तपाईहरु ढुक्क हुनुहोस २०२७ मा विश्व कपका केही खेल पोखरामा हुन्छःमन्त्री—चौधरी

-


     पोखरा क्लिक     
     मंसिर १९ गते २०८१ मा प्रकाशित


दीननाथ बराल,

पोखरा १९, मंसिर,

नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले सन् २०२७ मा विश्व कप क्रिकेटका केही खेल पोखरामा हुने दाबी गर्नु भएको छ । सन् २०२७ मा यू–१९ महिना वल्र्ड कप क्रिकेट प्रतियोगिता नेपाल र बंगलादेशमा हुने भए पनि केही खेलको लागि पोखरामा संचालनको लागि पोखरा क्रिकेट मैदानमा आवश्यक भौतिक संरचना निर्माण गर्न सरकार तयार रहेको बताउदै केही खेल पोखरामा हुने उहाँले दाबी गर्नु भएको हो ।

बुधबार पोखराका पत्रकारसंग कुराकानी गर्दै मन्त्री चौधरीले अब पोखरामावल्र्ड कपका केही खेल हुने दाबी गर्दै कुनै शंका नगरी ढुक्क हुन आग्रह समेत गर्नु भयो । पोखरामा ५ करोड बजेट अभावले गर्दा वल्र्ड कप पोखरामा हुने नहुने अन्यौलमा भन्ने समाचारले आफु केही दिनदेखि चिन्तित भएको उल्लेख गर्दै मन्त्री चौधरीले सके यस बर्ष रकमान्तर गरेर भए पनि अन्यथा आउदो बर्षमा बजेट नै विनियोजन गरी क्रिकेट मैदानको आवश्यक पूर्वाधार निर्माण गर्ने प्रतिवद्धत्ता व्यक्त गर्नु भयो । अर्थमन्त्री र प्रधानमन्त्री समक्ष सन २०२७ को विश्व कप नेपाल र पोखरामा हुने बिषयमा आफुले राम्रोसंग बुझाउने उहाँले जनाउनु भयो ।

कर्णाली प्रदेशको सुर्खेतमा तय भएको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी फागुन महिनाको अन्तिम सातामा हुने बताउनु भएको छ । उहाँले सबै खेलकुदका संघ सस्था तथा खेलकुदकर्मीहरुलाई आफ्नो तयारीमा जुटन आग्रह गर्दै ढुक्क भयर आफ्नो तयारीमा लाग्न आग्रह गर्नु भएको छ । सुर्खेतमा हुने उक्त प्रतियोगिताको भौतिक संरचना निमार्णमा केही ढिलाई भएकोले मंसिरमा गर्न नकिएको प्रष्ट पार्दै मन्त्री चौधरीले पूर्वाधारको हिसावले केही ३÷४ खेल भने पोखरामा हुन सक्ने समेत बताउनु भयो ।

नेपालले धेरै बर्ष देखि नतिजा नदिने खेलहरुमा पनि ठुलो लगानी गर्दै आएको दाबी गर्दै मन्त्री चौधरीले अब पदक नदिने खेललाई कम प्रथामिकता दिने आशय व्यक्त गर्नुभयो । उहाँले भन्नु भयो “कर्णालीमा खेलकुदका संरचना छैनन्, त्यहाँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी पनि पुगेको छैन् भन्ने गलत बुझाइ भएको छ, राज्यले करोडौं लगानी गरेको छ ।”

खेलकुद मन्त्रालयमा कम बजेट भएकोमा मन्त्री चौधरीले आगामी बजेट खेलकुदमा बढाउने दाबी गर्नुभयो । ४ महिनामा खेलकुदको बारेमा धेरै कुरा बुझेको उल्लेख गर्दै उहाँले आगदो बर्ष देखि खेलकुदमा बजेट बढाउने बताउनु भयो । पोखरा रंगशाला अन्य रंगशाला भन्दा धेरै फरक भएको बताउदै मन्त्री चौधरीले पोखरा रंगशालामा धेरै खेलहरु हुने देशकै नमुना रंगशाला हुने दाबी गर्नुभयो ।

पोखरा रंगशालाको विभिन्न खेलकुदका संरचना सहित खेल मैदानहरुको बारेमा प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले जानकारी गराउनु भएको थियो । कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाको समेत सहभागिता रहेको थियो । पोखरामा केही खेलकुदको संरचनाहरु जिर्ण भएकोले संरक्षण गर्न आवश्यक भएको प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष धोजकुमार गुरुङले बताउनु भयो ।