अर्थतन्त्र

पोखराको दिपाङ्ग ताल नजिक डुवानमा फसेका ४ जनाको उद्धार

सागर सुनार,पोखरा २६, असार, पोखरामा डुवानमा फसेका चार जनाको शकुसल उद्धार गरिएको छ । पोखरा महानगर–२७ स्थित दिपाङ्ग तालमा रातभरिको झरीका कारण पानीको सतह बढेपछि डुवानमा फसेका एकै परिवारका ४ जनालाई सशस्त्र प्रहरी बल नं.२४ कालिका गण हेडक्वार्टस् कास्कीबाट खटिएको बिषेश विपद् उद्धार टोलिले सकुशल उद्धार गरेको हो । गुल्मी स्थायी भई हाल हाल सत्यराज ढकालको घरमा भाडामा बस्ने एकै घरका ४५ बर्षका राम बहादुर अधिकारी, ३९ वर्षकी सृजना अधिकारी, ६ वर्ष ६ का आयुष अधिकारी र ४ वर्षकी आयुष्का… पुरा पढौ

नेपाल करी सेफु गर्दै सिद्धार्थ हस्पिटालिटी, विजेतालाई बेलायतको प्रतियोगितामा भाग लिने अवसर

सिद्धार्थ हस्पिटालिटीले नेपाली खाना प्रबर्द्धन गर्ने उद्देश्यले पाककला प्रतियोगिता ‘नेपाल करि शेफ अफ द इयर २०२४ु आयोजना गर्ने भएको छ । विजेताले २०२४ को सेप्टेम्बरमा बेलायतमा हुने ‘ग्रेट ब्रिटिस करी फेस्टिवल’मा यातायात र आवाससहित सहभागी हुने अवसर पाउनेछन् । प्रतियोगिता बिश्व प्रसिद्ध शेफ टमी मियाको ‘ग्रेट ब्रिटिस करी फेस्टिवल’सँगको सहकार्यमा आयोजना गर्न लागिएको हो । प्रतियोगितामार्फत नेपाली खानाको महत्व र इतिहासलाई विश्वभर चिनाइने लक्ष्य लिइएको छ । नेपाली खानाको परम्परालाई अन्तर्राष्ट्रिय स्तरमा प्रबर्द्धन तथा नेपाली सेफहरुको प्रतिभा चिनाउन प्रतियोगिता आयोजना… पुरा पढौ

पोखरामा ‘मिरा स्याडो अफ अ रेनबो’ को विशेष शो सम्पन्न

पोखरामा ‘मिरा स्याडो अफ अ रेनबो’ को विशेष शो सम्पन्न भएको छ । मंगलबार पोखरा ट्रेडमलको क्युुएफएक्स सिनेमा हलमा उक्त शो भएको हो । विशेष शो हेर्न पोखराका दर्शकको राम्रो उपस्थिति थियो । मेडिकल लाइन देखि सामाजिक सेवामा आबद्ध भएका व्यक्तिहरुले उक्त सिनेमा हेरे । अटिजमका विषयमा उल्लेख गरिएको कथावस्तुुलाई धेरैले रुचाएका छन् । समय सान्दर्भिक सिनेमा भएको प्रतिक्रिया दर्शकको छ । अटिजम भएका बालबालिकाको परिवारलाई समाजमा हेर्ने दृष्टिकोण र परिवारमा परेको समस्यालाई सिनेमा मार्फत प्रस्तुत गर्न खोजिएको छ ।… पुरा पढौ

पृथ्बीराजमार्ग सडक खण्ड अन्तर्गत नौबिसे मलेखु सडक राति ५ घण्टा बन्द गरिने

धादिङ २६, असार, पृथ्वी राजमार्ग सडक खण्ड अन्तर्गत धादिङको नौबिसे मलेखु सडक आज (बुधबार) देखि राति १० बजे देखि बिहान ३ः०० बजेसम्म बन्द हुने भएको छ । पुलको बिम राख्ने कार्य गर्न लागिएकोले गर्दा दुई हप्तासम्म उक्त सडकमा राति ५ घण्टा बन्द रहने भएको नागढुङ्गा मुग्लिन सडक आयोजना (पूर्वी खण्ड) का सिनियर डिभिजन इन्जिनियर ईश्वरबहादुर रिजालले बताउनुभयो । आगामी साउन ९ गतेसम्म रातिको समयमा उक्त पुलको निर्माणको काम गर्न लागिएको उहाँले जनाउनु भयो । नौबिसे नागढुङ्गा खण्डमा निर्माण हुँदै गरेको… पुरा पढौ

समानुपातिक निर्वाचन प्रणाली अस्थिर राजनीतिको प्रमुख कारण होः नेता केसी

दीननाथ बराल, पोखरा २५, असार, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद अर्जुननरसिंह केसीले देशमा अस्थिरताको प्रमुख कारणहरु मध्य समानुपातिक निर्वाचन प्रणाली पहिलो भएको बताउनु भएको छ । नेपाल प्रेस यूनिय कास्कीले मंगलबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा वोल्दै उहाँले नेपालको अस्थिर राजनीतिकको प्रमुख कारण समानुपातिक निर्वाचन प्रणाली भएकोले त्यसको खारेजी हुनु पर्ने माग समेत गर्नु भयो । पूर्वमन्त्री समेत रहनु भएको केन्द्रिय सदस्य केसीले भन्नुभयो “समानुपातिक निर्वाचन प्रणाली अस्थितरताको कारण मात्र होइन, पार्टी भित्रका नेता र नेतृत्वमा घेरिनु वाहेक कुनै… पुरा पढौ

