पोखराको चिप्लेढुंगामा खुल्यो एलभिडी ब्राण्डको शाखा ( भिडियो सहित)

-


     पोखरा क्लिक     
     वैशाख २१ गते २०८३ मा प्रकाशित


दीननाथ बराल,
पोखरा २१, वैशाख,

पोखराको चिप्लेढुंगामा नेपाली उत्पादन एलभिडी ब्राण्डको ११ औं शाखा संचालनमा आएको छ । पोखराका युवा पर्यटन व्यवसायी सुनिलबहादुर भट्टराईको लगानीमा चाइना तथा हङकङमा उत्पादित एलभिडी ब्राण्डका कपडाहरुको शाखा पोखरामा पहिलो पटक भित्रिएको हो ।

पोखरा ट्रेडमलको अगाडी रहेको एलभिडी ब्राण्डको शाखाको सोमबार पूर्व मिस नेपाल माल्भिका सुब्बा र समाजसेवी एवं भट्टराईका बाबु रमेश बहादुर भट्टराईले स.यूक्त रुपमा रिवन काटेर उद्घाटन गर्नु भएको हो । सो अवसरमा उहाँले एलभिडी शाखाको अवलोकन गर्नुका साथै एलभिडी ब्राण्डबारे जानकारी लिनु भएको थियो । पोखरा जस्तो शहरमा उक्त ब्राण्डको कपडाको राम्रो खपत हुने विश्वास व्यक्त गर्नु भयो । काठमाडौंमा १० वटा शाखा रहेको एलभिडीको राजधानी काठमाडौं बाहिर भने यो नेपालकै पहिलो शाखा भएको संचालक भट्टराईले बताउनु भयो । एलभिडी नेपाली प्रयोगकर्ता केन्द्रीत ब्राण्ड हो । नेपाली प्रयोगकर्तालाई लक्षित गरेर बनाईने गरेको यो ब्राण्ड नेपालीको उचाई, मोटाईसँगै उनीहरुकै रुची र चाहनालाई केन्द्रमा राखेर बनाइएको उहाँको भनाई छ । उद्घाटनको अवसरमा कम्पनीले एक हप्तासम्म १० देखि २० प्रतिशतसम्म विशेष छुटको व्यवस्था समेत गरेको जनाएको छ ।

पोखरा शाखामा गुणस्तरीय पाईन्ट, सर्ट, टि–सर्ट, ज्याकेट, हाफ ज्याकेट, कोट, सुट पाईन्टहरु पाईने सञ्चालक सुनिलबहादुर भट्टराईले बताउनु भयो । खास गरेर जेन्ट्स फोकस सामानहरु पाईन्छ,उहाँले भन्नुभयो,‘गुणस्तरीय र फेसनेवल एलभिडी ब्राण्डका सामानहरु यहाँ पाईन्छ ।’ २ हजार देखि २० हजारसम्म पर्ने टिसर्टदेखि सुटपाईन्टसम्म उक्त शाखामा उपलब्ध रहेको उहाँले जनाउनु भयो । जिन्स पाईन्टहरु ६ हजार मुल्यमा उपलब्ध रहेको छ । दुई तलासम्म उक्त ब्राण्डका सामानहरु हाल पहिलो चरणमा करिब १ करोड ५० लाख लगानी गरेको भट्टराईले बताउनु भयो । नेपाली ब्राण्ड जसको उत्पादन नेपालीको लागि सुहाउने गरी चाइना र हङकङमा यसको उत्पादन हुने गरेको भट्टराईले बताउनु भयो ।