मनोरन्जन

पोखराको दिगो पर्यटनको लागि पोखरा आसपास क्षेत्रका नयाँ पर्यटकीय गन्तव्यको पहिचान र प्रवर्द्धन गर्न सुझाव

दीननाथ बराल,पोखरा, ३० असोज, पर्यटनको राजधानि पोखराको दिगो पर्यटनका लागि पोखरा आसपासका नयाँ पर्यटकीय गन्तव्यहरूको पहिचान र प्रवर्द्धन गर्नुपर्ने (आज) विहिबार पोखरामा आयोजित एक कार्यक्रमका वक्ताहरुले सुझाव दिनुभएको छ । विहिबार पोखरामा आयोजित पोखरा पर्यटन परिषदको २५ औं वार्षिक साधारण सभाको उद्घाटन सत्रमा वोल्ने वक्ताहरूले पोखराको दिगो पर्यटन बिकासको लागि पोखरा आसपास क्षेत्रको पर्यटन प्रवर्द्धन सहित पर्यटन पूर्वाधार निर्माण एवं विस्तार गर्नुपर्नेमा जोड दिनु भएको हो । दिगो पर्यटनको बिकास गर्न सके पोखरामा आउने पर्यटकहरुको बसाई अवधि लम्बाउन सकिने वक्ताहरुको… पुरा पढौ

लेखनाथ उवा संघको नवनिर्वाचित नयाँ कार्यसमितिलाई पोखराको बधाई

पोखरा, ३० असोज , पोखरा उद्योग वाणिज्य संघले छिमेकी लेखनाथ उद्योग वाणिज्य संघकी नवनिर्वाचित अध्यक्ष जानुका पराजुलीसहित नवनिर्वाचित पदाधिकारी र कार्यसमितिलाई बधाइ ज्ञापन गरेको छ । गएको भदौ २० र २१ गते सम्पन्न १५ औं महाधिवेशनबाट जानुका लेखनाथको अध्यक्ष निर्वाचित भएकी हुन् । बिहीबार आयोजित स्वागतसहितको बधाइ कार्यक्रममा बोल्दै आयोजक संस्था एवं कार्यक्रमका अध्यक्ष गोकर्ण कार्कीले नेपालको निजी क्षेत्रले नेपालको आधुनिक कालखण्डकै सबैभन्दा बढी संकटको सामना गर्नुपरेको बताए । जेनजी आन्दोलनको क्रममा निजी क्षेत्रमाथि भएको आक्रमण,आगजनी, लुटपाटले त्यो अवस्था आएको… पुरा पढौ

ओमानमाथि नेपालको प्रभावशाली जित, लगातार दोस्रो पटक टी–२० विश्वकपमा प्रवेश

पोखरा, असोज ३०, नेपालले शानदार प्रदर्शन गर्दै टी–२० विश्वकप एसिया तथा इष्ट एसिया प्यासिफिक ९भ्ब्ए० छनोटको सुपर सिक्स चरणमा ओमानलाई ३८ रनले पराजित गरेको छ । यस जितसँगै नेपालले आगामी वर्ष भारत र श्रीलङ्कामा हुने आइसीसी टी–२० विश्वकप २०२६ का लागि आफ्नो स्थान सुनिश्चित गरेको छ । ओमानको अल अमिरातस्थित क्रिकेट एकेडेमी टर्फ–१ मैदानमा आज सम्पन्न खेलमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै १५१ रनको प्रतिस्पर्धी योगफल बनाएको थियो । नेपालका ओपनर कुशल भुर्तेलले ५१… पुरा पढौ

गाईपालन, तरकारी खेतिसँगै फूल खेतीमा रमाउदै पोेखरा १३ का एक युवा (भिडियो सहित)

