मनोरन्जन

पोखरामा प्रथम बिल बहादुर मेमोरियल अन्तर बिद्यालय स्तरिय व्याण्डमिन्टन प्रतियोगिता चैत २७ गते देखि हुने

दीननाथ बराल, पोखरा २५, चैत, पोखरामा प्रथम बिल बहादुर मेमोरियल अन्तरबिद्यालय स्तरिय व्याडमिन्टन प्रतियोगिता हुने भएको छ । बिल्स फाउण्डेसनको आयोजनामा फिट नेपाल स्पोट्र्स प्लेक्सको नयाँ कभर्ड हलमा यही चैत २७ गते देखि हुने भएको सोमबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । उक्त प्रतियोगितामा ३ वटा विधामा छात्र तथा छात्रा तर्फको प्रतिष्प्रर्धा हुने भएको प्रतियोगिताका संयोजक भूगोल गुरुङले बताउनु भयो । तष्विर शुर्दशन रञ्जिल मोहन भूगोल फाउण्डेसनको व्यबस्थापनमा पोखरामा यही चैत ३० गतेसम्म संचालन हुने प्रतियोगितामा करिब… पुरा पढौ

सहारालाई राज्यले सहयोग गर्नुपर्छ उपाध्यक्ष आचार्य

पोखरा २५ चैत, राष्ट्रिय खेलकुद परिषद् -राखेप_ का उपाध्यक्ष धुव्र आचार्यले सहारा क्लब पोखरालाई राखेपले वार्षिक बजेट दिन आवश्यक रहेको बताएका छन् । पोखराको दोबिल्ला स्थित सहारा एकेडेमीको अवलोकन तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नेपाली खेलकुदको क्षेत्रमा निरन्तर लागि पर्दै आफ्नै एकेडेमी सञ्चालन गरि राज्यलाई ठूलो योगदान गरेका कारण यसलाई राज्यले नै वार्षिक बजेटको व्यवस्थापन गर्न अत्यावश्यक रहेको बताएका हुन् । एकेडेमीको सभाहलमा सहारा क्लब पोखराका वरिष्ठ उपाध्यक्ष तथा एकेडेमी संयोजक पूर्ण बहादुर गुरुङले सहाराको स्थापनाकालदेखि आहा रारा पोखरा गोल्डकपको… पुरा पढौ

गीतमय बन्यो आलु महोत्सव

पोखरा, २५ चैत, १३ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव जारी छ ।महोत्सवको दोस्रो दिन सोमबार आज लोकदोहोरीे कलाकार राजु परियार, शिला आले, केशव देवकोटा, शिवहरी ढुङगाना, परशुराम अधिकारी, कमला सुनार, रञ्जना गायक लगायतले विभिन्न प्रस्तुति राख्नुभयो। उहाँहरुका प्रस्ततिमा दर्शक मन्त्रमुग्ध हुनुभयो र छम्छमी नाच्नुभयो। विशेष गरी राजु परियार तथा शिला आलेको दोहोरीमा दर्शकले कम्मर मर्काइमर्काइ धित फुकाएर नाच्नुभयो। दोहोरीका अलवा राजुले प¥यो मलाई रुन मायालु, सुन पानीले छर्क मायालु, फूलमा भमरा, डाली पलायो, आधी खोला उर्लेर आयो, शिलाले गोर्खा… पुरा पढौ

फेवा नव बर्ष महोत्सवको तयारी तिव्र, महोत्सवका अवसरमा ८० प्रतिशत होटल अकुपेन्सि हुन्छः अध्यक्ष सुवेदी

दीननाथ बरालपोखरा २४, चैत, नेपाली नयाँ बर्ष २०८२ को तयारी तिव्र पारिएको छ । यही चैत ३० गते देखि वैशाख १ गतेसम्म पोखरामा आयोजना हुने उक्त महोत्सवको तयारी तिव्र पारिएको होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले बताउनु भयो । उक्त महोत्सवका अवसरमा पोखरामा आयोजना हुने २० औं संस्करणको फेवा नव वर्ष महोत्सवमा होटल अकुपेन्सि करिब ८० देखि ९० प्रतिशत पुग्ने अपेक्षा गरिएको संघले पोखराक्लिकलाई जनाएको छ । आन्तरिक तथा बाह्यि पर्यटकको आगमनले यस क्षेत्रका पर्यटकीय स्तरका होटलको अकुपेन्सि करिब… पुरा पढौ

पोखरा स्पोर्टस् अवार्डमा उदियमान खेलाडीको प्रायोजनमा सहारा क्लब पोखराको निरन्तरता

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने नवौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८१’ को उदियमान खेलाडी पुरस्कार सहारा क्लब पोखराले प्रायोजन गर्ने भएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर आगामी २० वैशाख २०८२ मा हुने नवौं संस्करणको पोखरा स्पोर्ट्स अवार्डको वर्ष उदीयमान खेलाडीको पुरस्कार प्रायोजन सहारा क्लब पोखराले गर्ने भएको हो ।क्लबले उक्त विदामा विगत ८ बर्ष देखी निरन्तर रुपमा प्रायोजन गर्दै आएको छ । आइतबार एक कार्यक्रमका बिचमा सहारा क्लबले यस वर्ष समेत उदियमान खेलाडी पुरस्कार प्रायोजन… पुरा पढौ

