पोखरा,१९ कात्तिक, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की नेतृत्वको प्रतिनिधिमण्डलले अर्थमन्त्री रामेश्वर खनाल र भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारणमन्त्री अनिलकुमार सिन्हासमक्ष व्यावसायिक वातावरण निर्माण एवं अर्थतन्त्रलाई चलायमान बनाउन विभिन्न सुझावहरु पेश गरेको छ । अध्यक्ष कार्कीका अनुसार दुवै मन्त्रीसमक्ष जेन–जी आन्दोलनको क्रममा भौतिक र मानशिक क्षति व्यहोरेका व्यवसायीका निम्ति घोषित राहत प्याकेज तत्काल कार्यान्वयनमा ल्याउन, आन्दोलनको क्रममा आगजनी, लुटपाट र तोडफोडमा संलग्नहरुलाई कारवाहीको दायरामा ल्याउन विशेष जोड दिएको थियो । ‘हामीले विशेष गरी आन्दोलनपछिको परिस्थिति, व्यवसायीहरुको गिरेको मनोवल,लगानी पलायनको…
पुरा पढौ