दीननाथ बराल, पोखरा, २९ असोज, पोखरा महानगर–१३, उदगमटोलका ३७ वर्षीय सूर्यराज तिमिल्सिना पछिल्ला वर्षहरूमा कृषिक्षेत्रमा सफल उद्यमीका रूपमा रमाउदै हुनुहुन्छ । तरकारी र गाईपालन व्यवसायसंगै उनले केही बर्ष देखि तिहार लक्षित सयपत्री फूल खेती समेत गर्दै आउनु भएको छ । https://www.youtube.com/watch?v=BOgWL54G3c4 कालिका पशुपालन फार्ममार्फत उहाँले यस वर्ष फूल बिक्रीबाट मात्र दुई लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य राख्नु भएको छ । पोखरा महानगरपालिकाले तिहारको फूल उत्पादनमा अनुदान दिएपछि उहाँले तरकारी खेतीसँगै फूल खेती पनि गर्न थाल्नु भएको हो । बिषेश गरी… पुरा पढौ

पोखराका निजी अस्पतालले स्वास्थ्य मन्त्रालयले दिएको निर्देशन अनुसारको स्टाफ नर्सको न्यूनतम पारिश्रमिक लागु गर्न नसक्ने (भिडियो सहित),मणिपाल र जिएमसीमा स्टाफ नर्सको आन्दोलन जारी, अस्पतालको सेवा प्रभावित

दीननाथ बराल,पोखरा, २९ असोज, पोखरामा नेपाल मणिपाल शिक्षण अस्पताल र गण्डकी मेडिकल कलेज (जिएमसी) अस्पतालमा कार्यरत स्टाफ नर्सहरु तलव बृद्धिको माग गर्दै आन्दोलनमा उत्र्रिएकाछन् । मणिपालले १९ हजार ५ सय तलवबाट बृद्धि गरी २४ हजार देखि २९ हजारसम्म दिने सहमती जनाए पनि सबै कर्मचारीले नमाने पछि आन्दोलन जारी रहेको छ भने जिएमसीमा भने वार्ता बस्ने बिषयमा नेतृत्वको अभावमा अस्पताल प्रशासनसंग वार्ताको कुनै पहल भएको छैन् । https://www.youtube.com/watch?v=NGIJHE8Vs6c यद्यपी आन्दोलन जारी रहदा दुबै अस्पतालको सेवा भने प्रभावित भएको छ । पोखराका… पुरा पढौ

१८ औं भाइटिका महोत्सव होटल पौवामा हुने

पोखरा, २९ असोज, होटल संघ पोखरा नेपालले तिहारका अवसरमा आगामी कात्तिक ६ गते १८ औं भाइटिका महोत्सव २०८२ आयोजना गर्ने भएको छ । लेकसाइड स्थित होटल पौवामा यो महोत्सव हुन लागेको हो । संस्कृतिका माध्यमबाट पर्यटन प्रबद्र्धन गर्दै पर्यटन क्षेत्रलाई थप चलायमान बनाउने उद्धेश्यले महोत्सव आयोजना गर्न लागिएको संघका अध्यक्ष लक्ष्मण सुबेदीले जानकारी दिए । पछिल्लो पटक देशको विषम परिस्थितिका कारण पर्यटन क्षेत्र समेत प्रभावित हुन पुगेको भन्दै अध्यक्ष सुवेदीले महोत्सवले पर्यटनलाई पुरानै लयमा फर्काउन टेवा पुर्याउने विश्वास व्यक्त गरे… पुरा पढौ

कात्तिक ६ गते ११ः३९ बजे भाइटीकाको उत्तम साइत

काठमाण्डौं, आउदो कात्तिक ६ गते बिहान ११ः३९ बजे भाइटीकाको उत्तम साइत रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक ६ गते ११ः३९ बजे रहेको सार्वजनिक गरेको हो । यस वर्ष यमपञ्चक कात्तिक १ गते शनिबारदेखि सुरु हुने समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले जानकारी दिनुभयो ।त्यस दिनदेखि यमदीप दान सुरु गरिन्छ । कात्तिक २ गते आइतबार काग तिहार परेको छ । यसै दिन धनवन्तरी जयन्ती पर्व पनि मनाइन्छ । कात्तिक ३ गते सोमबार बिहान नरक… पुरा पढौ

