बेगनासताल खुल्ला डुंगा दौड प्रतिगोगिताको उपाधी फेवा डुंगा व्यवसायी संगठनलाई

-


     पोखरा क्लिक     
     जेठ २७ गते २०८३ मा प्रकाशित


लेखनाथ, २७ जेठ,

बेगनासताल डुंगा व्यवसायी समितिको आयोजनामा बुधबार आयोजित छैटौं संस्करणको खुला डुंगा दौड प्रतियोगिताको उपाधि फेवा डुंगा व्यवसायी संगठनले हात पारेको छ । प्रतियोगिताको महिला र पुरुषतर्फको दुवै प्रतियोगितामा पहिलो, दोश्रो र तेश्रो स्थानमा जित हासिल गर्दै फेवाले उपाधी कब्जा गरेको हो ।

महिला तर्फ एक हजार मिटरको दुरीमा भएको प्रतिष्पर्धामा २० मिनेट १६ सेकेण्डमा निर्धारीत दुरी पार गर्दै फेवा डुंगा ब्यवसायि समितिको सन्तमाया जलारीको टिमले प्रथम स्थान हासिल ग¥यो भने फेवाकै उषा गुरुङको समुहले २० मिनेट ४९सेकेण्डमा उक्त दुरी पार गर्दै दोस्रो स्थान र दिलसुभा गुरुङको समुहले २१ मिनेट १७ सेकेण्डमा सोही दुरी पार गर्दैै तृतिय स्थान हासिल गरेको हो । नानुमाया जलारीको समुहले २१ मिनेट ४१ मिनेटमा उक्त दुरी पार गरि सान्त्वना स्थानमा ठाउँ बनाएको छ । यस्तै पुरुष तर्फको १५ सय मिटर दुरीको दौडमा फेवा डुंगा ब्यसायी संगठनका चन्द माझीको समुहले २४ मिनेटमा उत्त दुरी पार गरि प्रथम स्थान हासिल गरेको छ भने फेवाकै सुदर्शन मगरको समुहले २५ मिनेट ४६ सेकेण्डमा उत्त दुरी पार गरि द्धितिय, दिपक मगरको समुहले २६ मिनेट १४ सेकेण्डमा सो दुरी पार गरि तृतिय स्थान हासिल गरेको छ । पुरुषतर्फको सान्त्वना पुरस्कार भने २६ मिनेट ४३ सेकेण्डमा उक्त दुरी पार गर्दै राजु जलारीको समुहले हात पारेको छ ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको प्रवद्र्धनमा भएको डुंगा दौड प्रतियोगितामा महिला तथा पुरुष दुवैतर्फ प्रथम हुन सफल टिमले १५ हजार, द्वितीयले १० हजार, तृतीयले ५ हजार तथा सान्त्वनाले ३ हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरे । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा बेगनासतालबारे प्रचारप्रसार गर्ने, तालमा हुन सक्ने भवितव्य घटनाबारे सचेतनामूलक जानकारी दिने, बेगनासतालको महत्व बुझाउन तथा खेलको माध्यमबाट आन्तरिक पर्यटक भित्र्याउँदै यहाँको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगितामा पुरुष तर्फ २६ र महिला तर्फ नौ टिमले सहभागीता जनाएका थिए । यस अघि प्रतियोगिताको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं। ३१ का वडाध्यक्ष ढकनाथ कँडेलले यस किसिमका प्रतियोगिताले यस क्षेत्रको पर्यटन प्रर्बद्धनमा सकारात्मक भुमिका खेल्ने विश्वास व्यक्त गरे । उनले स्थानिय क्षेत्रमा देखीने गरेको खुट्टा तान्ने प्रवृति प्रति असन्तुष्टि व्यक्त गर्दै यस क्षेत्रको विकासका लागी स्थानिय संघ संस्था एवं व्यवसायीहरु एकतावद्ध भएर अगाडि वढ्नुपर्ने वताएका थिए । बेगनासतालमा मोटरबोट सञ्चालन गर्ने विषयमा आफुले सहयोग नपाएकोमा दुखः व्यक्त गर्दै वडाध्यक्ष कँडेलले आफुहरु १ अरब बराबरको परियोजना बेगनासतालमा ल्याउने विषयमा पनि सकारात्मक रहेको र स्थानीयको श्रम र लगानीमा ल्याईसकिएको मोटरबोटको पनि उपयुक्त व्यवस्थापन हुनुपर्ने वताएका थिए ।

यस्तै नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछानेले प्राकृतिक सुन्दरताले भरिपुर्ण एवं शान्त स्थानमा रहेको बेगनासताल क्षेत्रमा पर्यटकहरुको आगमन बढाउने विषयमा पोखरा क्षेत्रका र लेखनाथ क्षेत्रका पर्यटन व्यवसायीहरु एकआपसमा छलफल र अन्र्तक्रियाको माध्यमबाट पर्यटकहरुको आदान प्रदान गर्न सकने र यसको लागी आवश्यक परेको खण्डमा सहजीहरण गर्न आफुहरु तत्पर रहेको वताएका थिए । उनले पोखरालाई चितवन र लुम्बिनिसँग जोडेर पर्यटकको बसाई कसरि लम्ब्याउन सकिन्छ भन्ने विषयमा अवधारण तयार भएको वताएका थिए । उक्त अवसरमा नेपाल उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य छत्रघर आत्रेयले डुंगा दौड प्रतियोगिता यस क्षेत्रको पर्यटकिय विकासमा कोसेढुंगा सावित हुन सकोस भन्ने कामना गर्दै यस क्षेत्रको समग्र विकासको लागी विभिन्न संघ संस्था रहेका नेतृत्वको व्यवहार सामाजिक हुनुपर्ने, आपसमा मनमुटाव राख्न नहुने, पर्यटक किन भित्राउन सकिएको छैन भन्ने विषयमा चिन्तनशिल हुनुपर्नेमा जोड दिएका थिए ।

संस्थाका अध्यक्ष नवराज बाँस्तोलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष जानुका पराजुली अधिकारी, बेगनासताल धार्मिक तथा पर्यटन बिकास संस्थाका अध्यक्ष मित्रलाल भण्डारी, होटल तथा रेष्टुरेण्ट एसोसिएसनका अध्यक्ष सुरेश लामिछाने, सामाजिक व्यक्तित्व राममणी अधिकारी लगायतले बोलेका थिए भने स्वागत निवर्तमान अध्यक्ष रबिराज कँडेलले र कार्यक्रमको सञ्चालन कृष्ण ढुंगानाले गरेका थिए ।