मनोरन्जन

लायन्स क्लब अफ पोखरा आदर्श चौतारीद्वारा ६६ युनिट रंक्त संकलन

पोखरा, लायन्स क्लब अफ पोखरा आदर्श चौतारीले सोमबार पोखरामा आयोजना गरेको खुला रक्तदान कार्यक्रममा ६६ युनिट रंक्त संकलन भएको छ। लगातार परेका चाडपर्व र बिदाका कारण पोखरामा रगतको आपूर्ति घटेको अवस्थालाई मध्यनजर गर्दै महेन्द्रपुलमा आयोजना गरिएको रक्तदान कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि पिडिजी लायन राम बसेलले पहिलो रक्तदाता, क्लबका पूर्व अध्यक्ष लायन दयाशंकर तौतमलाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरे। सो अवसरमा प्रमुख अतिथि बसेलले लायन्स क्लबका सदस्यहरू सधैं अग्रपंक्तिमा रही सामाजिक सेवामा समर्पित रहेको उल्लेख… पुरा पढौ

पोखरामा अस्ताउदो सुर्यलाई अर्घ दिई छठ पर्व धुमधामका साथ मनाइदै (भिडियो सहित)

दीननाथ बराल, पोखरा, १० कार्तिक पोखरामा आज (सोमबार) अस्ताउदो सुर्यलाई अर्घ दिदै छठ पर्व धुमधामका साथ मनाइदै छ । सुर्यका भक्तहरु फेवातालदेखि सेतीनदी हुँदै मन्दिर र पोखरीसम्म धार्मिक उल्लासका साथ अस्ताउदो सुर्यलाई अर्घ सहितको फलफुल चढाउदै छठ पर्व मनाउदै गरेका हुन् । छठ पर्वको मुख्य दिन आज पोखराका मुख्य ४ स्थानमा धुमघामका साथ छर्ठ पर्व मनाउन सुरु भएको हो । https://www.youtube.com/watch?v=iwZ2GllNip8 भोलि(मंगलबार) बिहान उदाउदो सुर्यलाई अर्घ दिएसंगै यस बर्षको छठ पूजा विधिवत रुपमा समापन हुने भएको हो । तराई–मधेश समुदायका… पुरा पढौ

तिहारमा पोखराका उपभोक्ता फूलमा ठगिए, ६ गुणा बढी मूल्य तिर्न बाध्य

दीननाथ बराल,पोखरा, ८ कार्तिक, तिहारको रौनकमा पोखराका उपभोक्ता सयपत्री फूल र मालामा ठगिएका छन्। पोखरा महानगरपालिका, कृषि सञ्जाल र फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) कास्कीले फूलको मूल्य निर्धारण र बिक्री केन्द्र तोके पनि बजारमा तोकिएको मूल्यभन्दा ६ गुणा बढीमा फूल बिक्री भएको पाइएको छ। महानगरले तोकेको दरअनुसार ‘ए’ ग्रेडको सयपत्री मालाको खुद्रा मूल्य अधिकतम १५० रुपैयाँ थियो। तर तिहार नजिकिँदै गर्दा सोही माला ९ सयदेखि १ हजार रुपैयाँसम्ममा बिक्री हुँदा उपभोक्ता आक्रोशित बनेका छन्। पोखराकी उपभोक्ता विमला भण्डारीले दुई माला खरिद… पुरा पढौ

१५ देशका एक सय पर्यटकलाई सप्तरंगी टिका लगाउदै पोखरामा भाइटिका महोत्सव मनाइयो (भिडियो सहित)

पोखरा ६ कात्तिक, पर्यटनको राजधानि पोखरामा होटल संघ पोखरा नेपालले विहीबार आयोजना गरेको १८ औं भाइटिका महोत्सवमा २०८२ एक सय भन्दा बढी पर्यटकलाई नेपाली परम्परा अनुसार सप्तरंगी टिका लगाउदै भाईटिका महोत्सव निकै हर्स र उल्लाहासका साथ मनाएको छ । https://www.youtube.com/watch?v=UP5vyXnr48o महोत्सवमा पर्यटकको उत्साहजनक सहभागिता रहेको र विभिन्न १५ भन्दा बढी देशका पर्यटकले भाइटिका लगाएको आयोजक संघका अध्यक्ष लक्ष्मण सुवेदीले दाबी गरे । संघले पोखरा र सिंगो नेपालको पर्यटन प्रवद्र्धन र संस्कृतिको संरक्षणको लागि विविध महोत्सव आयोजना गर्दै आएको स्मरण गराउँदै… पुरा पढौ

पोखरामा देउसी भैलोको रौनकः (फोटो भिडियो सहित)

दीननाथ बराल पोखरा ५, कार्तिक तिहार पर्वको अवसरमा पोखरामा देउसी भैलो खेल्नेको भिडभाड भएको छ । पोखराको लेकसाइड क्षेत्रमा विभिन्न गितमा नेपाली परम्परा देखि आधुनिक एवं पश्चिमा शैलिमा समेत नृत्य प्रर्दशन गरिएको छ । https://www.youtube.com/watch?v=04Hss5kJJSk पुरा पढौ

