साँेढ १० करोड लागतमा निमाणर््ा भएको वडा प्रहरी कार्यालय बैदामको भवन उद्घाटन

-


     पोखरा क्लिक     
     मंसिर २० गते २०८१ मा प्रकाशित


दीननाथ बराल,

पोखरा २०, मंसिर,

पोखरा महानगरपालिका वडा नम्बर ६ मा रहेको वडा प्रहरी कार्यालय बैदामको अत्याधुनिक सुविधा सम्पन्न भवन निर्माण भएको छ । दुई चरणमा गरी करिब १० करोड ६० लाख ३३ हजार रुपैयाको लागतमा उक्त भवन निर्माण भएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ ।

यसैबिच, उक्त भवनको एक समारोहका बिच आज (विहिबार) प्रहरी महानिरिक्षक (आईजीपी) बसन्त बहादुर कुँवरले उद्घाटन गर्दै पर्यटकीय नगरी पोखरामा उक्त भवन निर्माणले शान्ति सुरक्षा कायम गर्न थप मद्धत पुग्ने विश्वास व्यक्त गर्नु भयो । गण्डकी प्रदेशको राजधानि पोखरालाई पर्यटनको समेत राजधानिको रुपमा घोषणा गरेसंग कास्की प्रहरीलाई शान्ति सुरक्षाको जिम्मेवारी थपिएको दाबी गर्दै यसमा वडा देखि जिल्ला हुदै प्रदेश प्रहरीले सक्रिय रुपमा आफ्नो भुमिका खेल्नु पर्ने उहाँले धारणा व्यक्त गर्नु भयो ।

बिशिष्ठ तथा अति बिशिष्ठ अतिथिहरुको आगमन सुरक्षित गर्नु अर्को कास्की प्रहरीको कार्यभार भएको आईजीपी कुँवरले जनाउनु भयो । पर्यटक मैत्रि व्यवहार उच्च व्यवसायिकता मार्फत पोखराको पर्यटन प्रबद्र्धन गर्न वडा र कास्की प्रहरीलाई उहाँले निर्देशन दिनुभयो ।

अपराध अनुसन्धान न्यूनिकरण गर्न आवश्यक भएको बताउदै आईजीपी कुँवरले कास्कीमा करिब २० प्रतिशत जसो अपराधिक घटनाहरु ब्ढ्न थालेकोले यो चुनौतीको साधना गर्न सबैको साथ र सहयोगको अपेक्षा गर्नु भयो । सवारी दुर्घटना र आत्महत्या जस्ता घटनालाई न्यूनिकरण गर्न समेत उहाँले आग्रह गर्नु भयो ।

आफ्नै जग्गामा कार्यालय व्यारेक भवनको ५ करोड ४७ लाख ९० हजार २८ रुपैयाँमा पहिलो चरण सम्पन्न भएको थियो । दोस्रो चरणमा ५ करोड १२ लाख ४२ हजार ९ सय ९१ रुपैयाँको लागतमा कार्यालय व्यारेक, हिरासत कक्ष, भान्छा घरको सम्पूर्ण निर्माण कार्यहरु सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक श्याम बाबु ओलियाले बताउनु भयो ।

पोखराका पूर्व मेयर मानबहादुर जिसीले उक्त भवन समय सुहाउदो भवन बनेको बताउदै भवन निर्माण गर्न सहयोग गर्ने प्रति धन्यवाद दिनुभयो । कास्कीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष बिष्णुबहादुर केसीले जनता र प्रहरीसंग संगै राजनीतिक दलहरू एक भएमा शान्ति सुरक्षा कायम हुने बताउनु भयो । चुहिने प्रहरी चौकी मर्मत गर्न स्थानीय सरकार पनि लाग्दै आएको उहाँले बताउनु भयो ।

कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले शान्ति सुरक्षा कायम गर्न अध्याधुनिक भवनबाट सेवा दिन उच्च मनोवल कर्मचारीहरुलाई प्रदान गर्ने बताउनु भयो । प्रहरीका अन्य ठाउँमा भवन तथा कार्यालय संरचना निमार्ण गर्न उहाँले आग्रह गर्नु भयो । लागुु ओैषध मुक्त्त शहरको रूपमा पोखरा स्थापना गर्न प्रशासन लागेको प्रजिक पाण्डेले बताउनु भयो । नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले उक्त भवनबाट प्रवाह हुने सेवा अब प्रविधि मैत्रि हुनुपर्ने बताउनु भयो । उक्त भवन १९ हजार ९ सय ५ बर्ग फिट क्षेत्रफलमा भूइृ तला सहित ५ तले पक्की भवन निर्माण भएको प्रहरी नायव उपरिक्षक ईन्जिनियर ध्रुव अधिकारीले जानकारी दिनुभयो । गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायव महानिरिक्षक दुर्गा सिंहको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।