अर्थतन्त्र

घरेलु टिम कास्कीको विजयी सुरुवात, चन्द्रमाया बरालको अलराउण्ड प्रदर्शन

दीननाथ बराल,पोखरा २८, कार्तिक, गण्डकी प्रदेश प्रधानमन्त्री कप महिला टी–२० छनोट क्रिकेट प्रतियोगिता २०८३ को उद्घाटन खेलमा घरेलु टिम कास्की जिल्ला महिला क्रिकेट टोलीले विजयी सुरुवात गरेको छ । पोखरा रंगशालाको क्रिकेट मैदानमा आज(शनिबार) सम्पन्न उद्घाटन खेलमा घरेलु टीम कास्कीले नवलपुरलाई १९ रनले पराजित गर्दै विजयी सुरुवात गरेको हो । टस जितेर नवलपुरकी कप्तान श्रेया शर्माले पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङमा उत्रिएको कास्कीले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै ११६ रनको योगफल तयार पारेको थियो । कास्कीका लागि चन्द्रमाया… पुरा पढौ

सहारा क्लबको देउसी–भैलोबाट ११ लाख ६८ हजार आम्दानी, सहारा एकेडेमी सञ्चालनमा खर्च गरिने

दीननाथ बराल,पोखरा २८, कार्तिक, कठिन परिस्थिति तथा विपन्न परिवारका बालकहरूलाई निःशुल्क आवासीय सुविधासहित फुटबल प्रशिक्षण प्रदान गर्दै आएको सहारा क्लब पोखराले तिहारको अवसरमा आयोजना गरेको देउसी–भैलो कार्यक्रमबाट ११ लाख ६८ हजार रुपैयाँभन्दा बढी आम्दानी गर्न सफल भएको छ । क्लबले सञ्चालन गर्दै आएको सूर्यबहादुर केसी स्मृति सहारा आवासीय फुटबल एकेडेमीको सञ्चालन तथा व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले आयोजना गरेको देउसी–भैलो कार्यक्रम २०८३ बाट कुल ११ लाख ६८ हजार ६१३ रुपैयाँ संकलन भएको क्लबले पोखराक्लिकलाई जनाएको छ । एकेडेमीमा आश्रित बालकहरूको आवास,… पुरा पढौ

श्रीधर शर्माले मुख्यमन्त्रीसहित मन्त्रीविरुद्ध अदालतको अवहेलना मुद्दा दायर गरे

पोखरा, गण्डकी प्रदेश खेलकुद परिषद्का पदमुक्त सदस्य सचिव श्रीधर शर्माले आफूलाई पदमुक्त गर्ने प्रदेश सरकारको निर्णयविरुद्ध मुख्यमन्त्रीसहित मन्त्री तथा सम्बन्धित सरकारी निकायविरुद्ध उच्च अदालत पोखरामा अदालतको अवहेलना रिट दायर गर्नुभएको छ । त्यसै गरी प्रमुख सचिव, मन्त्रालयका सचिव, हाल तोकिएका सदस्य सचिव सहितका ७ जनालाई विपक्षी बनायर रिट दायर गरेको शर्माले जनाउनु भयो । आफूविरुद्धको छानबिन, प्रतिवेदन र स्पष्टीकरणसम्बन्धी विषय उच्च अदालतमा विचाराधीन रहेकै अवस्थामा मन्त्रिपरिषद्ले पदमुक्त गर्ने निर्णय गर्नु अदालतको आदेश र न्यायिक प्रक्रियाको अवमूल्यन भएको शर्माको जिकिर छ… पुरा पढौ