सहारा एकेडेमी सहयोगार्थ च्यारिटी डिनर नाइट हुने, यस बर्ष देउसी भैलो स्थगित

पोखरा, ३ कात्तिक, सहारा क्लब पोखराले यस वर्ष च्यारिटी डिनर नाइट कार्यक्रम गर्ने भएको छ । क्लबद्वारा पोखरा–१७, दोबिल्लामा संचालित सूर्यबहादुर केसी स्मृति सहारा आवासीय फुटबल एकेडेमी सहयोगार्थ उक्त कार्यक्रम गर्न लागिएको क्लब अध्यक्ष केशवबहादुर थापाले बताए । DCIM\101MEDIA\DJI_0042.JPG तिहारमा हरेक वर्ष आयोजित हुँदै आएको देउसी भैलो कार्यक्रम यसपालि स्थगित गरी च्यारिटी डिनर नाइट कार्यक्रम गर्न लागिएको उनले प्रस्ट पारे । कार्यक्रम यही कात्तिक १४ गते शुक्रबार पोखरा माटेपानीस्थित एस.आर.केसी ब्याङ्क्युटमा उक्त कार्यक्रम हुने भएको छ । जसमा स्थानीय कलाकारहरुले… पुरा पढौ

पोखराका बजारमा चहल पहल बढ्दो, देउसी भैलो खेल्न सुरु, बेलुका १०ः०० बजेसम्म देउसी भैलो खेल्न अनुमति

दीननाथ बराल, पोखरा, २ कार्तिक, तिहार पर्व सुरु भएसँगै पोखराका बजार क्षेत्रहरूमा चहल पहल ह्वात्तै बढेको छ । तिहार पर्व सुरुभएसंगै बजारमा किनमेल गर्नेहरूको भिडभाडले बजारमा चहल पहल ह्वातै बढेको व्यवसायीहरुले बताउनु हुन्छ । महेन्द्रपुल, चिप्लेढुंगा, पृथ्वीचोक, पार्दीबिरौटा, बगर, रामबजार, छोरेपाटन, लामाचौर, न्यूरोड, नयाँबजार, सिद्धार्थचोक र पालिखेचोक लगायतका मुख्य बजार क्षेत्रहरूमा उपभोक्ताको घुइँचो लागेको छ । तिहारका लागि आवश्यक सामग्री, भाइटीका मसला, सरसामान र सजावटका वस्तु किन्नेहरूको भीडले बजार क्षेत्र गुलजार बनेको छ । काग तिहारदेखि नै बजारमा गतिविधि बढेको… पुरा पढौ

आजबाट तिहार पर्वको रौनक सुरु, आज काग तिहार मनाइँदै

पोखरा, पाँचदिने यमपञ्चक — तिहारको सुरुको दिन आज (आइतबार) काग तिहारका रूपमा देशभर मनाइँदैछ । खुशी, सम्झना र कृतज्ञताको प्रतीक यो पर्व आज कागलाई पूजा गरी मिठा मिठा खानेकुरा दिदै यो पर्व मनाइने गरिन्छ । शास्त्रअनुसार कागलाई मृत्युकै सन्देशवाहकका रूपमा मानिन्छ । पुरानो विश्वासअनुसार, कागले घरमा हुने शुभ–अशुभ घटनाको खबर ल्याउने भएकाले आजको दिन कागको आदर र सम्मानका साथ पूजा गरिन्छ, ताकि घरमा दुःखका खबर नआओस् र शुभ समाचारले मात्र भरियोस् भन्ने कामना गरिन्छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका… पुरा पढौ

पोखरामा सयपत्री फूलको बिक्रि केन्द्र सहित मुल्य निर्धारण, कार्तिक ३ गतेदेखि बिक्रि केन्द्रमा प्रति थुंगा २ देखि ५ रुपैया र प्रति माला १०० देखि १५० मै

दीननाथ बराल, पोखरा २, कार्तिक, पोखरा महानगरपालिकाले फूलै फूलको पर्व तिहार पर्वलाई लक्षित गर्दै स्थानीय सयपत्री फूलको मूल्य निर्धारण गरेको छ । महानगरले सरोकारवालाहरूसँगको छलफलपछि फूलको ग्रेडिङ अनुसार मूल्य तोक्नुका साथै बिक्री केन्द्रहरू समेत निर्धारण गरेको महानगरले पोखराक्लिकलाई जनाएको छ । ‘ए’, ‘बी’ र ‘सी’ ग्रेडमा वर्गीकृत सयपत्री फूलको मूल्य तोकिएको पोखरा महानगरपालिकाका आर्थिक विकास महाशाखा प्रमुख मनोहर कडरियाले बताउनु भयो । ‘ए’ ग्रेडका फूल (१५–२० ग्राम) प्रति थुंगा रु ५, प्रति माला रु १५० र प्रतिकेजी रु ३०० देखि… पुरा पढौ

पोखरामा खुल्यो लिपमोटर र सिट्रोनको अत्याधुनिक शोरुम, लिपमोटर बी१० सार्वजनिक

पोखरा, ३१ असोज, पोखरामा लिपमोटर र सिट्रोन ब्रान्डका अत्याधुनिक सवारीसाधनहरूको शोरुम सञ्चालनमा आएको छ। पोखराको शिवचोकमा स्थापना भएको उक्त मल्टिब्रान्ड शोरुमको शुक्रबार एक विशेष समारोहबीच उद्घाटन गरिएको हो। शोरुमको उद्घाटन पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की र होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले संयुक्त रूपमा गर्नुभयो। पोखरा क्षेत्रका लागि लिपमोटर र सिट्रोन गाडीका आधिकारिक वितरक एस.एस.एल मोटर्स कम्पनी प्रा.लि. रहेको छ। कम्पनीले ‘थ्रीएस– सेल्स, सर्भिस र स्पेयर्स’ सेवा प्रदान गर्ने जनाएको छ। शोरुम उद्घाटनको अवसरमा कम्पनीले लिपमोटरको नयाँ मोडल… पुरा पढौ