मनोरन्जन

प्रगति माध्यमिक विद्यालयको खेल उत्सव सम्पन्न, सगरमाथा यसबर्ष पनि उत्कृष्ट

पोखरा, पोखराको बाटुलेचौरमा रहेको प्रगति माध्यमिक विद्यालयले आयोजना गरेको खेल उत्सव आइतबार सम्पन्न भएको छ । एक दिन विद्यालय र दुइ दिन पोखरा रंगशाालामा गरी तीन दिनसम्म संचालन भएको उत्सवमा बिभिन्न १३ वटा खेलमा विद्यालयका कक्षा १ देखि १२ सम्मका १ हजार बढी विद्याथीले सहभागिता जनाएका थिए । उत्सवको अन्तिम दिन आज भएको फुटवलको फाईनल खेलमा सन्देश खत्री टिम क्याप्टेन रहेको माछापुच्छे्र् सदनलाई पराजित गरी अर्मान गुरुङको नेतृत्वको अन्नपुर्ण सदन विजेता भएको छ ।निर्धारित र थप समयमा दुवै पक्षबाट गोल… पुरा पढौ

पोखराको लेकसिटी कलेजमा कार्निभल सम्पन्न

पोखरा, लेकसिटी कलेज एण्ड रिसर्च सेन्टर पोखराले यस वर्ष आफ्नो चौथो लेकसिटी कार्निभल भव्य रूपमा सम्पन्न गरेको छ । पोखरा–४ गैहपाटनस्थित कलेज परिसरमा शुक्रबार आयोजना भएकोे कार्निभलमा खुला सडक, सांगीतिक प्रस्तुति, स्वादिष्ट परिकार र सांस्कृतिक विविधताका प्रस्तुतिहरु रहेका थिए । कलेज व्यवस्थापन समितिका अध्यक्ष प्राध्यापक डा। विश्वकल्याण पराजुलीले एक कार्यक्रमका वीच बेलुन उडाएर कार्निभलको उद्घाटन गर्नुभएको थियो । विगतका वर्षहरुदेखि निरन्तर हुँदै आएको कार्निभललाई यस वर्ष झनै व्यवस्थित र आकर्षक रूपमा सम्पन्न गर्न सफल भएको क्याम्पस प्रमुख नारायण श्रेष्ठले जानकारी… पुरा पढौ

बिराटनगर र इटहरीबाट पूर्वेलीलाई पोखरेलीको निम्तो ः घुम्न आउनुस, स्वागत गर्न हामी तत्पर छौं

मंसिर २८ बिराटनगर, पोखरा भ्रमण वर्ष २०२५ र आउँदै गरेको २७ औं पोखरा सडक महोत्सवको प्रचार प्रसार एवं प्रवद्र्धन गर्ने उद्येश्यका साथ पुर्वी नेपाल आएको पोखरेली पर्यटन व्यवासयीको टोलीले नेपालको पूर्वी शहर बिराटनगर र इटहरीमा पत्रकार सम्मेलन गर्दै पूर्वेलीलाई पोखरा घुम्न निमन्त्रणा गरेको छ । पोखरा भ्रमण वर्ष २०२५ कार्य सम्पादन समिति र रेवान पोखराले संयुक्त रुपमा यि शहरहरुमा पत्रकार सम्मेलनमा गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै भ्रमण वर्ष कार्यसम्पादन समितिका संयोजक गोपीबहादुर भट्टराईले पोखरा घुम्नका लागि यतिबेला उपयुक्त मौसम… पुरा पढौ

पोखरा रङ्गशालामा मन्त्री घिसिङद्धारा निरिक्षण, फुटबल स्टेडियममा फ्लटलाईट जडान गर्न चासो (भिडियो सहित)

दीननाथ बराल,पोखरा २८, मंसिर, नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास र ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङले पोखरा रङ्गशालामा फ्लटलाइट जडान गर्न चासो दिनु भएको छ । पोखरा रंगशालाको आइतबार निरिक्षण गर्दै मन्त्री घिसिङले पोखरा रंगशालामा फ्लटलाइट यसै बर्ष जडान गर्ने प्रकृया अघि बढाउने बताउनु भएको हो । https://www.youtube.com/watch?v=b9cGR_TMZwg माछापुच्छ्रे सहितको हिमश्रृखला देखिने प्राकृतिले रमणीय रंगशालामा विश्वकै खेलकुदको आकषर्ण हुने हुदा र खेलकुदकर्मीहरूको माग अनुसार सरकारले फ्लटलाइड जडान गर्ने बिषयमा आफुहरु निकै गम्भिर भएको उहाँले जनाउनु भयो… पुरा पढौ

सिद्धार्थ बैंकद्वारा ‘ग्रासरुट टेनिस’लाई सहयोग

पोखरा, २७ मंसिर, सिद्धार्थ बैंकले गण्डकी प्रदेश टेनिस संघद्वारा सञ्चालित ‘ग्रासरुट टेनिस’ प्रशिक्षण कार्यक्रमलाई सहयोग गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सो सहयोग गरेको हो । गण्डकी प्रदेश टेनिस संघले विगत दुई वर्ष देखि निरन्तर रुपमा सञ्चालन गर्दै आएको सो प्रशिक्षण कार्यक्रम गरिव तथा विपन्न वर्गका बालबालिकाहरुलाई लक्षित गरेको गण्डकी प्रदेश टेनिस संघका महासचिब नविन चालिसेले बताएका छन् । सिद्धार्थ बैंकले हरेक वर्ष २ लाख सहयोग गर्दै आएको बताउँदै महासचिब चालिसेले यो सहयोग गरिब तथा विपन्न वर्गका बालबालिकाहरुको… पुरा पढौ

