मनोरन्जन

पोखरामा सम्पन्न भएको नेपाल खुला स्नूकर प्रतियोगिताको उपाधि वाङचु तामाङलाई

दीननाथ बराल,पोखरा ३१ भदौ, काठमाण्डौंका वाङचु तामाङले दोस्रो संस्करणको नेपाल खुला स्नूकर प्रतियोगिता–२०८२ को उपाधि जितेका छन् । खेलकुदको शहर पोखरामा आज (मंगलबार) सम्पन्न भएको फाइनल खेलमा तामाङले काठमाण्डौंकै फुर्वा दोर्जे शेर्पालाई ६–४ को सेटमा पराजित गर्दै उपाधि हात पार्न सफल भएका हुन् । वेष्ट अफ इलाभेनको आधारमा भएको फाइनल खेलमा जित हासिल गर्दै तामाङले नगद २ लाख २ हजार २ सय २ रुपैया साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्दा उपविजेता भएका शेर्पाले भने ८० हजार प्राप्त गरे ।… पुरा पढौ

मन्त्रीमण्डल विस्तार, तीन मन्त्रीले सपथ लिए

पोखरा, प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीमण्डल विस्तार गरेकीछन् । राष्ट्रपति कार्यालयको खण्डहर भवन बाहिर सोमबार नवनियुक्त तीन मन्त्रीहरूले आजै शपथ लिएका छन् । प्रधानमन्त्री कार्कीको उपस्थितीमा राष्ट्रपति रामचन्द्र पौडेलले शपथ लिएका थिए । अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, भौतिक योजान र सहरी विकासमन्त्री कुलमान घिसिङ र गृह र कानुनमन्त्री ओमप्रकाश अर्यालले सपथ लिएका हुन् । जेनजी आन्दोलनका क्रममा आगजनी भएपछि शीतल निवास पनि बस्न नमिल्ने अवस्थामा पुगेको थियो । त्यसैले गत शुक्रबार प्रधानमन्त्री सुशीला कार्कीको शपथ राष्ट्रपति निवास भित्रै भएको थियो ।आज… पुरा पढौ

सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग, नेतृत्वप्रति तीव्र असन्तुष्टि

काठमाडौं, २९ भदौ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की निवर्तमान सांसद तथा पूर्वसह–महामन्त्री सुमना श्रेष्ठले पार्टी परित्याग गरेकी छन्। आइतबार सामाजिक सञ्जालमार्फत सार्वजनिक पोस्ट गर्दै उनले अब आफू रास्वपासँग सम्बन्ध विहीन भएको घोषणा गरेकी हुन्। उनले भनिन“अब खुला रूपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु, मन लाग्दीजति गर्नुहोस्, मैले पार्टी छोडेँ।” उनको असन्तुष्टि पार्टी सभापति रवि लामिछानेतर्फ शंकेत गरिन । रास्वपाले देशभन्दा माथि पार्टी, पार्टीभन्दा माथि व्यक्तिलाई राख्न थालेपछि निरन्तर आलोचना गरे पनि त्यसलाई बेवास्ता गर्दै आफूलाई उल्टै ‘मिडिया… पुरा पढौ

दोस्रो पर्वतीय दौड असोज ११ गते, सिमित सिटका लागि पुनः अनलाईन फारम खुल्ला

पोखरा, २८ भदौ, दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगिता निर्धारित मिति भन्दा एक साता पछि सरेको छ । अब सो प्रतियोगिता विश्व पर्यटन दिवसकै दिन असोज ११ गते शनिबार हुनेछ । जेन–जीको आन्दोलनसँगै मुलुकमा उत्पन्न पछिल्लो परिस्थितिका कारण आयोजकले उक्त निर्णय गरेको प्रतियोगिता संयोजक दीननाथ बरालले बताए । खेल पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पोखरा प्रवर्धन केन्द्र र पोखरा क्लिक प्रालिको संयुक्त आयोजनामा असोज ४ गते प्रतियोगिताको तयारी गरिएको थियो । मिति सार्नुपरेकोमा यसबाट पर्न गएको असुविधाप्रति आयोजकले सम्पूर्ण खेलाडी, खेलकुदकर्मी, उद्योगी… पुरा पढौ

होटल क्षेत्रमा मात्र तीन अर्ब रुपैयाँ क्षति

पोखरा, २७ भदौ, हालै भएको जेन–जी आन्दोलनपछिका हिंसात्मक घटनाको क्रममा पोखराका होटल तथा रिसोर्ट लगायतका क्षेत्रमा भएको आक्रमणको क्रममा तीन अर्ब रुपैयाँ बढीको सम्पत्ती नोक्सानी भएको प्रारम्भिक आँकडा सार्वजनिक गरिएको छ । होटल संघ पोखरा नेपालका तर्फबाट अध्यक्ष लक्ष्मण सुवेदीले शुक्रबार जारी गरेको विज्ञप्तिमा आक्रमणको क्रममा तोडफोड तथा आगजनी हुँदा सो परिमाण बराबरको क्षति भएको उल्लेख गरिएको हो । विज्ञप्तिमा भनिएको छ, यस प्रकार पर्यटकीय प्रतिष्ठान माथि भएका घटनाको निष्पक्ष छानविन गरी उचित क्षतिपूर्ति दिलाउन सरकार लगायत इन्सुरेन्स कम्पनी र… पुरा पढौ

