
गण्डकी, ११ वैशाखा,
परम्परागतरुपमा वैवाहिक बर्षगाँठ तारे होटल वा भड्किलो कार्यक्रम गरेर मनाउने चलनमा पछिल्लो समय केही परिवर्तन देखिएको छ । व्यक्तिगत खुशीलाई समाजिक उत्तरदायित्वसंग जोड्दै पोखराका पत्रकार घनश्याम पाण्यडेले आप्mनो वैवाहिक जीवनको २५ औ बर्षगाँठ पोखरा वृद्धाश्रमका जोष्ठनागरिसंग मनाउनुभएको हो ।
समाजका विपन्न, असहाय तथा अपहेलित अवस्थामा रहेका ५० जना जेष्ठ नागरिकका लागि बिहानको खानाको व्यवस्था गर्नुभएको हो । जीवनको उत्तरार्धमा सहारा र अपनत्वको खोजीमा रहेका जेष्ठ नागरिकहरुसंग समय विताउँदै उनीहरुको सेवा गर्नुले कार्यक्रमलाई थप अर्थपूर्ण बनाएको वृद्धाश्रमका अध्यक्ष कुशुम केशव पराजुलीले बताउनुभयो ।
पत्रकार पाण्डेको यो पहलले व्यक्तिगत खुशीलाई समाजसंग बाँड्ने संस्कारको विकासको संकेत भएको बताउँदै उहाले भन्नुभयो, पछिल्लो समय बढ्दो खर्चिलो प्रवृत्तिवाट टाढा रहँदै यस्ता सामाजिक कार्यतर्पm आकर्षण बढ्नु सकारात्मक परिवर्तनको सुचक हो । पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले यस्ता उदाहरणीय कार्यले समाजमा सहयोग, सहानुभूति र मानवियताको भावना प्रवद्र्धन गर्न समहत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । वृद्धाश्रम आश्रित जेष्ठनागरिकलाई कृयाशिल बनाउन तरकारी खेतीतर्पm आकर्षण बढाउनु पर्ने बताउँदै उहाँले त्यस्का लागि कृषि महाशाखाबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । जानकी मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् सञ्चारकर्मी हरिप्रसाद बास्तोलाले सवैको सानो सहयोगले वृद्धाश्रम सञ्चालनमा महत्वपूर्ण भूमिका खेल्ले विश्वास व्यक्त गर्दै पछिल्लो समय दुःख सुखका अवसरमा सामाजिक सेवामा समर्पित हुने क्रम बढेको बताउनुभयो ।
पत्रकार पाण्डेले पारिवारीक सल्लाह अनुसारनै पोखरा वृद्धाश्रममा आप्mनो वैवाहिक जीवनको वर्षगाँठ मनाउन पाउँदै अन्यत्तै खुशी लागेको बताउँदै आवश्यक पर्दा आश्रमलाई भोलीका दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
यस्ता उदाहरणीय कार्यहरूले समाजमा सहयोग, सहानुभूति र मानवियताको भावना प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। गण्डकी, १४ ः पृथ्वीराजमार्गमा पर्ने पोखरा क्षेत्रको विजयपुर खोलामाथि निर्माणाधीन पुलमा गिर्डर लन्चिङ (पुललाई अड्याउन प्रयोग गरिने निदाल) कार्य सम्पन्न भएको छ । मुग्लिन पोखरा सडक आयोजना पश्चिम खण्डले राजमार्ग स्तरोन्नतिको कार्य अन्तर्गत सो पुल निर्माण गरिरहेको छ । विजयपुर खोला भन्दा करिव एकसय मिटर तल विजयपुर व्यारेक क्षेत्रको आशपास सडक क्षेत्रमा निर्माण गरिएका गिर्डरलाई दुई वटा के्रनको सहायताले गाडीमा राखेर गिर्डर लन्चिङ सम्पन्न गरिएको मुग्लिन पोखरा सडक आयोजना पश्चिम खण्डका प्रमुख कृष्ण बहादुर कुँवरले जानकारी दिनुभयो । उहाँका अनुसार पुल निर्माणका लागि आवश्यक कूल १५ वटा गिर्डर राखिएको थियो । सोमवारदेखि शुरु भएको कार्य शनिवार सम्पन्न भएको हो । कार्य सम्पन्न गर्नका लागि विहान ६ बजेदेखि ८ बजेसम्म र दिउँसो १२ देखि २ बजेसम्म दैनिक ४ घण्टा सडक बन्द गरिएको थियो ।



