मनोरन्जन

पत्रकार विष्ट पुरस्कृत, लक्ष्मी विद्या पदकबाट ३ जना उत्कृष्ट विद्यार्थी सम्मानित

दीननाथ बराल,पोखरा, १४ भदौ, नेपालकै प्रतिष्ठित व्यावसायिक घराना लक्ष्मी ग्रुपले स्थापना गरेको र पोखरा उद्योग वाणिज्य संघले सञ्चालन गर्दै आएको लक्ष्मी विद्या पदक शनिबार एक विशेष समारोहका बीच तीन जना उत्कृष्ट विद्यार्थीलाई प्रदान गरिएको छ । संघको ७१औँ साधारण सभाको उद्घाटन सत्रमा कास्कीका विभिन्न क्याम्पसका विद्यार्थीलाई सम्मान गरिएको हो । व्यवस्थापन संकाय अन्तरगत स्नातकोत्तर तह (एमबीएस) र स्नातक तह (बीबीए तथा बीबीएस) मा सर्वाधिक अंक ल्याएर उत्तीर्ण हुनेलाई यो पदक दिइँदै आएको छ । यस वर्षको लक्ष्मी विद्या पदक–२०८१ बाट… पुरा पढौ

काफ्लेलाई ‘मनोहरा सिग्देल स्मृति पर्यटन पुरस्कार’

पोखरा, नेपाल एसोसियसन अफ टुर्स एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकीको भोलि हुने ३० औं वार्षिक साधारण सभामा होलिडे एडभेन्चर टुर्स एन्ड ट्राभल्सका म्यानेजर चिरञ्जीवि काफ्लेलाई ‘मनोहरा सिग्देल स्मृति पर्यटन पुरस्कार’ प्रदान गरिने भएको छ। उनी दश हजार रुपैयाँ नगद, प्रमाणपत्र र दोसल्लाबाट सम्मानित हुनेछन्। नाट्टा गण्डकीका पूर्व अध्यक्ष सञ्जयकान्त सिग्देलले आफ्नी ममतामयी माता मनोहराको स्मृतिमा स्थापना गरेको एक लाख एघार हजार रुपैयाँको अक्षय कोषबाट वर्षेनी नाट्टा गण्डकीका सदस्य कम्पनीहरू मध्ये सबैभन्दा पुराना एक जना कर्मचारीलाई पुरस्कृत गरिन्छ। नाट्टा गण्डकीका द्धितिय… पुरा पढौ

कुमुदिनी होम्समा अभिभावक शिक्षक अभिमुखिकरण कार्यक्रम

पोखरा, पोखराको गैह्रापाटनमा रहेको कुमुदिनी होम्स माध्यमिक विद्यालयमा शनिवार आधारभूत तहमा ९६ (८ ० अध्ययनरत विद्यार्थीका अभिभावकहरूलाई ुकिशोरावस्थामा प्रवेश गरेका बालबालिकामा सामाजिक( संवेगात्मक विकासु का सम्बन्धमा एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । भाव काठमाडौंका को ( फाउण्डर तथा मनोवैज्ञानिक द्वोय प्रशान्त श्रेष्ठ र चाँदनी घिमिरेले अभिभावकहरूलाई सामाजिक भावनात्मक आवश्यकताका विभिन्न पक्षहरू स्वतन्त्रता , भावनात्मक सुरक्षा र मान्यता , प्रोत्साहन र स्वतन्त्रता तर मार्गदर्शन सहितको विभिन्न पक्षमा प्रशिक्षित गराएका थिए । यस उमेरका विद्यार्थीमा आउने हरेक किसिमको भावनाको मापन… पुरा पढौ

समाव विज्ञान केन्द्रको कचहरीसंघीयता अपरिहार्य तर अस्थिरताले कमजोर

पोखरा, १४ भदौ, संविधानसभाबाट प्राप्त संघीयताको अभ्यास एक दशक पुगेको सन्दर्भमा समाज विज्ञान केन्द्र, पोखराले आयोजना गरेको कचहरीमा वक्ताहरूले संघीयता अपरिहार्य भए पनि यसको कार्यान्वयनमा राजनीतिक अस्थिरता, कानुनी अस्पष्टता र नेतृत्वको कार्यशैली प्रमुख अवरोधक बनेको निष्कर्ष प्रस्तुत गरे । परामर्शदाता रमेश अधिकारीले आधारपत्र प्रस्तुत गर्दै संघीयता समावेशिता, शक्ति विकेन्द्रीकरण र नागरिक अधिकार सुनिश्चितताका लागि ल्याइए पनि अझै ४० भन्दा बढी कानुन निर्माण हुन बाँकी रहेको, अधिकार टकराव, कर संकलनमा अस्पष्टता र प्रदेश–नगरपालिका संघीय हस्तान्तरणमै निर्भर रहेको बताए । उनले २०६३… पुरा पढौ

र्‍यान्डमको अधिवेशन सम्पन्न, अध्यक्षमा दीपक पराजुली

पोखरा, भदौ १४, र्‍यान्डम रिडर्स सोसाइटीको ७ औँ अधिवेशन तथा १५ औँ साधारण सभा शनिवार पोखरामा सम्पन्न भएको छ । अधिवेशनले दीपक पराजुलीको अध्यक्षतामा १२ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको उपाध्याक्षमा नेपालप्रकाश अधिकारी र गौरी तमू, सचिवमा ध्रुव केसी, कोषाध्यक्षमा भरत कोइराला र सहसचिवमा बाबुराम सुवेदी चयन भएका छन् । त्यसै गरी सदस्यहरूमा हसिना बस्नेत, खिम लामिछाने ‘काजी’, विष्णु सुवेदी, रामजीप्रसाद आचार्य, निकिता भट्टराई र शङ्करमणि त्रिपाठी ९छन्दमणि० सर्वसम्मत चयन भएका छन् । केशवशरण लामिछानेको संयोजकत्वमा गनेस पौडेल… पुरा पढौ

