
दीननाथ बराल,
पोखरा २५, असार,
कास्कीमा अबैध रुपमा निगालाको टुसा चोरी गर्ने व्यक्ति सहित चालक पक्राउ पर्नु भएको छ । कास्कीको माछापूच्छ्रे« गाउँपालिका वडा नं. ४ लम्सालथर स्थित ग ३ च ४५४० नम्बरको बोलेरो जिपलाई चेकजाँच गर्दा अन्नपूर्ण संरक्षण क्षेत्रबाट निगालोको टुसा करिब १४८० मुठा लोड गरी पोखरातर्फ ल्याउँदै गरेको अबस्थामा फेलापारेको हुँदा टुसा ल्याउने रामजी भण्डारी, चालक खिम बहादुर पुन सहित उक्त टुसा प्रहरीले नियन्त्रणमा लिएको हो ।
माछापूच्छ्रे गाउँपालिका वडा नं.१ टुसे बस्ने ३७ बर्षका चालक पुन र टुसा ल्याउने माछापुच्छ्रे २ का ४१ बर्षीय भण्डारीलाई प्रहरीले थप अनुसन्धान सहितको कार्वाहीको लागि अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को कार्यालय हरियोखर्कमा पठाएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी बशन्त कुमार शर्माले बताउनु भयो ।
अवैध रुपमा ल्याएको उक्त टुसा बिग्रिने भएकोले हाल बिक्रिको लागि लिलाम गर्नको लागि सूचना समेत एक्याप पोखराले जारी गर्यो । उक्त टुसा अवैध रुपमा बिक्रि गर्न लागेका र उक्त सवारी धनीलाई समेत कार्वाही हुने भएको एक्याप पोखरा कार्यालयका प्रमुख डा.रविन कडरियाले बताउनु भयो । यस्तो अबस्थामा अवैध टुसाको कारोवार गर्ने वा यसमा संलग्न हुने व्यक्तिलाई बरामद गरिएको टुसाको दोब्बर जरिवाना, उक्त जरिवाना सहित ६ महिना कैद र दुबै कार्वाही हुन सक्ने कानूनि प्राबधान रहेको छ ।
एक्यापले भने साउन ५ गते देखि भदौं २२ गतेसम्मको लागि मात्र केही निश्चित स्थानमा टुसा निकाल्न पाउने गरी सूचना जारी रहेको प्रमुख डा.कडरियाले उल्लेख गर्नू भयो । कास्कीको माछापूच्छ्रे« गाउँपालिकाको सार्दीखोला, लाहाचोक, घाचोक, ल्वाङ, घलेल लगायतका क्षेत्रमा संरक्षण क्षेत्र ब्यबस्थापन समितिले टेण्डर गरी उक्त स्थानबाट टुसा बिक्रि गर्दै आएको छ ।