मनोरन्जन

केई र फोर्थिङ इभी शो–रुम पोखरामा

दीननाथ बराल, पोखरा, ८ मंसिर, नेपालमा केई र फोर्थिङ इलेक्ट्रिक सवारीसाधनका अधिकृत वितरक लक्ष्मी ई–मोबिलिटीले पोखरामा नयाँ इलेक्ट्रिक भेहिकल (इभी) शो–रुम संचालनमा ल्याएको छ । पोखराको बुद्धचोकमा रहेको उक्त शोरुमले सोमबारदेखि औपचारिक रूपमा सेवा प्रारम्भ गरेको हो । शो–रुमको उद्घाटन गर्दै लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक सुनिल श्रेष्ठले गण्डकी प्रदेशका ग्राहकले अझ सहज, गुणस्तरीय र प्रविधिमैत्री सेवा प्राप्त गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो । आधुनिक, दिगो र भविष्य–मुखी सवारी साधनलाई प्रदेशका उपभोक्तासम्म नजिक ल्याउनु कम्पनीको प्रमुख लक्ष्य रहेको उहाँको भनाई थियो… पुरा पढौ

लेखनाथ महोत्सवमा स्टल बुकिङ खुल्ला

लेखनाथ, ८ मंसिर, लेखनाथ उद्योग वाणिज्य संघले यहि पुष ३ गते देखि १४ गते सम्म आयोजना गर्ने २१ औ संस्करणको लेखनाथ महोत्सवका लागी स्टल बुकिङ खुल्ला गरेकोे छ । पहिलो चरणमा संघका सदस्यहरुका लागी लक्षित गरि मंसिर ८ गतेबाट स्टल बुकिङ खुल्ला गरिएको स्टल व्यवस्थापन तथा निर्माण समितिका संयोजक भरत थापाले जानकारी दिए । अन्य व्यवसायीहरुका लागी भने दोश्रो चरणमा मंसिर १५ गतेबाट स्टल बुकिङ खुल्ला गरिने थापाले वताए । यस क्षेत्रको समग्र आर्थिक तथा सामाजिक उत्थानको लागि “महोत्सव लेखनाथको… पुरा पढौ

मिस तामाङ पोखरा–२०२६ तयारी सुरु, तामाङ समुदाय बीच छलफल

पोखरा, ८ मंसिर, दशौं मिस तामाङ पोखरा–२०२६ का लागि तयारी औपचारिक रूपमा सुरु भएको छ । तयारीका लागि पोखरा महानगरभित्र रहेका विभिन्न तामाङ घेदुङ इकाइहरू बीच छलफल कार्यक्रम सम्पन्न भएको समाजले जनाएको छ । सोनाम ल्होसारको अवसरमा बैदाम तामाङ सेवा समाजको आयोजनामा हरेक वर्ष मिस तामाङ पोखरा हुने गर्दछ । बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्याक तामाङको अध्यक्षतामा सम्पन्न उक्त छलफल कार्यक्रममा तामाङ घेदुङ गण्डकीका उपाध्यक्ष रामबहादुर ब्लोन (शिबु) ले महिला शिक्षित भए परिवार शिक्षित हुन्छ, परिवार शिक्षित भए समाज… पुरा पढौ

२५ औं आहा रारा पोखरा गोल्डकप माघ अन्तिम सातादेखि हुने (भिडियो सहित), च्यारिटी डिनरबाट १७ लाख ४१ हजार बचत

दीननाथ बराल,पोखरा ८, मंसिर, देशकै प्रतिष्ठित फुटबल प्रतियोगिता मध्येको एक आहा रारा पोखरा गोल्डकपको २५ औं संस्करण आउदो माघ अन्तिम सातादेखि पोखरामा हुने भएको छ । सहारा क्लब पोखराले सोमबार पत्रकार सम्मेलन गर्दै माघ २७ गतेदेखि फागुन ९ गतेसम्म पोखरा रंगशालामा उक्त प्रतियोगिता सञ्चालन गर्ने जनाएको हो । https://www.youtube.com/watch?v=aeW11J6hYJ0 अखिल नेपाल फुटबल संघ (एन्फा) ले दिएको तालिकाको आधारमा तयारी अगाडि बढाइएको क्लबका अध्यक्ष केशव बहादुर थापाले जानकारी दिनुभयो । यसपटक रजत वर्ष रहेकोले ए–डिभिजन, विभागीय, आयोजक तथा अन्तर्राष्ट्रिय गरी १०… पुरा पढौ

दृष्टिविहिन महिला टी–२० विश्वकपमा भारत च्याम्पियन, नेपाल उपविजेता

दृष्टिविहिन क्रिकेटमा पहिलोपटक आयोजित महिला टी–२० विश्वकपको उपाधि भारतले जितेको छ भने नेपाल उपविजेता भएको छ। आइतबार कोलम्बोमा सम्पन्न फाइनलमा भारतले नेपाललाई ७ विकेटले पराजित गरेको हो । टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको भारतले खेलभर दबाबमा राख्यो। नेपालले २० ओभरमा ५ विकेट गुमाउँदै ११४ रन मात्रै जोड्न सक्यो। लक्ष्य पछ्याएको भारतले ११.४ ओभरमै ३ विकेटको क्षतिमा १ सय १७ रन जोड्दै उपाधि आफ्नो नाममा लेखायो। नेपालतर्फ प्रारम्भिक विकेट छिट्टै गुमाउँदा खेल ढल्कियो। कप्तान विनिता पुन ४ रनमै रनआउट… पुरा पढौ