पोखरामा सुरु भएको राष्ट्रिय घर निर्माण महोत्सव (फेस्ट) को पहिलो दिनमा १५ सय सहभागि

दीननाथ बराल,पोखरा १३, भदौं, पोखरामा आज (शुक्रबार) देखि सुरु भएको राष्ट्रिय घर निर्माण महोत्सव (फेस्ट) २०८२ को पहिलो दिनमा करिब एक हजार ५ सय जना सहभागि हुनु भएको छ । स्किल सेवा पोखराको आयोजनामा अमरसिंहचौरमा सुरु भएको उक्त महोत्सवको पहिलो दिनमा करिब पोखरा सहित अन्य क्षेत्रबाट १ हजार ५ सय जना सहभागि हुनु भएको आयोजकले पोखरा क्लिकलाई जनाएको छ । पहिलो पटक पोखरामा भएको उक्त महोत्सवको पोखराका मेयर धनराज आचार्यले उद्घाटन गर्नु भयो । प्रतिकुल मौसमका कारण करिब दुई घण्टा… पुरा पढौ

भदौ २० गतेदेखि ‘रिमै’ प्रदर्शन स् गुरुङ संस्कृतिको कथा पर्दामा

पोखरा, नेपाली सिनेमामा सांस्कृतिक मौलिकता र आदिवासी समुदायको जीवनशैलीलाई केन्द्रमा राखेर निर्माण भएको चलचित्र ‘रिमै’ आगामी भदौ २० गतेदेखि देशव्यापी प्रदर्शनमा आउने भएको छ । दयाहाङ राई, रिश्मा गुरुङ, अर्पण थापा र माओत्से गुरुङको मुख्य अभिनय रहेको यस सिनेमाले गुरुङ समाजको जीवन, संस्कार र भावनालाई पर्दामा उतार्ने प्रयास गरेको बताइएको हो । सिनेमाको प्रदर्शनपूर्व शुक्रबार चलचित्र पत्रकार संघ नेपाल कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा कलाकार तथा निर्माण पक्षले ‘रिमै’ सम्बन्धी जानकारी गराएका छन् । कार्यक्रममा कलाकार रिश्मा गुरुङ, माओत्से… पुरा पढौ

पोखरामा शुक्रबार पहिलो पटक राष्ट्रिय घर निर्माण फेस्ट–२०८२ हुने

दीननाथ बराल, पोखरा १२, भदौं, पोखरामा पहिलो पटक राष्ट्रिय घर निर्माण फेस्ट–२०८२ आयोजना हुने भएको छ । स्किल सेवा पोखराको आयोजनामा यही भदौ १३ र १४ गते अमरसिंह चौरमा उक्त महोत्सव हुने भएको विहिबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । घर निर्माणसँग सम्बन्धित सबै सेवा र जानकारी एउटै छत मुनि उपलब्ध गराउने अवसरको रूपमा प्रस्तुत गरिएको स्किल सेवा पोखराका समन कुवंरले बताउनु भयो । महोत्सवमा घरधनी, निर्माण व्यवसायी, इन्जिनियर, वास्तु शास्त्री, नगरपालिकाका अधिकारी, विद्यार्थी र आम उपभोक्ताहरुको… पुरा पढौ

पोखरामा पातञ्जल योग समिति नेपालको चौथो राष्ट्रिय महाधिवेशन शुक्रबार देखि सुरु हुदै

पोखरा, भदौ १२, शुन्दर नगरी पोखरामा पातञ्जल योग समिति नेपालको चौथो राष्ट्रिय महाधिवेशन शुक्रबार देखि सुरु हुने भएको छ । २०७५ असोज १५ गते स्थापना भएको उक्त संस्थाको पोखरामा यही भदौ १३ र १४ गते महाधिवेशन हुने तयारी गरिएको विहिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । पोखरा–११ रानीपौवास्थित रन्जित इभेन्ट सेन्टरमा चौथो राष्ट्रिय महाधिवेशन हुने भएको छ भने उक्त अधिवेशनको उद्घाटन हुनु पूर्व पोखरामा प्रभात फेरीको आयोजना हुने भएको केन्द्रिय सदस्य सपना गुरुङले पोखराक्लिकलाई बताउनु भयो ।महाधिवेशनको अवसरमा… पुरा पढौ

खेलकुद पत्रकार मञ्च गण्डकीको साधारण सभा भदौ २६ गते हुने

पोखरा, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको सातौं साधारण सभा भदौ २६ गते हुने भएको छ । मञ्चको बिहीबार बसेको २१ औं बैठकले साधारण सभा सम्बन्धी निर्णय गरेको मञ्चका अध्यक्ष मानबहादुर घर्ती एमबि आस्था ले जानकारी दिए । सोही कार्यक्रममा मञ्चले आयोजना गरेको नवौं पोखरा स्पोर्ट्स अवार्डको समीक्षा र आयव्यय सार्वजनिक गरिने अध्यक्ष आस्थाले खुलाए । यसका अलावा खेल पत्रकारको क्षमता अभिवृद्धिका लागि भदौ २७ गते तालिम समेत आयोजना हुँनेछ । गण्डकी प्रदेशका सम्पूर्ण खेलकुद पत्रकारको साझा संस्थाको रुपमा रहेको मञ्चमा… पुरा पढौ