मनोरन्जन

लमजुङमा पनि गुञ्जियो ‘व्याक टु नाइन्टिज’

पोखरा, बैशाख २, सांगीतिक विरासत फर्काउन पोखराबाट शुरु भएको ‘व्याक टु नाइन्टिज’ विरासतलाई फर्केर हेर्दा कार्यक्रम लमजुङको वेशीसहरमा गुञ्जिएको छ । पोखराको अपार सफलतापछि देशव्यापी अभियान शुरु गरेको ‘व्याक टु नाइन्टिज’को थर्ड एडिसन वेशीसहरमा उत्साहजनक सहभागितामा सोमबार साँझ सम्पन्न भएको हो । वेशीसहर युथ सोसाइटी सेरा लमजुङले रक्त अभावको समस्याको स्थायी समाधान खोज्नका लागि ब्लड डोनर्स एप्स निर्माणार्थ ‘हाम्रो संगीत हाम्रो अभियान, रत्तदाताको पहिचान’ भन्ने मूल नाराका साथ आयोजना गरेको कार्यक्रममा ६ वटा राष्ट्रिय व्याण्ड एउटै स्टेजमा गुञ्जिए । नब्बेको… पुरा पढौ

खजे दुुरालाई राष्ट्रिय विभूति बनाउन दुुरा समाजको माग, दुुरा भाषामा समाचा पढ्न पहल गर्नुुस ः सञ्चार मन्त्री गुुरुङ

पोखरा, दुुरा सेवा समाजले खजे दुुरालाई राष्ट्रिय विभूति बनाउन माग गरेका छन् । दुुरा सेवा समाजको ३२ औं वार्षिकोत्सवमा बोल्दै दुुरा जातिका अगुुवाहरुले खजे दुुराले दुुरा जातिका लागि मात्र नभइ राज्यका लागि समेत ठूलो योगदान दिएकाले राष्ट्रिय विभूति बनाउन माग गरेका हुन् । उक्त वार्षिकोत्सवको सम्बोधन गर्दै संघीय सूचना तथा सञ्चार मन्त्री एवम् नेपाल सरकारका प्रवक्ता पृथ्वी सुुब्बा गुरुङले राष्ट्रिय विभूति बनाउन आफुले सक्दो सहयोग गर्ने र तत्कालका लागि दुुरा भाषामा समाचार पढ्ने, प्रकाशन गर्नुका साथै ठाडो भाखाका सर्जक देउबहादुर… पुरा पढौ

पोखरामा नयाँ बर्षलाई आतिसबाजी गर्दै गरियो स्वागत (भिडियो सहित)

दीननाथ बराल,पोखरा १, वैशाख, पर्यटनको राजधानि पोखरामा नेपाली नयाँ बर्ष २०८२ लाई भव्य स्वागत गरिएको छ । पोखरामा जारी २० औं संस्करणको फेवा नव वर्ष महोत्सव २०८२ को अवसरमा गएराति आतिसबाजी सहित भव्य स्वागत गरिएको आयोजक होटल संघ पोखरा नेपालले पोखराक्लिकलाई जनाएको छ । https://www.youtube.com/shorts/qGmia1Gn0xQ पोखराको बसुन्धरा पार्क क्षेत्रमा मध्यान्हः १२ः०० बन्न १० मिनेट अघि देखि सुरु भएको आतिसबाजी करिब २० मिनेटसम्म गरिएको थियो । पोखराको पर्यटकीय स्थल लेकसाइडमा हजारौं दर्शकको सहभागितामा आतिसबाजी सहित नयाँ वर्ष २०८२ लाई स्वागत संघका… पुरा पढौ