पोखरामा आज बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म निषेधाज्ञा जारी

दीननाथ बराल,पोखरा २६ भदौ, पोखरामा जेन–जी आन्दोलनका कारण उत्पन्न परिस्थितीलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय कास्कीले आज बिहान ११ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म निषेधाज्ञा जारी गरेको छ। पोखरा क्षेत्रमा निषेधाज्ञा लागु हुने गरी उक्त सूचना जारी गरिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले बताउनु भयो । उहाँले भन्नुभयो “निषेधाज्ञा अवधिभर अत्यावश्यक बाहेक घर बाहिर ननिस्कन सर्वसाधारणलाई आग्रह गर्दछौं, आज अबस्था अनुसार साँझ पुनः मूल्याङ्कन गरी थप निर्णय गरिनेछ।” निषेधाज्ञा तथा कर्फ्यु अवधिमा एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, खाद्यान्न,… पुरा पढौ

नेपाली सेनाद्धारा आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान

काठमाण्डौं, जेनजीको आन्दोलनको दोश्रो दिन आज मंगलबार नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले आन्दोलनरत पक्षलाई शान्तिपूर्ण निकासका लागि वार्तामा आउन आव्हान गरेका छन् । मंगलबार सम्बोधन गर्दै उनले अहिलेको वर्तमान असहज परिस्थितिलाई सामान्यीकरण गर्दै राष्ट्रको सर्वोपरि हितको रक्षा गर्नु सबैको साझा कर्तव्य भएकोले त्यसको आन्दोलनका कार्यक्रमहरू स्थगित गरी वार्तामा आउन आग्रह गरेका हुन् । साथै उनले देशभर भइरहेका आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। उनले दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक संवेदना र सहानुभूति प्रकट… पुरा पढौ

पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी लिमिटेडमा नयाँ नेतृत्व, अध्यक्षमा एन कुमार साई

पोखरा, पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी लिमिटेड, पोखराको हालै सम्पन्न निर्वाचनबाट नयाँ कार्यसमिति निर्वाचित हुनु भएको छ । अध्यक्षमा एन कुमार साई विजयी भएका छन्। उनले ८४ मत अन्तरले प्रतिस्पर्धी विज्ञान श्रेष्ठलाई पराजित गरे। साईले ६०८ मत प्राप्त गर्दै श्रेष्ठले ५२४ मत प्राप्त गरे । सञ्चालक पद तर्फ हेमन्त मल्ल ८४० मत सहित सर्वाधिक मत ल्याउँदै विजयी भए। त्यस्तै जय प्रसाद शर्मा र मेघराज त्रिपाठी दुवैले ७२३,७२३ मत ल्याएर निर्वाचित भए। अशोककुमार चौधरी (६८ मत), कृष्णप्रसाद पौडेल (६५९ मत), जसबहादुर गुरुङ… पुरा पढौ

एभरेस्ट महिला भलिबल लिगः रोमाञ्चक खेलमा लुम्बिनीले पोखरालाई हरायो 

पोखरा , एभरेस्ट महिला भलिबल लिग (इडब्लुभी) मा लुम्बिनी लाभाजले पहिलो जित निकालेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा आइतबार भएको दोस्रो खेलमा घरेलु टोली पोखरा निन्जाजलाई  ३–२ को सेटले पराजित गर्दै लुम्बिनीले पहिलो जित दर्ता गरेको हो ।   पहिलो सेट १३–२५ ले गुमाएको पोखराले दोस्रो र तेस्रो सेटमा उत्कृष्ट पुनरागमन गर्दै खेलमा पकड जमाएको थियो पोखराले दोस्रो सेट २५–२३ र तेस्रो सेट २५–१० ले आफ्नो पक्षमा पा¥यो । तर, निकै प्रतिष्पर्धात्मक भएको चौथो सेटमा २८–२६ ले लुम्बिनीले जित निकाल्दा खेल… पुरा पढौ

सामाजिक सञ्जाल नचल्दा व्यवसाय प्रभावित, तत्काल निर्णय फिर्ता गर्न फिने गण्डकीको जोडदार माग

पोखरा २२ भदौ, पर्यटनको मुख्य सिजनका वेला सरकारले चालेको कदम प्रति गण्डकी प्रदेशका व्यवसायीहरुले आपती जनाएका छन् । नेपाल सरकारले फेसबुक, ह्वाट्सयप, इन्टाग्राम लगायत सामाजिक सञ्जाल निष्कृय पार्दा उक्त सामाजिक संजालबाटै व्यवसाय प्रबद्र्धन तथा प्रचार प्रसार गरेका व्यवसायीहरुले उक्त सामाजिक संजाल बन्द हुदा आफुहरुको व्यवसायमा ठुलो असर परेको गुनासो गरेका छन् । यसैबिच, अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (फिने) गण्डकीले उक्त निर्णय फिर्ता लिन माग गरेको छ । अर्थतन्त्र नै प्रभावित परेको र हजारौं नागरिकको रोजीरोटी र दैनिकीमै असर पारेको… पुरा पढौ