एनपीएल सिजन–२ को उपाधि लुम्बिनी लायन्सलाई, कुन खेलाडीले कुन विधामा पुरस्कार जिते ? (सूचीसहित)

पोखरा/कीर्तिपुर नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उपाधि लुम्बिनी लायन्सले जितेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै च्याम्पियन बन्न सफल भयो । टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्स पाँच बल बाँकी छँदै ८५ रनमै अलआउट भयो । झिनो लक्ष्य पछ्याएको लुम्बिनीले मात्र ९ ओभरमै ४ विकेटको क्षतिमा ८६ रन बनाइ उपाधि हात पार्‍यो । यससँगै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको उपविजेतामै सीमित भएको छ । पहिलो संस्करणको… पुरा पढौ

कोन सहकारीको २७ औं साधारण सभा सम्पन्न

पोखरा, २७ मंसिर, पोखरा महानगरपालिका वडा नं. १३ स्थित कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.को २७ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । सभाको उद्घाटन गर्दै संस्थाका मानार्थ संरक्षक तथा पूर्व अध्यक्ष शरदकान्त सिग्देलले संस्थाको हितका लागि आँफू सधैं सहकार्य गर्न तत्पर रहेको बताए । उनले साधारण सभाले सदस्यहरूलाई आफ्ना जिज्ञासा राख्न सहज वातावरण सिर्जना गर्ने धारणा राखे । शेयर सदस्यहरूको सक्रिय सहभागिताले मात्र सहकारीको योजना अगाडि बढाउन सहज हुने संरक्षक सिग्देलको भनाइ थियो । कार्यक्रममा… पुरा पढौ

२६ औँ आदर्श कप माघको दोस्रो हप्तादेखि हुने

पोखरा, आदर्श युवा क्लब पोखरा–२९ भण्डारढिकले २५ औँ आदर्श कप २०८१ को आय–व्यय सार्वजनिक गर्दै २६ औँ आदर्श कप २०८२ को औपचारिक घोषणा गरेको छ । आगामी माघ ९ गतेदेखि १६ गतेसम्म भण्डारढिक रङ्गशालामा २६ औँ आदर्श कप आयोजना गर्न लागिएको हो । कार्यक्रममा जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष मिलन गुरुङले भण्डारढिक खेलमैदानसँग आफ्नो बाल्यकालदेखिको निकटता रहेको उल्लेख गर्दै यस खेलमैदानलाई वर्तमान अवस्थामा ल्याउन योगदान दिने सबैप्रति धन्यवाद व्यक्त गरे। उनले खेलमैदानमा विभिन्न खेल गतिविधि सञ्चालन हुँदै आएको बताउँदै… पुरा पढौ

प्रगति माध्यमिक विद्यालयको खेल उत्सव शुरु

पोखरा, पोखराको बाटुलेचौरमा रहेको प्रगति माध्यमिक विद्यालयको खेल उत्सव शनिबारदेखि पोखरा रंगशाालामा शुरु भएको छ ।आइतबारसम्म संचालन हुने उत्सवमा ५०,१००, २००,४००,८००, मिटर दौड, छात्र÷छात्रा रिले दौड ,हाइजम्प छात्र÷छात्रा, लङ्गजम्प लगायतका खेल सम्पन्न भएको विद्यालयका सुचना अधिकारी जयराम पौडेलले जानकारी दिए । फुटबल ,ह्याण्डबल छात्र÷ छात्रा ,वास्केटवल छात्र÷ छात्रा , व्याडमिण्टन छात्र÷ छात्रा सिङ्गल एण्ड डवल तर्फ पहिलो चरणका खेल सम्पन्न भएका छन् । कक्षा ४ र ५ को रिले छात्रा तर्फ आस्था गुरूङ,संस्कृति आचार्य,दिती बानिया, स्वस्तीका सुनार प्रथम,प्रार्थना राना,सम्भवी काफ्ले,अमना… पुरा पढौ

सोसल पब्लिक स्कुलमा उद्घोषण तथा भाषणकला तालिम

पोखरा, मङ्सिर २७, पोखरा–१०, बुद्धचोकस्थित सोसल पब्लिक स्कुलमा उद्घोषण तथा भाषणकलासम्बन्धी दुईहप्ते तालिम शनिवार सम्पन्न भएको छ । तालिममा अनुपम म्युजिक तथा कास्की मल्टिमिडियाका प्रबन्ध निर्देशक अनुराग अधिकारीले सहजीकरण गरेका थिए । अधिकारीले आफूले विद्यार्थीको चाहना, आवश्यकता र क्षमतालाई मध्यनजर राखेर प्रशिक्षण गरेको अनुभव सुनाए ।विद्यालयका संस्थापक तथा निर्देशक खिमबहादुर गुरुङको अध्यक्षतामा भएको समापन कार्यक्रममा रेडियो नेपाल, प्रादेशिक प्रसारण केन्द्रकी प्रमुख शान्ति गुरुङले सोसल पब्लिकले विद्यार्थीलाई जीवन सिकाउने अभियान सञ्चालन गरेको भनाइ राखिन् । विद्यार्थीको प्रतिभा उजागर गर्नका लागि यस्ता… पुरा पढौ