चैत २९ देखि प्रथम एलिट भलिबल कप हुँदै, बचत रकम खेलाडी उत्पादनमा खर्चिने

पोखरामा चैत २९ गतेदेखि प्रथम एलिट भलिबल कप हुँदैछ । एलिट भलिबल एकेडेमी पोखराको आयोजनामा बैशाख १ गतेसम्म महिला तथा पुरुष भलिबल प्रतियोगिता हुन लागेको हो । एकेडेमीले शनिबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको बारे जानकारी दिएको हो । पोखरा–३ नदिपुरस्थित एकेडेमीमै हुने प्रतियोगिताबाट खेलाडी उत्पादनमा टेवा पुग्ने राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान एवम् एकेडेमीकी प्रशिक्षक अरुणा शाहीले बताइन् । प्रतियोगिता संयोजकसमेत रहेकी उनले प्रतियोगिताबाट बचत रकम महिला खेलाडी उत्पादनमा खर्चिने उल्लेख गरिन् ।‘प्रतियोगिताबाट आएका उत्कृष्ट खेलाडीलाई पठनपाठनमा स्कलरसिपसँगै निशुल्क प्रशिक्षण… पुरा पढौ

क्रिकेट अम्पायर तथा स्कोररहरूका लागि दुई दिने कार्यशाला गोष्ठि सम्पन्न

पोखरा, चैत्र २२, पोखरामा हिजो सुरु भयको क्रिकेट अम्पायर तथा स्कोररहरूका लागि दुई दिने कार्यशाला गोष्ठि सम्पन्न भएको छ । कास्की जिल्ला क्रिकेट संघद्वारा आयोजित कार्यशालामा सहभागिहरुलाई प्रमाणपत्र वितरण गरिएको छ । प्रदेश खेलकुद परिषद गण्डकीका महाशाखा प्रमुख रामप्रसाद शर्माले उदघाटन गरेको तालिमको समापन किडासाका फाईनान्स कन्ट्रोलर बसन्तराज पराजुलीको प्रमुख आतिथ्यतामा संयोजक संस्था पोखरा क्रीकेट एकेडेमीका अध्यक्ष बोबिन कुँवरको अध्यक्षतामा सम्पन्न भयको थियो । समापन कार्यक्रममा तालिममा सहभागी अम्पायर स्कोररहरुलाइ ।सहभागिताको प्रमाणपत्र बितरण गरिएको थियो। सो अवसरमा बोल्दै संघका अध्यक्ष… पुरा पढौ

विश्वकै कान्छि भागवत वाचिका अनुराधा पाण्डेयले श्री गण्डकी कोटिहोम महायज्ञ चैत्र २९ गते बाट कथा प्रवचन सुरु गर्ने

पोखरा महानगरपालिका वार्ड नं. १७ बिरौटामा सञ्चालन हुन लागेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको तयारी अन्तिम चरणमा पुगे संगै अहिले भने प्रचार प्रसारका विविध कार्यक्रमहरु सञ्चालन भइरहेका छन् । यसै विच २०८२ साल बैशाख १७ गते देखि सञ्चालन हुने कोटिहोम महायज्ञको प्रचारप्रसार स्वरुप यहि चैत्र २९ गते बाट नै कथा प्रवचन हुने भएको छ । यस कोटिहोम महायज्ञमा पहिलो कथा प्रवचनका लागि विश्वकै कान्छि भागवत वाचिका अनुराधा पाण्डेय भारतबाट नेपाल आउने भएकी छन् ।बाल विदूषी… पुरा पढौ

मुख्यमन्त्रीलाई बुझाए नवलपुरका किशोरीले ध्यानाकर्षण पत्र

किशोरीहरुको सशक्तिकरण र विकासको लागि गण्डकी प्रदेश सरकार प्रतिबद्ध रहेको मुख्यमन्त्री सुरेन्द्रराज पान्डेले बताउनुभएको छ । प्रदेशको कान्छो जिल्ला नवलपुरबाट ध्यानाकर्षण पत्र हस्तान्तरण गर्न पोखरा पुगेका किशोरीहरुसँग मुख्यमन्त्री कार्यालयमा सम्पन्न छलफल कार्यक्रममा बिहिवार पाण्डेले सो धारणा व्यक्त गरेका हुन । नवलपुरमा जागृति बाल तथा युवा सरोकार नेपालले क्यान्नालनको सहयोगमा मध्यबिन्दु नगरमा सञ्चालित किशोरी सशक्तिकरण कार्यक्रमका ३० जना किशोरीहरुले आफुहरुले काम गर्दाका दौरानका अनुभव, चुनौती र सम्भावनाका विषय ध्यानाकर्षण गराए । किशोरीको टोलीले मुख्यमन्त्रीलाई प्रदेश सरकारले बालिका लक्षित गर्नुपर्ने १६ बुँदे… पुरा पढौ

पोखराबाट एकै दिन दुई वटा अन्तराष्ट्रिय फ्लाइट

दीननाथ बराल,पोखरा १९, चैत, पर्यटनको राजधानि पोखराबाट आज(मंगलबार) एकै दिनमा दुई वटा अन्तराष्ट्रिय हवाई उडान भएको छ । पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट एउटा व्यवसायीक चार्टर्ड उडान भयो भने अर्को व्यवसायीक उडान भएको पोखरा अन्तराष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । चिनको सिचुवान एयरलाइन्सले व्यवसायीक चार्टर्ड फ्लाइट गर्यो भने हिमालयन एअराइन्सले पोखरा देखि ल्हासा व्यवसायीक उडान गरेको हो । चिनको छेन्दुबाट पोखरा आएको सिचुवान एयरलाइन्सको जहाजमा ६० जना यात्रु पोखरा आएसंगै पोखराबाट १ सय २० जना यात्रु छेन्दु प्रस्थान गर्नु भएको पोखराका मेयर… पुरा पढौ