अर्थतन्त्र

पोखराको मदरल्याण्ड माविका १२ जना विद्यार्थीले ४.० जिपिए ल्याए

दीननाथ बराल,पोखरा, २९ वैशाख, पोखरास्थित मदरल्याण्ड माध्यमिक विद्यालयले माध्यमिक शिक्षा परीक्षा (एसइई)–२०८२ मा उल्लेखनीय सफलता हासिल गरेको छ । विद्यालयका १२ जना विद्यार्थीले उच्चतम ४.० जिपिए ल्याउन सफल हुनु् भएको हो । यस वर्षको नतिजासँगै मदरल्याण्डले लगातार उत्कृष्ट शैक्षिक उपलब्धिलाई निरन्तरता दिएको बिद्यालयको दाबी छ । विद्यालयबाट २०८० सालमा १० जना र २०८१ सालमा ११ जनाले ४.० जिपिए ल्याएका थिए भने यसपटक उक्त संख्या बढेर १२ पुगेको हो । राष्ट्रिय परीक्षा बोर्डद्वारा प्रकाशित नतिजाअनुसार विद्यालयबाट एसइईमा सहभागी १ सय ६३… पुरा पढौ

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा सरोज सिटौलाको उम्मेदवारी दर्ता

पोखरा, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत अध्यक्ष पदका लागि पुण्यप्रसाद (सरोज) सिटौलाले उम्मेदवारी दर्ता गराएका छन् । पोखरामा जारी महाधिवेशनमा सिटौलाले अध्यक्ष पदमा मनोनयन दर्ता गराएका हुन् । उनको प्रस्तावकमा महासंघका बहालवाला अध्यक्ष विजयबहादुर स्वाँर रहेका छन् भने समर्थकमा महासंघका प्रमुख सल्लाहकार योगेन्द्रनाथ कर्माचार्य रहेका छन् । सिटौला वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्षसमेत हुन् । वैशाख २९ गतेसम्म पोखरामा सञ्चालन हुने महासंघको महाधिवेशनका लागि सिटौलाले ‘शक्तिशाली महासंघ र सुरक्षित लगानी’ भन्ने मूल नारासहित अध्यक्ष पदमा उम्मेदवारी घोषणा… पुरा पढौ

यस वर्षको एसईई नतिजा एक महिनामै सार्वजनिक, गत वर्षभन्दा सुधार — ६५.९८ प्रतिशत विद्यार्थी ग्रेडेड

काठमाडौं, राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा परीक्षा सकिएको करिब एक महिनामै सार्वजनिक गरेको छ । यसपटकको नतिजामा गत वर्षको तुलनामा उल्लेखनीय सुधार देखिएको छ । बोर्डका अनुसार कुल परीक्षार्थीमध्ये ६५.९८ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् । गत वर्ष एसईईमा ६१.८१ प्रतिशत विद्यार्थी मात्र ग्रेडेड भएका थिए । यस वर्ष उक्त संख्या बढेर ६५.९८ प्रतिशत पुगेपछि नतिजामा सुधार आएको शिक्षा सचिव चुडामणि पौडेलले बताएका छन् । यस वर्ष कुल २ लाख ८४ हजार १६० विद्यार्थी… पुरा पढौ

उदीयमान खेलाडीमा अनुष्का, सचिन र निभाको प्रतिस्पर्धा

पोखरा, २८ वैशाख, पोखराले नेपाली खेल इतिहासमा थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरू जन्माइसकेको छ । यही गौरवशाली विरासतलाई अगाडि बढाउने क्रममा अहिले युवा खेलाडीहरुको एउटा यस्तो पुस्ता मैदानमा देखिएको छ, जसले आफ्नो कलिलो उमेरमै ठूला–ठूला सफलताको जग बसालिसकेका छन् । खेलप्रतिको अगाध प्रेम, नियमित प्रशिक्षण, अनुशासन र राष्ट्रको झण्डा फहराउने दृढ संकल्प बोकेका यी खेलाडीहरू यतिबेला नेपाली खेलकुदको उज्ज्वल भविष्यका रूपमा हेरिएका छन् । यसै सन्दर्भमा, पोखराका खेल प्रेमीहरूको प्रतिष्ठित मञ्च ’पोखरा स्पोट्र्स अवार्ड’ को १० औं संस्करणमा ‘उदीयमान… पुरा पढौ

मेडिप्लस अस्पतालले अन्तर्राष्ट्रिय नर्स दिवसको अवसरमा “नर्सिङ ब्रेन ब्याटल – द नाइटिङ्गेल च्यालेन्ज” आयोजना गर्ने

पोखरा, अन्तर्राष्ट्रिय नर्स दिवस २०२६ को अवसरमा पोखरा ११ रानीपौवामा रहेको मेडिप्लस अस्पताल एण्ड ट्रमा सेन्टरले “नर्सिङ ब्रेन ब्याटल – द नाइटिङ्गेल च्यालेन्ज” अन्तर–नर्सिङ विभागीय मेडिकल क्विज प्रतियोगिता आयोजना गर्ने भएको छ । नर्सिङ स्टाफहरूको क्षमता अभिवृद्धि, टीमवर्क सुदृढीकरण, सञ्चार सीप विकास तथा व्यावसायिक ज्ञान विस्तार गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गर्न लागिएको अस्पतालका प्रमुख सञ्चालन अधिकृत प्रकाश बि.क.ले बताउनु भयो । यही वैशाख २९ गते (मे १२) मा हुने प्रतियोगितामार्फत अस्पतालभित्र सिकाइमैत्री, प्रतिस्पर्धात्मक र प्रेरणादायी वातावरण निर्माण गर्ने अपेक्षा… पुरा पढौ