बिन्ध्यवासिनी सहकारी ठगी आरोपमा थप दुई जना पक्राउ

पोखराको बिन्ध्यवासिनी सहकारीको ठगी आरोपमा थप दुई जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका वडा नं. ९ न्यूरोड स्थित संचालनमा रहेको विन्ध्यवासिनी वचत तथा ऋण सहकारी संस्था लिमिटेडका संचालक समितिका पदाधिकारीहरू समेतले निक्षेपकर्ताहरूको बचत रकम फिर्ता नगरी सहाकारीको रकम हिनामिना, अपचलन एवं ठगी गरेको आरोपमा पोखरा १७ बिरौटाका ४६ बर्षीय किरण कपाली र संस्थाका पूर्व लेखा समिति संयोजक विरौटाकै ४५ बर्षका बुद्दी सागर ढकाललाई मंगलबार कास्की प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलिले पक्राउ गरी… पुरा पढौ

जिसस कास्कीद्वारा स्थानिय पूर्बाधार बिकास आयोजनाका योजना अनुगमन

असार २५, पोखरा, जिल्ला समन्वय समिति कास्कीले मंगलबार स्थानिय पूर्बाधार बिकास आयोजना पोखरा मातहत संचालित दुई बिकास आयोजना अनुगमन गरेको छ। जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेल नेतृत्वको टोलिले उक्त कार्यालय मातहतमा निर्मित पोखरा महानगर वडा न१७र २१ जोड्ने फुर्से खोला दम्सादी स्थित फाकलतरा दम्सादी झोलुङ्गेपूल मर्मत आयोजना र पोखरा महानगर वडा न २३ बिरिम मार्की सडक खण्डको बिरिम खोलामा निर्मित बिरिम खोला कल्भर्ट आयोजनाको अनुगमन गरेको बताइएको छ। कुल लागत रू ६१,७९,१९ भएर ३५ लाख ५८ हजार ३… पुरा पढौ

सृजना विकास केन्द्रको संस्थागत सवलीकरण कार्यक्रम सम्पन्न

पोखरा, असार २४ सृजना विकास केन्द्रले संस्थामा आवद्ध आजीवन तथा साधारण सदस्यको लागि एक दिवसीय संस्थागत सवलीकरण कार्यक्रम शनिवार पोखरामा सम्पन्न भएकोे छ । उक्त अवसरमा सृजना विकास केन्द्रका अध्यक्ष विष्णप्रसाद बरालले संस्थाको स्थापना कालदेखि हालसम्म भए गरेका गतिविधिहरुको संक्षिप्त जानकारी गराउँदै संस्थाले भविष्यमा लिनु पर्ने रणनीतिको बारेमा प्रस्तुती राख्नु भएको थियो । संस्थाका संस्थापक अध्यक्ष एवं सल्लाहकार सभाका सभापति डम्वरबहादुर केसीले संस्थाको विधान, आर्थिक प्रशासन नियमावली, कर्मचारी नियमावली, संस्थाका विद्यमान कार्यविधिको बारेमा प्रस्तुती राख्नुहुँदै संस्थाले आफ्नो गतिविधिलाई पारदर्शि एवं… पुरा पढौ

७७ करोडको लागतमा कालिकास्थान–पुँडीटार–लामेआहाल सडक निर्माण हुने

विश्व बैङ्कको आर्थिक सहयोगमा निर्माण हुने तेस्रो परियोजना दोविल्ला–बाधमारा–तिक्लाङ्–बडहरकोट–लामगाडी–चापलाङ–उपल्लो पुडिँटार–तल्लो पुँडीटार–झिगटे ९जनजागृती मा वि० तगारेगौडा–तल्लो गगनगौडाँ सडक अन्तरगत कालिकास्थान–पुँडीटार–लामेआहाल सडकको शिलान्यास गरिएको छ । सडकको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलाल र विकास साझेदार विश्व बैंकका एनइयुजिआइपी परियोजना हेर्ने टास्क टिम लिडर आवेवाओले सयुँक्त रूपमा शिलान्यास गर्नुभएको हो । सडकको शिलान्यास गर्दै नगरप्रमुख आचार्यले स्थानीय अवरोधका कारण बाटो नबन्ने अवस्थाको सृजना हुन नदिने प्रतिबद्धता जाहेर गर्नुभयो । “बाटो स्थानीय उपभोक्ताका लागि त हो नै, यो… पुरा पढौ

कास्कीमा अबैध रुपमा निगालाको टुसा चोरी गर्ने व्यक्ति सहित चालक पक्राउ

दीननाथ बराल,पोखरा २५, असार, कास्कीमा अबैध रुपमा निगालाको टुसा चोरी गर्ने व्यक्ति सहित चालक पक्राउ पर्नु भएको छ । कास्कीको माछापूच्छ्रे« गाउँपालिका वडा नं. ४ लम्सालथर स्थित ग ३ च ४५४० नम्बरको बोलेरो जिपलाई चेकजाँच गर्दा अन्नपूर्ण संरक्षण क्षेत्रबाट निगालोको टुसा करिब १४८० मुठा लोड गरी पोखरातर्फ ल्याउँदै गरेको अबस्थामा फेलापारेको हुँदा टुसा ल्याउने रामजी भण्डारी, चालक खिम बहादुर पुन सहित उक्त टुसा प्रहरीले नियन्त्रणमा लिएको हो । माछापूच्छ्रे गाउँपालिका वडा नं.१ टुसे बस्ने ३७ बर्षका चालक पुन र टुसा… पुरा पढौ