मनोरन्जन

कास्कीका ५ पालिका मध्य पोखरा महानगरमा आत्महत्याको सङख्या बढ्दो सचेतना र मनोपरामर्श गर्न सुझाव

दीननाथ बराल, पोखरा २४, मंसिर, कास्कीका ५ पालिका मध्य पोखरा महानगरपालिकामा आत्महत्याको सङख्या बढ्दो रुपमा रहेकोले यसै सम्बन्धि सचेतना र मनोपरामर्श गर्न बुधबार पोखरामा आयोजित एक कार्यक्रमका वक्ताहरुले जोड दिनु भएको छ । कोसिस नेपालले बुधबार पोखरामा आयोजना गरेको ‘आत्महत्या रोकथामका लागि पत्रकार निर्देशिका–२०८०’ सम्बन्धी पत्रकारसँगको छलफलमा सहभागीहरूले कास्कीका पालिकाहरु मध्य पोखरामा बढी आत्महत्याको दर बढी भएकोले यसलाई नियन्त्रण गर्न टोल देखि वडा हुदै सचेतना तथा मनोपरामर्श दिनुपर्नेमा सुझाव दिनु भएको हो । https://www.youtube.com/watch?v=F4oemYCuRdM आत्महत्याका घटनालाई सनसनीपूर्ण शीर्षक, विस्तृत विवरण… पुरा पढौ

संघीय सरकारले प्रहरी समायोजनदेखि वन, राजस्व, भूमिहीन र अधुरा आयोजना पूरा गर्नुपर्ने गण्डकी प्रदेश सरकारको माग

दीननाथ बराल,पोखरा, २४ मंसिर, गण्डकी प्रदेश सरकारले प्रहरी समायोजनदेखि वन, राजस्व, भूमिहीन, लगायतका अधुरा आयोजना पूरा गर्न संघिय सरकार समक्ष माग गरेको छ । प्रदेश विकास समस्या समाधान समितिको बुधबार पोखरामा बसेको १३ औं बैठकले प्रहरी समायोजन, वन क्षेत्रको अधिकार, बजेट फुकुवा, दोहोरो संरचना खारेजी, राजस्व संकलन, भूमिहीन समस्याको समाधान लगायतका विषयलाई अब तत्काल सम्बोधन गर्न संघीय सरकार संग आग्रह गर्ने निर्णय गरेको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अध्यक्षतामा बसेको बैठकले प्रदेशले संघीयता व्यवहारमा अवरुद्ध भएका प्रमुख अधिकार… पुरा पढौ

आइटिएफ वल्र्ड टेनिस टुर पोखरा ः राउन्ड अफ १६ मा रोमाञ्चक नतिजा

पोखरा, मंसिर २४, आइटिएफ जे–३० वल्र्ड टेनिस टुर पोखरामा ब्वाइज’ सिंगल्सको राउन्ड अफ १६मा अत्यन्तै प्रतिस्पर्धात्मक खेलहरू सम्पन्न भएका छन् । शीर्ष सिडिङ प्राप्त खेलाडीहरूले कठिन संघर्षपछि अन्तिम आठमा स्थान बनाए भने नेपालका दुई खेलाडीले पनि प्रभावशाली प्रदर्शन गर्दै क्वार्टरफाइनलमा प्रवेश गर्न सफल भएका छन् । शीर्ष शिडिङ ताइवानका टिङ–हो याङले भारतका प्रतीक शोरण विरुद्ध खराब सुरुआतपछि कमब्याक गर्दै ०–६, ६–३, ६–२ ले जित निकाल्दा चीनका यान्सुओ पानले भारतका शशांक कर्णाटी विरुद्ध ६–२, ६–३ ले जित दर्ता गरे । भारतका… पुरा पढौ

शनिबार पोखरामा स्वप्निल शर्माको लाइभ प्रस्तुती

पोखरा, २४ मंसिर, शनिबार पोखरामा गायक स्वप्निल शर्माको ब्राण्ड स्वरको लाइभ प्रस्तुती हुने भएको छ । पोखराको लेकसाइडमा रहेको प्याराडिसो स्पोर्ट बारमा लाइभ प्रस्तुतीको तयारी भएको छ । युवा पुस्ताका माझ गायक स्वप्निल शर्मा चर्चित छन् । स्वप्निलको आवाज, उनको भावनात्मक प्रस्तुति र गहिरो गीतलेखन शैलीले उनलाई नेपाली युवा पुस्ताबीच प्रिय गायकका रुपमा चिनिन्छन् । २००० को दशकबाट उनी गायन क्षेत्रमा संलग्न भए । “हिँड्ने मान्छे लड्छ“, “प्रकृति“, “साथी“, “भूलमा भुल्यो“ जस्ता गीतहरूले उनलाई चर्चाको शिखरमा पुर्याएको थियो । यी… पुरा पढौ

लेखनाथ महोत्सवमा रु ५० को टिकट किन्दा १०० को फाईदा

लेखनाथ, मंसिर २४ , यहि पुस ३ गतेदेखी १४ गतेसम्म सञ्चालन हुने २१ औं लेखनाथ महोत्सवमा दर्शकहरुले रु ५० को टिकट खरिदमा रु १०० बराबरको फाईदा लिन सक्नेछन । आयोजकले अनलाईन सपिङ प्लेटफर्म पसल डट कमको सहकार्यमा महोत्सव अवलोकन गर्ने दर्शकहरुका लागी यो अफर योजना ल्याएको हो । यस योजना अन्र्तगत दर्शकहरुले आफुले खरिद गरेको रु ५०, १०० वा २०० जुनसुकै टिकटको अर्धकटृी महोत्सवभित्र रहने पसल डट कम को स्टलमा लगेर प्रदान गरेपछि त्यसवापत एउटा क्यू आर कोड प्राप्त गर्नेछन… पुरा पढौ

