पोखरा, असार २४
सृजना विकास केन्द्रले संस्थामा आवद्ध आजीवन तथा साधारण सदस्यको लागि एक दिवसीय संस्थागत सवलीकरण कार्यक्रम शनिवार पोखरामा सम्पन्न भएकोे छ । उक्त अवसरमा सृजना विकास केन्द्रका अध्यक्ष विष्णप्रसाद बरालले संस्थाको स्थापना कालदेखि हालसम्म भए गरेका गतिविधिहरुको संक्षिप्त जानकारी गराउँदै संस्थाले भविष्यमा लिनु पर्ने रणनीतिको बारेमा प्रस्तुती राख्नु भएको थियो ।
संस्थाका संस्थापक अध्यक्ष एवं सल्लाहकार सभाका सभापति डम्वरबहादुर केसीले संस्थाको विधान, आर्थिक प्रशासन नियमावली, कर्मचारी नियमावली, संस्थाका विद्यमान कार्यविधिको बारेमा प्रस्तुती राख्नुहुँदै संस्थाले आफ्नो गतिविधिलाई पारदर्शि एवं जवाफदेहि ढंगबाट सञ्चालन गर्नकालागि विधान नियमावलीमा समय सापेक्ष परिवर्तन गरी अगाडि बढ्नु पर्ने कुरामा जोडदिनु भएको थियो ।
कार्यक्रमका स्रोतव्यक्ति पोखराका अग्रणिव्यक्तित्व विकल शेरचनले संस्थामा आवद्ध सदस्यहरुको नेतृत्व व्यक्तित्व विकासका लागि आवश्यक तत्वहरुका बारेमा प्रस्तुती राख्दै संस्थाले अगाडि सारेका लक्ष्य उद्देश्यहरु स्पष्ट हुनुपर्ने कुरामा सुझाउँनु भएको थियो । सृजना विकास केन्द्रका अध्यक्ष विष्णु प्रसाद बरालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पूर्वअध्यक्ष एवं सल्लाहकार गणेशबहादुर अधिकारी र हरिप्रसाद बरालले विगतको अनुभव शेयरिङ्ग गर्दै कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।
संस्थाका प्रथम उपाध्यक्ष शान्ति शर्माले स्वागत मनतब्य राख्नु भएको थियो भने, कार्यक्रमका संयोजक विरबहादुर अधिकारीले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नु भएको थियो । उपसमितिका सदस्य राजु पौडेलले भएका छलफलको संक्षिप्त टिप्पणी समापन कार्यक्रममा प्रस्तुतगर्नु भएको थियो । कार्यक्रमको संचालन संस्थाका महासचिव चन्द्र गिरीले गर्नुभएको थियो ।