हाइकर्स क्लबको ७५ औं श्रृङ्खला भिमादको ‘घाङ्च ल्हुम’मा

पोखरा, ३१ चैत, झट्ट हेर्दा प्राचीन विश्वका सात आश्चर्य मध्येको ‘बेबिलोनको झुलन बगैंचा’ जस्तो दृश्य ।तनहुँको भिमाद नगरपालिका वडा नं ९ मोहोरियास्थित त्यही बगैंचाको झल्को दिने घाङ्च ल्हुममा २०८१ सालको अन्तिम शनिबार पोखरामा विभिन्न सेवा, पेशा र व्यवसायमा आवद्ध व्यक्तिहरू झुलिरहेका देखिन्थे । हाइकर्स क्लब नेपालसँग आवद्ध भई उक्त संस्थाको आयोजनामा त्यहाँ पुगेका व्यक्तिहरू कोही तस्बिर खिचाउँदै थिए त कोही सेल्फीमा व्यस्त देखिन्थे । स्वास्थ्य र पर्यटनका लागि हाइकिङ भन्ने नाराका साथ प्रत्येक महिनाको अन्तिम शनिबार पर्यटन राजधानी पोखरा र… पुरा पढौ

आलु महोत्सवमा साढे २ करोड बढीको कारोवार

पोखरा, ३१ चैत, १३ औँ राष्ट्रिय हेमजा आलु महोत्सव अन्त्यतिर आइरहदाँ त्यहाँका स्टलबाट आलु तथा अन्य सामाग्री किन्नेहरुको संख्यामा बृद्धि भएको छ। महोत्सवको ८ औं दिन आइतबारसम्म करिव ७० हजार दर्शक बढीले महोत्सव अवलोकन गरेकोमा कुल २ हजार ४ सय बढी घरपरिवारले आलु किनी लगेको आलु तथा कृषि उपज व्यवस्थापन उपसमिति संयोजक जयराम तिम्सिनाले जानकारी दिए ।जसमध्ये प्रति घरपरिवारले सबैभन्दा कम १० देखि बढीमा २ सय केजीसम्म आलु किनी लगेको तिम्सिनाको भनाई छ। त्यस्तै अन्य व्यापारिक स्टलहरुबाट समेत सामाग्री खरिद… पुरा पढौ

पालिकाका प्रतिष्ठानसँग सहकार्य गर्न गण्डकी प्रज्ञा प्रतिष्ठानको अवलोकन भ्रमण

चैत्र ३१, पोखरा, गण्डकी प्रज्ञा प्रतिष्ठानको टोलीले गण्डकी प्रदेशका विभिन्न पालिकामा रहेका प्रज्ञा प्रतिष्ठानको अवलोकन भ्रमण गरेको छ । प्रतिष्ठान मार्फत भइरहेका कामहरूमा एकरूपता ल्याउन, सहकार्य गर्न तथा अनुभव आदानप्रदान गर्नको लागि अवलोकन भ्रमण सहितको भेटघाट कार्यक्रम आयोजना गरिएको प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले बताए । पालिकामा रहेका प्रतिष्ठानबीच कला, साहित्य र संस्कृतिको क्षेत्रमा सहकार्य गर्ने उद्देश्यले अवलोकन भ्रमण गरिएको उनको भनाइ थियो । यसले स्थानीय तहमा गठित प्रज्ञा प्रतिष्ठानलाई थप बलियो र गतिशील बनाउन आवश्यक सहकार्य गर्ने वातावरण निर्माण… पुरा पढौ

केपी ओलि कप टी २० क्रिकेट जारी, समूह सी बाट हिमाल फ्रेन्ड्स सेमीफाइनलमा

पोखरामा जारी दोस्रो संस्करणको केपी ओली कप टी २० खुल्ला राष्ट्रिय क्लब स्तरीय क्रिकेट प्रतियोगितामा हिमाल फ्रेन्ड्सले अन्तिम चारमा स्थान बनाएको छ । आइतबार भएको समूह ‘सी’ को अन्तिम खेल वर्षाका कारण रोकिएपछि हिमाल फ्रेन्ड्सले डकवर्थ लुइस स्टर्न मेथड (डिएलएस) को आधारमा ३ रनले मधेश प्रदेशलाई हराउँदै समूह विजेता बन्न सफल भएको हो । चार टिम रहेको समूह ‘सी’ को अन्तिम चरण अन्तरगतको पहिलो खेलमा लुम्बिनी खुकुरी क्रिकेट क्लबले कर्णाली एकेडेमीलाई ५ विकेटले हराएको छ । १०२ रनको विजयी लक्ष्य… पुरा पढौ

