरा १७ मंसिर, पोखरा महानगरपालिका वडानम्बर १५ ढुङगेसाँघु, पट्नेरीमा गण्डकी प्रदेशकै पहिलो ऐतिहासिक शुक्लागण्डकी कोटिहोम–२०८१ सुरु भएको छ । कोटिहोमको शोमबार गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले उद्घाटन गरे । प्रदेश प्रमुख भट्टले यस स्थानमा विगतमा पनि साधुसन्त महन्त सिद्धपुरुषहरुले कोटीहोम लगाएको र अहिले करिब ३१ वर्षपछि यस पवित्र भूमिमा विभिन्न उद्धेश्यका साथ कोटीहोम भक्तिज्ञान महायज्ञ आयोजना गरिएकोमा धन्यवाद ज्ञापन गरे । उनले भने – ‘धार्मिक पर्यटनको विकासका लागि शुद्ध मनहरूबाट यस्ता सत्कर्मका प्रयासहरू आवश्यक रहन्छ । विश्वका कयौँ देशहरुले… पुरा पढौ