अर्थतन्त्र

फेवा सहकारीको २७ औं साधारण सभा सम्पन्न, अध्यक्षमा श्रेष्ठ

पोखरा, १८ असोज, फेवा बचत तथा ऋण सहकारीको २७ औं साधारण सभा एक कार्यक्रमका साथ सहकारीका सम्पन्न भयो । आज भन्दा २६ बर्ष पहिले २०५६ सालमा २७ जना सदस्य सहभागी भै स्थापना भएको यस सहकारीमा आजका दिनसम्म २ हजार ८ सय ५० जना सदस्य भएको थियो । कार्यक्रममा प्रमुख अतिथि निवर्तमान अध्यक्ष एवं जेष्ठ सहकारी सदस्य क्या. चन्द्र प्रसाद गुरूङले पानसमा दिप प्रजलन गरी कार्यक्रमको उद्घाटन गर्दै फेवा सहकारीको बित्तिय कारोबारको बिषयमा प्रष्ट पार्नुहुँदै सहकारीमा मुख्य त ऋण लगानी, अशुलीमा… पुरा पढौ

सहारा आवासीय फुटबल एकेडेमीलाई सहयोगी हातहरू थपिँदै

पोखरा , सहारा क्लब पोखराद्वारा सञ्चालित सूर्यबहादुर केसी स्मृति सहारा आवासीय फुटबल एकेडेमीका बालकहरूका लागि सहयोग जुट्ने क्रम पछिल्लो समय बढ्दै गएको छ। पोखरा–१७, दोबिल्लामा रहेको एकेडेमीमा आश्रित बालकहरूको शिक्षा, आवास तथा दैनिक आवश्यकतामा सहयोग पु¥याउने उद्देश्यले विभिन्न व्यक्ति तथा संस्थाले आर्थिक तथा सामग्री सहयोग गरेका हुन्। यसैक्रममा सहारा क्लब हङकङका आजीवन सदस्य दीपक ज्वारचनले आफ्नी दिदी तथा भिनाजु अनिता र बलबहादुर थकालीको स्मृतिमा एकेडेमीका बालकहरूलाई भोजन गराएका छन्। सो अवसरमा उनले २१ हजार रुपैयाँ सहयोगसमेत हस्तान्तरण गरे। त्यस्तै सहारा… पुरा पढौ

कास्की–३ कांग्रेस सभापतिमा प्रकाश बराल निर्वाचित

पोखरा , नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत कास्की क्षेत्र नम्बर ३ को क्षेत्रीय सभापतिमा गण्डकी प्रदेशसभा सदस्य प्रकाश बराल निर्वाचित भएका छन्। शनिबार सम्पन्न निर्वाचनमा बरालले ५ सय ६१ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी विष्णुबहादुर क्षेत्रीले ३ सय ८२ मत प्राप्त गरे। बराल १ सय ७९ मतान्तरले विजयी भएका हुन्। क्षेत्रीय सचिवमा शितल अधिकारी निर्वाचित भएका छन्। अधिकारीले ५ सय ११ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी महेशकुमार तिमिल्सिनाले ४ सय ६ मत पाए। त्यस्तै, सहसचिव… पुरा पढौ

तेस्रो पर्वतीय दौडको तयारी तीव्र, हालसम्म १८ जिल्लाका ८० धावक सूचीकृत

पोखरा १७, असोज, पर्यटनको राजधानी पोखरामा आउँदो शनिबार आयोजना हुने तेस्रो संस्करणको खुला पर्वतीय दौड प्रतियोगिताको तयारी तीव्र पारिएको छ । प्रतियोगिताका लागि हालसम्म १८ जिल्लाका ८० बढी धावकले नाम दर्ता गराइसकेको शनिवार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । प्रतियोगिताका लागि असोज २१ गते राति १२ बजेसम्म पोखरा क्लिक अनलाइनमार्फत नाम दर्ता गर्न सकिने आयोजकले जनाएका छन् । खेल पर्यटन मार्फत् ग्रामीण पर्यटन र कृषि अर्थतन्त्रलाई जोड्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको कार्यक्रम संयोजक दीननाथ बरालले बताउनुभयो । पोखरा… पुरा पढौ

नेष्टको २४ औं बार्षिक साधारण सभा सम्पन्न 

पोखरा असोज १७ , सीप हस्तान्तरणद्वारा सशक्तीकरण ( नेष्ट )को २४ औं नार्षिक साधारण सभा सनिवार पोखरामा सम्पन्न  भएको छ। सभाको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले गर्नुभएको थियो। प्रमुख पौडेलले  सीप मार्फत सशक्तीकरण सहित अय आर्जनका सन्दर्भमा नेष्टको भुमिका उल्लेखनीय रहेको उल्लेख गर्नुभयो । उहाँले समाजका सीमान्तकृत ,पछाडी परेका समुदायलाई थप ध्यान सहित आय आर्जनका कार्यक्रम संचालन गर्न आग्रह गर्दै यसले अबसरहरूको पहिचान र स्वरोजगारको निर्माणका लागि महत्त्वपूर्ण हुन उल्लेख गर्नुभयो । कार्यक्रममा  रुपान्तरण महिला समूह पोखरा १५ का… पुरा पढौ

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा बाढीपहिरोको क्षतिबारे संघ सरकारको ध्यानाकर्षण