पर्यटन प्रवद्र्धन संगै १४ औं पोखरा महोत्सवको प्रचार प्रसार सुरु

पोखरा, १४ औं संस्करणको पोखरा महोत्सवको प्रचार प्रसार सुरु भएको छ । आन्तरिक पर्यटनको पर्वद्धन संगै नयाँ पर्यटकीय गन्तब्यको पहिचान र प्रवद्र्धन गर्दै आइरहेको माइलस्टोन्स इन्फिल्डर्सको टोली मार्फत महोत्सवको प्रचार प्रसार शुरु गरिएको हो । नेपालका मुख्य शहरहरुमा रहेका मोटरसाइकल राइडर हरुकोे समुह माइलस्टोन्स इन्फिल्डर्समा आवद्ध मोटरसाइलक राइडरहरुलाई महोत्सव आयोजक युनाईटेड क्लब पोखराले पोखरामा स्वागत गर्दैै पोखरा महोत्सवको प्रचार प्रसार सुरु गरेका हुन । माइलस्टोन्स इन्फिल्डर्सका संयोजक कुशल सुवेदी र प्रतिनिधी मछिन्द्र थपलियालाई युनाईटेड क्लब का अध्यक्ष लोक बहादुर थापा,… पुरा पढौ

एनटिभिए गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धन कार्यक्रम आजदेखि

पोखरा, २४ मङ्सिर, नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकी प्रदेशले आजबाट पोखरादेखि ढोरपाटनसम्मलाई लक्षित गरी पर्यटन प्रवद्र्धन कार्यक्रम सुरु गरेको छ । आन्तरिक पर्यटनको प्रवद्र्धनको उद्दे्श्यका साथ बाग्लुङ, बुर्तिबाङ र ढोरपाटनसम्मका विभिन्न पर्यटकीय गन्तव्यलाई लक्षित गरी पर्यटन प्रवद्र्धन कार्यक्रम आयोजना गरिएको एनटिभिए गण्डकी प्रदेशका अध्यक्ष दुुर्गादत्त दहालले जानकारी दिनुुभयो । कार्यक्रममा संघ आवद्ध सदस्यसँगै पोखरामा कृयाशिल विभिन्न पर्यटनसम्बद्ध संस्थाका पदाधिकारी, सञ्चारकर्मी सहित ४५ जनाको सहभागिता रहेको छ । प्रवद्र्धन टोलीललाई पोखरा भ्रमण वर्ष २०२५ कार्यसम्पदान समितिका संयोजक गोपिबहादुर भट्टराई,… पुरा पढौ

स्वतन्त्रको पुरस्कारका लागि समिति गठन

पोखरा, २३ मंसिर, स्वतन्त्र पत्रकार संघ नेपालले संस्थाद्वारा स्थापित पत्रकारितासम्बन्धी विभिन्न पुरस्कार वितरणका लागि प्रतिभा चयन समिति गठन गरेको छ । संघका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोलाको अध्यक्षतामा काठमाडौंमा बसेको केन्द्रीय समितिको बैठकले उक्त निर्णय गरेको हो । संस्थाका सल्लाहकार एवं अग्रज पत्रकार नारायण कार्कीको संयोजकत्वमा तीन सदस्यीय प्रतिभा चयन समिति गठन गरिएको हो । जसको सदस्यमा सञ्चारकर्मीद्वय दुर्गा अधिकारी र असफल गौतम छन् । अधिकारी यसअघि सम्मानित प्रतिभा हुन् भने गौतम स्वतन्त्र पत्रकार संघ कास्कीका निवर्तमान अध्यक्ष हुन् । संस्थाले… पुरा पढौ

पोखरामा साफ यु–१९ महिला च्याम्पियनसिप माघ दोश्रो साता हुने

पोखरा २३, मंसिर, अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा पोखरामा आउँदो माघ दोश्रो साता देखि साफ यु–१९ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता हुने भएको छ । पोखरामा पहिलो पटक आगामी माघ १५ (जनवरी २९) देखि उक्त प्रतियोगिता हुने तयारी गरिएको अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलबार पोखराका पत्रकारसंग बताउनु भएको हो । सोहि प्रतियोगिताका लागि दक्षिण एसियाली फुटबल महासंघ (साफ) को महासचिव पुरुषोत्तम कट्टेल र एन्फा महासचिव राईसहितको टोलीले मंगलबार पोखरा रंगशालाको फुटवल मैदान अवलोकन समेत… पुरा पढौ

स्याङजाको कोल्मामा छैठौं संस्करणको राष्ट्रिय स्तरको क्रस कन्ट्री दौड हुने

पोखरा, स्याङजाको कोल्मा बराह चौरमा आगामी पुषको ८ गते छैठौं संस्करणको राष्ट्रिय स्तरको क्रस कन्ट्री दौड प्रतियोगिता हुने भएको छ । गाउँ छाडेर विदेशिन थाले संगै गाउँबस्ती उजाड भएको भन्दै गाउँलेहरुलाई एकतृत गर्दै गाउँको बिकासका लागि स्थापना भएको सात सय कोल्मा बहाकोट सम्पर्क मञ्चको आयोजनामा उक्त प्रतियोगिताको आयोजना हुने भएको हो । चारथुम र सात सय कोल्मा बाहकोट चौरका मानिसहरु हङकङ, बेलायत, जापान, जर्मन, अमेरीका, पोखरा, काठमाण्डौं लगाएत विभिन्न देश तथा विदेशमा बाक्लीन थालेपछि स्वर्ग जस्तो जन्म भुमि र माटोको… पुरा पढौ