मनोरन्जन

६६ बर्षीया जानकी गुरुङको मौरी पालन र होमस्टे बुढेसकालको सहारा बन्दै

दीननाथ बराल, पोखरा २२, वैशाख, व्यक्तिमा दृर्ण इच्छा शक्ति भए काम गर्न उमेरले पछि छेक्दैन भनेको हो रैछ । उमेरले ६६ बर्ष पुग्नु भएको कास्की रुपा गाउँपालिका ६ स्थित भिरकोट गाउँकी जानकी गुरुङ गाउँकै प्रेरणाको श्रोत भएकी छन् । हसिलो मुहार, खाइलाग्दो शारीर मौरी जस्तै बिहान देखि बेलुकासम्म केही न केही काममा व्यस्त हुने स्वभाव सायद अन्य व्यक्तिहरुको लागि उनी प्रेरणाको श्रोत हुन सक्छिन् । दुई छोरीकी आमा विगत ३८ बर्ष अघि श्रीमान गुमाउनु पर्यो । भिरचोक सामुदायिक होमस्टे करिब… पुरा पढौ

पोखरा स्पोर्टस् अवार्डमा गायिका समीक्षा अधिकारीको प्रस्तुतीमा रम्न पाइने

वैशाख २२, पोखरा, गायिका समीक्षा अधिकारीको प्रस्तुतीमा पोखरेली दर्शक रम्न पाउने भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको ’नवौँ पोखरा स्पोट्र्स अवार्ड २०८१’मा समावेश गरिएको साङ्गीतिक तथा सांस्कृतिक प्रस्तुतीमा मुख्य आकर्षणको रुपमा गायिका अधिकारीको प्रस्तुती रहने भएको हो । यहीं वैशाख २६ गते शुक्रबार दिउँसो ३ बजेबाट पोखरा इभेन्ट सेन्टर बुलौदीमा आयोजना हुने कार्यक्रममा अधिकारीले आफ्ना चर्चित गीत सुनाउँदै पोखरा घन्काउनेछिन् । उनको प्रस्तुतीमा रम्न इच्छुक सङ्गीतप्रेमी निर्बाध रुपमा यो कार्यक्रममा सहभागी बनेर रमाउन पाउनेछन्। कार्यक्रम हेर्नको… पुरा पढौ

लायन्स कप भलिबलःएपिएफलाई हराउँदै पुलिस फाइनलमा, उपाधिका लागि इरानी टोलीसँग खेल्ने

पोखरा, २१ वैशाख, पोखरामा जारी प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको छ । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको दोस्रो सेमिफाइनल खेलमा सशस्त्र प्रहरी बल (एपिएफ) लाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिसले फाइनलमा स्थान पक्का गरेको हो । दोेस्रो सेमिफाइनलमा पुलिसले एपिएफलाई पहिलो सेट २५–१७, दोस्रो सेट २५–१८ र तेस्रो सेट २५–१५ को सोझो सेटमा पराजित गर्न सफल रह्यो । पुलिसले… पुरा पढौ

जिल्ला एथलेटिक्स संघ कास्कीद्धारा पोखरा रंगशाला सरसफाइ

पोखरा, जिल्ला एथलेटिक्स संघ कास्कीले पोखरा रंगशालामा सरसफाइ गरेको छ । जिल्ला खेलकुद बिकास समितिको समन्वयमा शुक्रबार पोखरा रंगशालाको सरसफाइ गरेको हो । पोखरा रंगशालाको फुट ट्रयाकमा झार तथा घाँसहरु उम्रिएर ट्रयाक दिन प्रतिदिन फोहोर र खराब हुने भएकाले एथलेटिक्स संघले रंगशालाको ट्रयाकको भाग सरसफाइ गरिएको जिल्ला एथलेटिक्स संघ कास्कीका अध्यक्ष गज बहादुर गुरुङले जानकारी दिए । संघले पोखरा रंगशालालाई सफाइ राख्ने उद्देश्यले वर्षेनी सरसफाइ गर्दै आइरहेको र त्यसकै निरन्तरता स्वरुप शुक्रबार रंगशाला परिसरमा सरसफाइ गरिएको र त्यसमा पश्चिम पृतनाको… पुरा पढौ

प्रो नेचुरल बडी बिल्डर वल्र्ड च्याम्पियन सुजन

पोखरा, १८ वैशाख, पोखराको न्यूरोड घर भई हाल अष्टे«लिया निवासी सुजन कुमार सिल्पकारले बडी बिल्डिङ च्याम्पियनमा तहल्का मच्चाएका छन् । ३९ वर्षीय यी प्रोफेसनल नेचुरल बडी बिल्डर अमेरिकामा हुने नेचुरल ओलम्पियामा भाग लिने तयारीमा छन् । ओलम्पियालाई बडी बिल्डिङतर्फ सबैभन्दा ठूलो प्रतियोगिता मानिन्छ । त्यसो त उनी आई.सि.एन. बल्र्ड च्याम्पियनसिप–२०१९ मा एमच्योर वल्र्ड च्याम्पियन तथा सिड्नी डि.एफ.ए.सी. वल्र्ड च्याम्पियनसिप–२०२३ मा प्रो च्याम्पियन हुन् । अष्ट्रेलियासहित विभिन्न मुलुक पुगेर नेचुरल बडी बिल्डिङ च्याम्पियनमा नेपालको झण्डा बोकेर प्रतिस्पर्धामा उत्रिनेक्रममा हालसम्म ९० भन्दा… पुरा पढौ