पोखरा, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विपद्पछिको उद्धार, राहत र पुनर्निर्माणका लागि संघ सरकारको ध्यानाकर्षण गराउनुभएको छ । गत साताको अविरल वर्षासँगै आएको बाढीपहिरोबाट गण्डकी प्रदेशमा ३० भन्दाबढिको मृत्यू भएको थियो भने पुल, सडक, विद्यालय, सरकारी कार्यालय र घरहरु गरि भौतिक पूर्वाधारमा ठुलो क्षति पुगेको छ । मुख्यमन्त्री पाण्डेले अर्थमन्त्री स्वर्णिम वाग्ले र भौतिक पूर्वाधार विकास मन्त्री सुनिल लम्सालसँग भेट गरी असोज ९ देखि ११ गतेसम्मको बाढीपहिरोबाट गण्डकी प्रदेशका मनाङ, म्याग्दी, बागलुङ, पर्वतलगायत जिल्लामा पुनर्निर्माणका लागि आवश्यक स्रोत व्यवस्थापन गरिनुपर्नेमा… पुरा पढौ

पाहुना टोली भुटानको राष्ट्रिय क्रिकेट टोली पोखरामा चारै खेलमा पराजित

दीननाथ बराल, पोखरा, १६ असोज, नेपाल भ्रमणमा रहेको भुटानको राष्ट्रिय क्रिकेट टोलीले पोखरामा खेलेका चारवटै अभ्यास खेलमा पराजित भएको छ । नेपाल भ्रमणअन्तर्गत शुक्रबार पोखरा रंगशालास्थित क्रिकेट मैदानमा सम्पन्न अन्तिम अभ्यास खेलमा क्यान–११ ले भुटानलाई १०४ रनले पराजित गरेसँगै भुटानको भ्रमण चार खेलमा पराजित भएसंगै टुंगिएको छ । १७७ रनको लक्ष्य पछ्याएको भुटानको टोली १७.३ ओभरमा ७२ रनमै समेटियो । भुटानका लागि सोनाम चोपेल र आनन्द मोंगरले समान १५ रनको योगदान दिए । क्यान–११ का बिपिन शर्माले उत्कृष्ट बलिङ गर्नुभयो… पुरा पढौ

पोखरा र उत्तरपूर्वी भारतबीच पर्यटक आदान प्रदानका लागि सहकार्य प्रस्ताव

पोखरा, नेपाल र भारतबीच रहँदै आएको पुरानो सामाजिक तथा सांस्कृतिक सम्बन्धलाई पर्यटन व्यवसायसँग जोड्दै पोखरा र उत्तरपूर्वी भारतबीच पर्यटक आदानप्रदानका लागि सहकार्य गर्न पोखरेली पर्यटन व्यवसायीले प्रस्ताव गरेका छन्। दुवै क्षेत्रका पर्यटन व्यवसायीबीच सहकार्य र समझदारी कायम गरी एकअर्काको गन्तव्यमा पर्यटक पठाउन सके पर्यटन व्यवसायबाट दुवै पक्षले लाभ लिन सक्ने उनीहरूको भनाइ छ। गण्डकी प्रदेश होटल संघका अध्यक्ष हरि शर्मा गैह्रेको पहलमा पोखरा आएका उत्तरपूर्वी भारतीय पर्यटन महासंघ (ईस्ट इन्डियन टुरिस्ट कन्फडरेसन–एनईआईटीसी) का २४ जना प्रतिनिधिसँग शुक्रबार पोखरामा सामूहिक छलफल… पुरा पढौ

पर्वतीय दौडलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्राविधिक रूपमा मजबुत बनाउन खेल संघसंस्थाको आग्रह

पोखरा १६, असोज, पोखरामा आयोजना हुने तेस्रो संस्करणको पुम्दी भुम्दी खुला पर्वतीय दौड प्रतियोगितालाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्राविधिक रूपमा थप मजबुत बनाउन खेल संघसंस्थाका प्रतिनिधिहरूले आग्रह गरेका छन् । पोखरामा शुक्रबार आयोजित खेल संघ संस्था सहितका सरोकारवालासंगको छलफल कार्यक्रममा सहभागिहरुले प्रतियोगिता सफल बनाउन आवश्यक प्राविधिक तथा अन्य सहयोग र सहजीकरण गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका हुन् । पोखरा प्रवद्र्धन केन्द्र र पोखरा क्लिकको आयोजनामा आगामी असोज २४ गते शनिबार पोखरामा प्रतियोगिता आयोजना हुँदैछ । पोखराको पर्यटनसँगै खेल पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले… पुरा पढौ

कांग्रेस कास्की क्षेत्र नम्बर १ को सभापतिमा सरोज केसी निर्वाचित

पोखरा, १६ असोज, नेपाली कांग्रेसका युवा नेता सरोज केसी कास्की क्षेत्र नम्बर १ को क्षेत्रीय सभापतिमा निर्वाचित हुनुभएको छ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा केसीले आफ्ना निकटतम प्रतिस्पर्धी ओमप्रकाश गुरुङलाई ६१ मतान्तरले पराजित गर्दै क्षेत्रीय सभापतिको जिम्मेवारी हात पार्नुभएको हो। कुल ९ सय ७० मत खसेको निर्वाचनमा केसीले ४ सय ७२ मत प्राप्त गर्नुभयो। उहाँका निकटतम प्रतिस्पर्धी गुरुङले ४ सय ११ मत प्राप्त गर्दा सभापतिका अर्की उम्मेदवार अप्सरा श्रेष्ठले ७० मत प्राप्त गर्नुभएको छ। दुई दिनअघि भएको मतदानको मतगणना… पुरा पढौ

This will close in 20 seconds