नेकपा माओवादी केन्द्र पर्वत–पोखरा सम्पर्क समन्वय समितिको पहिलो सम्मेलन सम्पन्न

पोखरा, नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र अन्तर्गत पर्वत–पोखरा सम्पर्क समन्वय समितिको पहिलो सम्मेलन आज पोखरामा सम्पन्न भएको छ। कार्यक्रममा पार्टीका विभिन्न तहका नेतृत्व, कार्यकर्ता, बुद्धिजीवी, युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सम्मेलनको उद्देश्य पार्टी संगठनलाई मजबुत बनाउने, जनसम्पर्क विस्तार गर्ने, र स्थानीयस्तरमा विकास, समावेशिता र सामाजिक समानताका एजेन्डाहरूलाई अगाडि बढाउने रहेको थियो। संगठन सुदृढीकरणमा सम्पर्क समितिको भूमिका कार्यक्रममा सहभागीहरूलाई सम्मानपत्र, स्मृति चिन्ह र सांस्कृतिक झल्को सहित स्वागत गरिएको थियो। आयोजकहरूले कार्यक्रमलाई सङ्गठित, मर्यादित र उद्देश्यपूर्ण बनाउँदै सकरात्मक सन्देश प्रवाह गरेका थिए… पुरा पढौ

अरुणा लामा र तारादेवीलाई ट्रिब्यूट दिदै पोखरामा गुञ्जियो कालजयी गीतहरु

पोखरा, चैत ३०, नेपाली सांगीतिक क्षेत्रका नक्षत्रहरु स्वर साम्राज्ञी अरुणा लामा र तारादेवीप्रति शनिबार पोखरामा पोखरेली कलाकारहरु ट्रिब्यूट दिएका छन् । एभरेस्ट एफएम ९३ मेगाहर्जले पोखरेली महिला कलाकारहरुको साझा संस्था हार्मोनीसँगको सहकार्यमा शनिबार पोखरामा आयोजना गरेको अरुणा लामा–तारादेवी स्मृति साँझ कार्यक्रममा पोखरेली कलाकारहरुले स्वर किन्नरी द्वय अरुणा लामा र तारादेवीप्रति ट्रिब्यूट दिदै कालजयी गीतहरु गुञ्जाएका हुन् । कला, साहित्यका अध्येता, अन्वेषक प्रकाश सायमीले स्वर साम्राज्ञी अरुणा लामा र स्वर किन्नरी तारादेवीका जीवनका अनेक आरोह अवरोहसँगै विभिन्न गीतसँग सम्बन्धित अनटोल्ड स्टोरीहरु… पुरा पढौ

कुमुदिनीमा शिक्षकका लागि एक दिने कार्यशाला

पोखरा, ३० चैत्र, नयाँ शैक्षिक सत्र सुरुवातको पूर्व अवसरमा पोखराको कुमुदिनी होम्स मा.वि.ले विद्यालयका शिक्षकहरुको लागि शैक्षिक तालिम दिन थालेको छ । यो वर्षको पहिलो तालिम पाकिस्तानी नागरिक, दुवैबाट पोखरा आएका शिक्षा विज्ञ उमर फारुकले दिएका छन् । फारुक डाटावर्कस् एजुकेशनल रिसर्च एण्ड सटेप अप लर्निङ विज्ञ हुन् । उनले एन इन्टरएक्टिभ प्रोग्राम अन द पावर अफ वेल क्राफ्टेड एण्ड वेल टट लेसन शिर्षकमा तालिम दिएका हुन् । गुणस्तरीय शिक्षाका लागि विद्यालय आउने जाने, पढ्ने कार्यले मात्रै पुग्दैन । त्यसरी… पुरा पढौ