सुलभ डिपार्टमेन्टल स्टोर्समा उपहार योजना, प्रथम पुरस्कार इलेक्टिक स्कुटर

पोखरा, २७ असोज, पोखरा ६ जरेबरमा रहेको सुलभ डिपार्टमेन्टल स्टोर्सले दशै तिहारमा ग्राकहरुलाई लक्षित गर्दै उपहार योजना ल्याएको छ । दशै र तिहारलाई लक्ष्त गरे ल्याएका योजनामा १ हजारको खरिदमा एउटा कुपन पाइने छ । लक्की ड्र मार्फत विजेताले प्रथम पुरस्कार इलेक्टिक स्कुटर, दोस्रो पुरस्कार माउन्टेन साइकल र तेस्रो पुरस्कार डिस्पेन्सर पाउने छन् । अन्य १२ जनालाई सान्तोना पुरस्कार प्रदान गरिने डिपार्टमेन्टलका प्रबन्ध निर्देशक लक्ष्मण बरालले जानकारी दिए । १७ वर्ष अगाडि पोखराका पर्यटन व्यवासायीहरुको संयुक्त लगानिमा स्थापना भएको सुलभ… पुरा पढौ

पोखरामा बजाज मोटरसाइकल एक्सचेन्ज मेला सुरु, बजार मूल्यांकन भन्दा १० हजार रुपैयाँसम्म बढी मूल्य पाइने

पोखरा, २७ असोज, बजाज मोटरसाइकलका ग्राहकका लागि पोखरामा आकर्षक एक्सचेन्ज अफर सुरु भएको छ । पोखरा नयाँबजारस्थित इच्छाशक्ति अटोमोबाइल्स प्रा. लि.ले यही असोज २६ गतेदेखि कार्तिक ३ गतेसम्म ‘बजाज एक्सचेन्ज मेला–२०८२’ सञ्चालन गरेसंगै यहाँ एक्सचेन्ज अफर सुरु भएको कम्पनीले पोखराक्लिकलाई जनाएको छ । मेलामा जुनसुकै ब्रान्डको पुरानो मोटरसाइकल वा स्कुटर सटही गरी नयाँ बजाज मोटरसाइकल लिन सकिनेइच्छाशक्ति अटोमोबाइल्स प्रा :लि.का जनरल म्यानेजर आघोशमान बुद्धाचार्यले बताउनु भयो । कार्यक्रममा बजार मूल्यांकन भन्दा १० हजार रुपैयाँसम्म बढी मूल्यमा पुरानो सवारी लिने जस्तो… पुरा पढौ

गण्डकी प्रादेशिक क्रिकेट संघको साधारण सभाको अवसरमा खेलाडी सम्मान, पूर्वाधार निर्माणमा जोड

दीननाथ बराल, पोखरा २६, असोज, गण्डकी प्रादेशिक क्रिकेट संघले आइतबार आफ्नो चौथो वार्षिक साधारण सभाको अवसरमा ७ जना खेलाडीहरुलाई नगद सहित सम्मान गरेको छ । विभिन्न उमेर समूहबाट राष्ट्रिय हुदै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाईसकेका प्रदेशका चार महिला र तीन पुरुष खेलाडीलाई पोखरामा आयोजित संघको साधारण सभाको अवसरमा खेलाडीहरुलाई प्रोत्साहन स्वरुप नगद सहित सम्मान गरेको संघ गण्डकीका अध्यक्ष संजयकान्त सिग्देलले पोखराक्लिकलाई बताउनु भयो । सम्मानित हुने महिला खेलाडीहरुमा कुसुम गोदार, सिमना केसी, ज्योस्त्निका मरासिनी र रचना चौधरी रहनु भएको छ भने… पुरा पढौ