गण्डकीका पत्रकारको लागि अन्तिम चरणको डेटा ड्रिभन पत्रकारिता तालिम

पोखरा, प्रेस रजिष्ट्रारको कार्यालय गण्डकीले आयोजना गरेको तथ्यांक पत्रकारिता (डेटा ड्रिभन) को अन्तिम चरणको तालिम आइतबारदेखि सुरु भएको छ । पहिलो हप्ता भौतिक तालिम त्यसपछिको छ हप्ता अनलाइन र अन्तिम हप्ता पनि भौतिक गरी कुल ८ हप्तासम्म तालिम सञ्चालन हुनेछ । जसमध्ये अन्तिम चरणको भौतिक तालिम आइतबारदेखि सुरु भएको हो । तालिमको उद्धाटन सत्रमा बोल्दै प्रेस रजिष्ट्रार बिमला भण्डारीले पत्रकारकै आवश्यकताको आधारमा तालिम राखिएको बताइन । पत्रकारको दक्षता वृद्धिका लागि अनेकन अड्चन झेलेरै भएतापनि यो प्रकृतिको तालिम आयोजना गरिएको उनको… पुरा पढौ

यातायात व्यवसायी अब प्रविधिमैत्री हुनैपर्छ, समस्या समाधान गर्न सरकार तयार छः मुख्यमन्त्री पाण्डे (भिडियो सहित) देशभरका यातायात व्यवसायी पोखरामा

दीननाथ बराल,पोखरा २७, वैशाख, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यातायात व्यवसाय अब प्रविधिमैत्री बन्नुको विकल्प नभएको बताउनु भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ राष्ट्रिय महाधिवेशनको आज (आइतबार) उद्घाटन गर्दै उहाँले यातायात क्षेत्रका समस्या समाधानका लागि प्रदेश सरकार व्यवसायीहरुसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको बताउनु भएको हो । https://www.youtube.com/watch?v=tl8mE2Z8H6Q पर्यटन राजधानी पोखरामा आइतबार देखि सुरु भएको महाधिवेशनलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले देशको अर्थतन्त्र, पर्यटन, रोजगारी र नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको यातायात क्षेत्रलाई समयअनुसार आधुनिकीकरण गर्न आवश्यक… पुरा पढौ

पोखराको बागलुङ बसपार्कमा ग्याङ फाइट गर्ने ६ जना युवा पक्राउ, लागूऔषध कारोबार विवाद हुन शक्ने आशंका

पोखरा, पोखराको बागलुङ बसपार्कमा ग्याङ फाइट गर्ने ६ जना युवा पक्राउ परेका छन् । पोखरा महानगरपालिका–२ स्थित बागलुङ बसपार्क क्षेत्रमा ग्याङ फाइटमा संलग्न ६ जना युवालाई कास्की प्रहरीले पक्राउ गरेको हो । सामाजिक सञ्जालमा झै–झगडाको भिडियो भाइरल भएपछि जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले अनुसन्धान तथा खोजतलास गर्दै उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक हरि बहादुर बस्नेतले बताए । घटना वैशाख २२ गते राति करिब ९ः३० बजे भएको प्रहरीले… पुरा पढौ

गणित हाजिरीजवाफमा मदरल्यान्डको टिम उत्कृष्ट

पोखरा, वैशाख २७, पोखरा–७, मासवारस्थित मदरल्यान्ड माविले आयोजना गरेको गण्डकी प्रदेशस्तरीय गणित हाजिरीजवाफ प्रतियोगितामा मदरल्यान्डकै टिम उत्कृट बनेको छ । विभिन्न विद्यालयका ४७ वटा टिमले प्रतिश्पर्धाका लागि सहभागिता जनाएकोमा मदरल्याण्डका सार्थक अधिकारी, संकल्प पौडेल र सुरज पौडेलको टिम प्रथम भएको हो । म्याथ काउन्सिलले एकमहिना अघि आयोजना गरेको गणित हाजिरीजवाफ प्रतियोगितामा मदरल्यान्डकै यही टिम राष्ट्रियस्तरमै च्याम्पियन बनेको थियो । काउन्सिलले एकमहिना अघि सातै प्रदेशमा प्रतियोगिता आयोजना गरेर अन्तिम प्रतिश्पर्धा काठमाडौंमा गरेको थियो । मदरल्याण्डले आयोजना गरेको प्रदेशस्तरीय प्रतिश्पर्धामा न्यू मोडल… पुरा पढौ

प्रतिभा माविमा विज्ञान हाजिरीजवाफ

पोखरा, वैशाख २७, पोखराको पालिखेचोकस्थित प्रतिभा माविले गण्डकी प्रदेशस्तरीय विज्ञान हाजिरीजवाफ प्रतियोगिता आयोजना गरेको छ । माध्यमिक शिक्षा परीक्षा (एसइइ) दिएर बसेका विद्यार्थीका लागि विद्यालयले कार्यक्रम आयोजना गरेको हो । आइतबार आयोजित कार्यक्रममा पोखरा र कास्की आसपासका गरेर २९ वटा विद्यालयका टिमले सहभागिता जनाएका छन् । प्रतिस्पर्धामा अक्सिजन टिम प्रथम भएर ३० हजार रुपैयाँ नगद पुरस्कार पाएको छ । त्यस्तै दोश्रो भएको नाइट्रोजन टिमले २० हजार रुपैयाँ पुरस्कार पायो । प्रतिश्पर्धामा नियन टिम तेश्रो भएर १० हजार रुपैयाँ पुरस्कार पायो… पुरा पढौ