सुस्मिताले भारतमा किक बक्सिङ खेल्ने

-


     पोखरा क्लिक     
     वैशाख १० गते २०८३ मा प्रकाशित


पोखरा,

मुआथाइमा चम्किरहेकी नेपाली खेलाडी सुस्मीताले भारतमा प्रोफेसनल किक बक्सिङ खेल्ने भएकी छन् । सुस्मिताले आगामी मे ९ मा के–वान फाइट खेल्ने भएकी हुन् । भारतको गुजरातमा पुराना राजदरवारियाहरुको आयोजनामा रोनिन फाइट च्याम्पियनसिपका आयोजना हुँदैछ । व्यवसायिक उक्त फाइटमा सुम्तिाले आरती खत्रीसंग भिड्ने भएकी हुन् ।

किक बक्सिङ मिश्रित उक्त फाइट सुस्मिताको लागि नयाँ अनुभव हो । यसले सुस्मितालाई व्यवसायिक मुआथाइको यात्रा थाइल्याण्डसम्म पु¥याउन मद्धत गर्ने उनका प्रशिक्षक खगेन्द्र क्षेत्रीले बताए । के–वान फाइटमा किक बक्सिङको भन्दा केहि फरक हुनेछ । यसमा युएफसीमा प्रयोग हुने चार आउन्डस ग्लब्स (खेलाडीले लगाउने पन्जा) को प्रयोग गरिनेछ भने प्रतिस्पर्धा ५ मिनेटमा ३ राउन्डको हुनेछ । ‘यो हाइ लेभलको राउन्ड फाइट हो । सुस्मिताले अहिलेसम्म चार आउन्ड्स ग्लब्सको अनुभव गरेको छैन यो उनको लागि पहिलो हो’ प्रशिक्षक क्षेत्रीले भने, ‘सुस्मिता गण्डकी प्रदेशकी खेलाडी हुन् । उनी अब व्यवसायिक खेलाडी बन्ने गतिमा छन् । हाम्रो टार्गेट भनेकै थाइल्याण्ड हो ।’

उक्त च्याम्पियनसिपको विजेताले एक लाख रुपैयाँ पुरस्कार पाउनेछन् । सुस्मिता भारतमा फाइटका लागि चर्चित छिन् । उनले यस अघि समेत भारतमा आफ्नो खेल देखाइ सकेकि छन भने चीन, जापान, मलेसियामा समेत उनलाई बोलाएपछि रकम अभावका कारण खेल्न जान नसकेको प्रशिक्षक क्षेत्रीको भनाइ छ । त्यो बाहेक श्रीलंका भारत र नेपालमै सुस्मिताले मुआथाई, तेक्वान्दोसंगै अन्य विभिन्न फाइटहरुमा समेत प्रतिस्पर्धा गर्दै आइरहेकी छिन् । सुस्मिताले आर्थिक सहयोग पाउन सकेमा अन्तर्राष्ट्रिय स्तरमा ठूलो सफलता हात पार्न सक्ने देखिएको छ । सुस्मिताले हालसम्म मुआथाईमा कुनै पनि खेलमा हार व्यहोर्न परेको छैन् ।