पोखरा स्पोट्र्स अवार्डका लागि अमेरिकाबाट समेत सहयोग

वैशाख १८, पोखरा, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा ‘नवौं पोखरा स्पोट्र्स अवार्ड २०८१’ यहि वैशाख २६ गते पोखरामा हुँदैछ । पोखरा इभेन्ट सेन्टरमा हुने अवार्डलाई सफल बनाउन देश तथा विदेशबाट सहयोग आउने क्रम जारी रहेको छ । यसै सन्दर्भमा हाल अमेरिकाका न्यूयोर्कमा बसोबास गर्ने तीन जना नेपाली समाजसेवीले २ सय ५६ अमेरिकन डलर अर्थात ३५ हजार नेपाली रुपैयाँ सहयोग गरेका छन् । अवार्डलाई बर्दिया बधैयाताल ८ का पुर्णबहादुर पाइजा मगरले १ सय १ अमेरिकन डलर, बागलुङ तमानखोला ३ का… पुरा पढौ

काठमाडौंका मेयर बालेन शाह पोखरा सहित कास्कीका पर्यटकीय गन्तव्यमा घुमघाममा व्यस्त

दीननाथ बराल, पोखरा १४, वैशाख, काठमाडौंका बहु चर्र्चीत मेयर बालेन शाह यति वेला पर्यटनको राजधानि पोखरामा पारी वारिक भ्रमणमा रहनु भएको छ । आफ्नो जन्म दिन मनाउन र माता तिर्थ औशाी (आमाको मुख हेर्ने दिन) को अवसरमा पोखरामा रहेका मेयर शाह पोखराका पर्यटकीय गन्तव्य फेवाताल, कास्कीको माछापुच्छ«े गाउँपालिका स्थित गण्डकी ट्राउट फार्म लगायतका स्थानमा घुमघाम गर्दै व्यस्त हुनु भएको हो । पारिवारीक भ्रमणमा पोखरामा आउनु भएको मेयर शाह आफ्नो परिवारको साथमा शनिबार कास्की माछापुच्छ«े गाउँपालिका स्थित गण्डकी ट्राउट फार्ममा पुग्नु… पुरा पढौ

गण्डकी कोटिहोममा भोलि रेनु दाहालको उपस्थितिमा महायज्ञको उत्सव

पोखरा, १४ वैशाख, गण्डकी कोटिहोममा भोलि वैशाख १५ गते भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दहालको सहभागितामा विशेष कार्यक्रम आयोजना हुँदैछ। यो अवसरले गण्डकी कोटिहोमको सामाजिक र धार्मिक पहलहरूलाई थप प्रेरणा प्रदान गर्ने अपेक्षा गरिएको छ। प्रमुख दहालको उपस्थितिले कार्यक्रमको महत्त्व र सम्मानलाई अझ उजागर गर्नेछ। साथै, गण्डकी कोटिहोममा ४१ दिनसम्म निरन्तर चल्ने महायज्ञले व्यापक ध्यानाकर्षण गरेको छ। वैशाख ३ गते भूमिपूजन र यज्ञकुण्ड निर्माण सम्पन्न भएको यस महायज्ञमा भक्तजनहरूलाई घ्यू, तील, तेल, देवदार, श्रीखण्डजस्ता सामग्री लिएर सहभागी हुन निम्तो दिइएको छ।… पुरा पढौ

र्‍यान्डम रिडर्स सोसाइटीले मनायो पुस्तक दिवस

पोखरा, वैशाख १०, र्‍यान्डम रिडर्स सोसाइटीले पुस्तक आदानप्रदान गरेर विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस बुधवार पोखरामा मनाएको छ । सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीले गोला थुतेर सुरु गरेको कार्यक्रममा ३० जनाले पुस्तक साटासाट गरेका थिए । नेपाली लेखक सङ्घका केन्द्रीय उपाध्यक्ष डा। ईश्वरमणि अधिकारी, साहित्यकार तीर्थ गुरुङ, शिव त्रिपाठी, त्रिवेणी, अनुराग अधिकारी, विष्णु सुवेदी, ढाकामोहन बराल, अनुपमणि अधिकारी, नेपालप्रकाश अधिकारी, अनिता अधिकारी, विष्णु सुवेदी, ध्रुव केसी, कमला श्रेष्ठ, हसिना बस्नेत, जमुना कायस्थ, विजय भण्डारी, कमला सुवेदी, लक्ष्मण थापा, माधव खतिवडा,… पुरा पढौ

ओटेफको डिजिटल मार्केटिङ विषयक तीन दिने तालिम सुरु

पोखरा, ९ वैशाख , महिला पर्यटन व्यवसायी मञ्च(ओटेफ)द्वारा नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा आजदेखि पोखरामा तीन दिने डिजिटल मार्केटिङ र अनलाइन बुकिङ प्रणाली विषयक तालिम सुरु गरिएको छ । महिला पर्यटन व्यवसायीलाई लक्षित गरी आयोजित तालिममा पर्यटन व्यवसाय र अवसरहरू, व्यवसायिक कानुनी पक्ष लगायतका विभिन्न विषयमा तालिम दिइने ओटेफका अध्यक्ष उमा रेग्मीले जानकारी दिनुभयो । पछिल्ला समयमा पर्यटन व्यवसायका क्षेत्रमा महिला सहभागिता बढ्दै गएको बताउँदै उहाँले पर्यटन व्यवसायमा बढ्दो प्रविधिको प्रयोग लगायतका विषयमा विभिन्न विज्ञहरूले तालिम दिनुहुने जानकारी दिनुभयो । तालिमको… पुरा पढौ