कुमुदिनी होम्समा खेलकुद सप्ताह सुरु

पोखरा ७, मंसिर, पोखरा महानगरपालिका वडा नम्बर ४ मा अवस्थित कुमुदिनी होम्स माध्यमिक विद्यालयको आइतवारदेखि ३९ औँ खेलकुद सप्ताह सुरु भएको छ । पोखरा रङ्गाशालामा सम्पन्न भएको उद्घाटन समारोह संस्थापक अध्यक्ष अशोक पालिखेको अध्यक्षतामा सम्पन्न भएको थियो। विद्यार्थीहरूले मार्चपास, पि।टी। प्रदर्शन र स्वागत नृत्य समेत प्रस्तुत गरेका थिए । पहिलो दिनमा छात्र छात्रा लङ जम्प, त्रिपल जम्प, छेलो फ्याँक्ने, रिले दौड जस्ता विभिन्न एथलेटिक्सका खेलहरू सम्पन्न भएका छन् । यस खेलकुद अवधिभर विद्यार्थीहरूले कक्षागत, खुला तथा अन्तरसदनात्मक गरी विभिन्न बाईस… पुरा पढौ

पुस पहिलो सातादेखि पोखरामा २१ औं लेखनाथ महोत्सव हुने, ३३५ स्टल रहने (भिडियो सहित)

दीननाथ बराल, पोखरा, ७ मंसिर, लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा आगामी पुस ३ गतेदेखि २१ औँ संस्करणको लेखनाथ महोत्सव हुने भएको छ । पुस १४ गतेसम्म पोखरा–२७ तालचोकमा हुने उक्त महोत्सवमा व्यापारिक, कृषि ,उद्यमी, हस्तकला, सेवामुलक लगायतका ३ सय ३५ वटा स्टल रहनेछ भएको आइतबार लेखनाथमा आयोजित पत्रकार सम्मेलन मार्फत जनाएको हो । https://www.youtube.com/watch?v=5j4u7Y4qXx8 स्थानीय उत्पादन, कृषि सामग्री, महिला उद्यमीका सामग्रीदेखि औद्योगिक तथा हस्तकलाका वस्तुसम्मलाई एउटै थलोमा ल्याएर बजार प्रवद्र्धन गर्ने, उद्यमशीलता विकास गर्ने र पर्यटन आकर्षण बढाउने उद्देश्य यस… पुरा पढौ

टाइगर कपमा माल्दिभ्सको राष्ट्रिय टोली सहभागि हुने, भलिवल खेलको विकास गर्न एक बिद्यालय एक प्रशिक्षक अभियान आवश्यकः पौडेल (भिडियो सहित)

दीननाथ बराल, पोखरा ६, मंसिर, खेलकुदको शहर पोखरामा आउँदो माघ दोस्रो सातामा आयोजना हुने ‘छैटौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप–२०८२’ मा मालदिभ्सको राष्ट्रिय भलिबल टोलीले सहभागिता जनाउने भएको छ । टाइगर ग्रुप अफ पोखराको आज (शनिबार) पोखरामा सम्पन्न भएको चौथो वार्षिक साधारण सभा उद्घाटनको अवसरमा संस्थाका अध्यक्ष नारायणप्रसाद शर्माले उत्तः कुरा सार्वजनिक गर्नु भएको हो । आउँदो माघ ९ देखि १७ गतेसम्म पोखरामा हुने टाईगर कपमा मालदिभ्सको पुरुष तर्फको राष्ट्रिय टोली पोखरा आउने पक्का भएको उहाँले… पुरा पढौ

१४ औँ युरोपेली चलचित्र महोत्सव यही मंसिर ६ र ७ गते पोखरामा हुने, १० बढी देशका फिल्म निःशुल्क अवलोकन गर्न पाइने

दीननाथ बराल, पोखरा, ४ मंसिर, पर्यटनको राजधानि पोखरामा यही मंसिर ६ गते देखि १४ औँ संस्करणको युरोपेली संघ चलचित्र महोत्सव पोखरामा हुने भएको छ । युरोपेली चलचित्रकर्मी तथा उदीयमान नेपाली स्वरहरूलाई एकैसाथ ल्याउँदैै यही मंसिर ६ र ७ गते क्युएफएक्स ट्रेड मलमा उक्त महोत्सव हुने भएको विहिबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराईएको हो । यस संस्करणमा २५ चलचित्र प्रर्दशन गरिने भएको छ । १० युरोपेली चलचित्र, बेलायतको बाफ्टा पुरस्कारका लागि मनोनित ६ लघुचलचित्र तथा ९ नेपाली लघुचलचित्र सामेल… पुरा पढौ

प्रतिभा माविमा ‘स्पोर्टस् फेस्ट’ शुभारम्भ

पोखरा, पोखराको नदिपुरमा रहेको प्रतिभा माध्यमिक विद्यालयको वार्षिक कार्यक्रम अनुसार स्पोर्टस् फेस्ट २०८२ को औपचारिक शुभारम्भ बुधबार गरिएको छ । दुई साता चल्ने स्पोर्टस् फेस्टमा हरियो, रातो, पहेंलो र निलो गरी सदनात्मक रुपमा विद्यार्थीले प्रतिष्पर्धामा भाग लिनेछन् । विद्यालयका पूर्वप्राथमिकदेखि कक्षा १० सम्मका विद्यार्थीहरुले विभिन्न खेलहरुमा प्रतिष्पर्धा गर्नेछन् । स्पोर्टस् मीटको प्याब्सन कास्कीका अध्यक्ष षडानन्द गौतमले उद्घाटन गरे । उनले खेलकुदले विद्यार्थीलाई सामूहिक भावनाको विकास, प्रतिस्पर्धात्मक क्षमताको विकास, अनुशासन पालना गर्न सघाउने बताए । अध्यक्ष गौतमले प्रतिभा माविले शिक्षासँगै खेलकुद… पुरा पढौ