रत्न मन्दिर र हिमागृहको जग्गा लिजमा नदिन जिसस कास्कीको आग्रह

पोखरा, कार्तिक २७, जिल्ला समन्वय समिति कास्कीले पोखराको बाराही घाटस्थित जग्गा,रत्न मन्दिर र हिमागृहको जग्गा लिजमा नदिन आग्रह गरेको छ । जिल्ला समन्वय कास्कीको शुक्रबार सम्पन्न ५४ औँ बैठकले निर्णय गरे बमोजिम उक्त आग्रह गरेको हो । जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले पोखरा महानगरपालिका लगायत कास्की जिल्ला भित्र रहेका सरकारी तथा सार्बजनिक जग्गाको संरक्षण र सम्बर्दन गर्नु प्रत्येक व्यक्तिको कर्तब्य भित्रपर्ने र ऐतिहासिक ,प्राकृतिक,पुरातात्विक र साँस्कृतिक सम्पदाको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो ।हालैका दिनहरूमा साँस्कृतिक सम्पदाको… पुरा पढौ

फोनिज युवा पत्रकारिता पुरस्कारको छनोट समिति गठन, संयोजकमा रुद्र श्रीषमगर

पोखरा, कात्तिक २७ , नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीले प्रदान गर्दै आएको मेजर लक्ष्मीप्रसाद र हुमकुमारी गुरुङ एमभिओ बिइएम सेकेन्ड जिआर युवा पत्रकारिता पुरस्कार–२०८३ का लागि छनोट समिति गठन गरेको छ । फोनिज गण्डकीका इन्चार्ज रुद्र श्रीषमगरको संयोजकत्वमा गठित समितिको सदस्यमा फोनिज गण्डकीका अध्यक्ष खिमाकुमारी गुरुङ, उपाध्यक्ष सुमन गुरुङ, फोनिज कास्कीका अध्यक्ष बिनु कुमारी थापा र सचिव देविका तामाङ रहनुभएको छ । मेजर लक्ष्मीप्रसाद र हुमकुमारी गुरुङको वैवाहिक वर्षगाँठको अवसर पारेर स्थापना गरिएको उक्त पुरस्कार आदिवासी जनजाति समुदायका… पुरा पढौ

पोखरामा जिप दुर्घटना हुँदा एक युवकको मृत्यु, १२ जना घाइते

पोखरा, कास्कीको पोखरा महानगरपालिका–२३ स्थित दुण्डेफाँटमा जिप दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। दुर्घटनामा घाइते भएका सबैलाई उद्धार गरी उपचारका लागि अस्पताल पुर्‍याइएको थियो। प्रहरीका अनुसार २०८३ कात्तिक २५ गते राति करिब ९ः४५ बजे घाँटीछिनाबाट पोखरातर्फ आउँदै गरेको ग ४ च १३४४ नम्बरको जिप अनियन्त्रित भई दुर्घटनामा परेको हो। दुर्घटनामा परी घाइते भएका १३ जनालाई उपचारका लागि पोखरास्थित जीएमसी अस्पताल लगिएको थियो। उपचारकै क्रममा पर्वत घर भई हाल पोखरा महानगरपालिका–२४ पामे बस्दै आउनुभएका… पुरा पढौ

ज्येष्ठ नागरिक सुविधाअनुसार टोपबहादुर रायमाझी कारागारमुक्त

काठमाडौं, नक्कली भुटानी शरणार्थी प्रकरणमा कैद सजाय भोगिरहेका पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका नेता टोपबहादुर रायमाझी डिल्लीबजार कारागारबाट रिहा भएका छन्। ६५ वर्ष उमेर पूरा भएपछि ज्येष्ठ नागरिकले पाउने कैद छुट सुविधाअन्तर्गत रायमाझीलाई रिहा गरिएको हो। उनलाई बिहीबार बिहान श्रीमती तथा परिवारका सदस्यहरूको जिम्मा लगाएर कारागारबाट बाहिर पठाइएको कारागार स्रोतले जनाएको छ। ज्येष्ठ नागरिक भएको आधारमा कैद सजायमा छुट पाउनुपर्ने माग गर्दै रायमाझीले अदालतमा निवेदन दिएका थिए। उक्त निवेदनमाथि सुनुवाइपछि अदालतले प्रचलित कानुनी व्यवस्थाअनुसार कैद छुट हुने गरी संशोधित कैदीपुर्जी पठाएको… पुरा पढौ

भाइटिका महोत्सवमा १५ देशका ५१ पर्यटकले लगाए टिका (भिडियो सहित)

पोखरा, २५ कात्तिक, होटल संघ पोखरा नेपालले तिहारका अवसरमा आज (बुधबार) आयोजना गरेको १९ औं संस्करणको भाइटिका महोत्सव २०८३ मा विभिन्न १५ देशका ५१ पर्यटकले सप्तरंगी टिका लगाएका छन् । पोखराको लेकसाइड स्थित होटल पौवाको परिसरमा आयोजित महोत्सवमा रेन्वो चिल्ड्रन होम नेपालका छात्राहरुले विदेशी पर्यटकलाई टिका लगाइदिएका हुन् । https://www.youtube.com/watch?v=G1FU46FDrKE&t=345s सो अवसरमा अमेरिका, वेलायत, चीन, जापान, अष्ट्रेलिया लगायत विभिन्न १५ देशका पर्यटकले टिका ग्रहण गरेका थिए । आयोजक संघका अध्यक्ष लक्ष्मण सुवेदीले संघले भाइटिकालाई महोत्सवका रुपमा निरन्तरता दिएपछि पोखराका विभिन्न… पुरा पढौ

पोखरामा भिन्तुना (शुभकामना) ¥याली सहित नेपाल संवत् ११४७ को मनाइयो (भिडियो सहित) मौलिक संस्कृति संरक्षणमा जोड

दीननाथ बराल, पोखरा, २४ कात्तिक, नेपाली मौलिक संवत्का रूपमा रहेको नेपाल संवत् ११४७ को अवसरमा पोखरामा भिन्तुना (शुभकामना) ¥याली निकालिएको छ । नेवारी कला, संस्कृति, भेषभूषा र परम्पराको झल्को दिने विभिन्न सांस्कृतिक झाँकीसहित निकालिएको ¥यालीमा नेवारी समुदायका विभिन्न संघसंस्था तथा सबै उमेर समूहका व्यक्तिहरू उत्साहपूर्वक सहभागी हुनु भएको छ । https://www.youtube.com/watch?v=znUJbNt_TI8&t=8s नेवा खलः कास्कीसहित नेवाः मिसा पुच कास्की, नेवाः ल्याम्ह पुच कास्की, नेवा पत्रकार पुच कास्की र झिगु भाय झिगु संस्कृतिको संयुक्त आयोजनामा मंगलबार पोखरामा न्हुँ दया भिन्तुना ¥याली निकालिएको… पुरा पढौ

सल्युट गोर्खा ट्रेनिङ सेन्टर बेलायत, सिंगापुर हुँदै स्वदेशमै सुरक्षा सेवाको रोजगारीको अवसर (भिडियो सहित)

पोखरा २४, कार्तिक नेपाली युवालाई अन्तर्राष्ट्रिय स्तरको सुरक्षा सीप र दक्षतासहित स्वदेश तथा विदेशमा रोजगारीका अवसरसँग जोड्ने उद्देश्यले पोखरामा सञ्चालित सल्युट गोर्खा ट्रेनिङ सेन्टरले अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको छ। गोर्खा गार्ड सेक्युरिटी सर्भिसेस प्रालिले पोखरामा आयोजना गरेको पाँचदिने अन्तर्राष्ट्रिय सुरक्षा तथा आत्मरक्षा तालिम सफलतापूर्वक सम्पन्न गरेसँगै सेन्ट्रल युरोपियन बडीगार्ड एकेडेमी (सीईबीए) हंगेरीले संस्थालाई आधिकारिक तालिम केन्द्रको मान्यता प्रदान गरेको हो। https://www.youtube.com/watch?v=d13sk1QksvA&t=50s कात्तिक १९ देखि २४ गतेसम्म सञ्चालन भएको तालिममा ३५ जना नियमितसहित करिब ६० जनाको सहभागिता रहेको थियो। तालिम समापन… पुरा पढौ