अर्थतन्त्र

स्थानीय नेतृत्वको अनुभव लिएर केन्द्रीय राजनीति तर्फ मीनबहादुर गुरुङ, जनजातितर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी

पोखरा, माछापुच्छ्रे गाउँपालिकाको नेतृत्व गर्दै स्थानीय सरकारमा अनुभव बटुलेका मीनबहादुर गुरुङ अब नेपाली कांग्रेसको केन्द्रीय राजनीतितर्फ अघि बढेका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा उनले जनजातितर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् । लामो समयदेखि कांग्रेसको संगठनात्मक राजनीतिमा सक्रिय गुरुङले स्थानीय तहमा प्राप्त अनुभव, पार्टी संगठनमा गरेको योगदान र जनतासँगको प्रत्यक्ष सम्बन्धलाई अब केन्द्रीय तहमा उपयोग गर्ने उद्देश्यसहित उम्मेदवारी दिएको बताएका छन्। यसअघि कास्की निर्वाचन क्षेत्र नं। ३ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित गुरुङले पार्टीभित्र एकता, पुस्ताबीचको सहकार्य, संगठन सुदृढीकरण, विचारमा… पुरा पढौ

एन्फा जापानका संरक्षक रोबिन प्रसाद शेरचनद्धारा टोकियोमा लेखक अर्यालको सम्मान

टोकियो, जापान–नेपाल फुटबल संघ (एन्फा जापान) का संस्थापक संरक्षक रोबिन प्रसाद शेरचनले एक कार्यक्रमका बीच ‘नेपाल–जापान खेल सम्बन्ध’ का लेखक वरिष्ठ खेल पत्रकार नवीन अर्याललाई सम्मान गरेका छन्। टोकियाको सिनोकोबुस्थित गाजेबो रेस्टुरेन्टमा आयोजित कार्यक्रममा गैर आवासिय नेपाली संघ ९एनआरएनए० का वरिष्ठ उपाध्यक्षसमेत रहेका शेरचनले दोसल्ला ओढाएर लेखक अर्यालको सम्मान गरेका हुन्। अर्यालले आइची–नागोयामा हालै सम्पन्न २० औं एशियाली खेलकुदको सन्दर्भमा आफ्नो पुस्तक बिमोचन गरेका थिए। जापानका लागि कार्यबहाक राजदूत हरिहरकान्त पौडेलको प्रमुख आतिथ्यमा नागोयामा १८ सेप्टेम्बरमा पुस्तक बिमोचन भएको थियो।… पुरा पढौ

पोखरामा विश्व लगानीकर्ता सप्ताहः ‘इमानदारीपूर्वक मुनाफा कमाउदा राज्यलाई फाइदा हुन्छ उनीहरुलाई सम्मान गरौं’ अध्यक्ष भट्ट (भिडियो सहित)

दीननाथ बराल, पोखरा, नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष डा. गोपालप्रसाद भट्टले लगानी मार्फत मुनाफा कमाउने र राज्यलाई कर तिर्ने संस्कारलाई सम्मान गर्नुपर्ने बताउनु भएको छ । विश्व लगानीकर्ता सप्ताह–२०२६ अन्तर्गत पोखरामा सोमबार आयोजित प्रभातफेरीपछि भएको कार्यक्रममा बोल्दै अध्यक्ष भट्टले लगानी र उद्यमशीलतामार्फत मुलुकको अर्थतन्त्रमा योगदान गर्ने व्यक्तिलाई निरुत्साहित नभई प्रोत्साहित गर्ने संस्कारको विकास गर्नुपर्ने आवश्यक रहेको बताउनु भएको हो । https://www.youtube.com/watch?v=3vwuom-Gx-w&t=9s उहाँले भन्नुभयो “जसले लगानी गर्छ, मुनाफा कमाउँछ र राज्यलाई कर तिर्छ, त्यो देश नै धनी हुन्छ” । इमानदारीपूर्वक… पुरा पढौ

स्थानीय विकासको अनुभवसहित कांग्रेसको केन्द्रीय सदस्यमा देवीजंग गुरुङको दाबी

पोखरा, नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कास्की क्षेत्र नम्बर १ बाट ३५ वर्षको उमेरमा युवा समूहअन्तर्गत केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित देवीजंग गुरुङले अब केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने तयारी गरेका छन्। कास्कीको मादी गाउँपालिका–१ का वडाध्यक्षसमेत रहेका गुरुङ युवा उमेरमै जनप्रतिनिधिको जिम्मेवारी सम्हाल्दै स्थानीय विकास र जनसेवामा सक्रिय रहँदै आएका छन्। कांग्रेसको युवा पुस्ताबाट प्रतिनिधित्व गर्दै उनी पार्टीको केन्द्रीय राजनीतिमा आफ्नो भूमिका विस्तार गर्ने तयारीमा छन्। पर्यटकीय गाउँ सिक्लेसको विकासमा समेत गुरुङले महत्वपूर्ण भूमिका खेल्दै आएका छन्। जनप्रतिनिधिका रूपमा स्थानीय पूर्वाधार,… पुरा पढौ

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा

गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ। उम्मेदवारी घोषणा गर्दै पाण्डेले पार्टीलाई थप एकताबद्ध, सुदृढ र समयानुकूल बनाउँदै अघि बढाउन आफूले उपसभापति पदमा उम्मेदवारी दिएको उहाँले बताउनुभयो।पार्टीभित्र र बाहिरबाट समेत कांग्रेसको एकता र सुदृढ संगठन निर्माणको आवश्यकता निरन्तर उठिरहेको बताउँदै उहाँले पार्टीका सबै तह र पुस्ताका नेता–कार्यकर्तालाई संवाद, सहकार्य र साझा उद्देश्यका आधारमा एउटै सूत्रमा जोड्नमा आफ्नो प्राथमिकता रहने बताउनुभएको छ। पाण्डे नेपाली कांग्रेसको तीन पटक केन्द्रीय… पुरा पढौ

बाढीपहिरो प्रभावित २० विश्वकर्मा परिवारलाई विश्वकर्मा समाज नेपालको राहत

पर्वत, १८ असोज, अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट प्रभावित पर्वतको फलेवास नगरपालिका–८, ठाना मौला, सल्यानीधाराका २० घरपरिवारलाई विश्वकर्मा समाज नेपालले राहत सामग्री वितरण गरेको छ। विश्वकर्मा समाज नेपाल, केन्द्रीय कार्यालय कास्कीको तर्फबाट सोमबार घटनास्थलमै पुगेर प्रभावित परिवारलाई प्रतिपरिवार एक बोरा चामल, नुन, तेल, सोयाबिन, दाल, चिनी, चियापत्ती र आलुलगायतका खाद्यान्न सामग्री वितरण गरिएको हो। साथै, प्रभावित परिवारलाई बसोबासमा सहयोग पुगोस् भन्ने उद्देश्यले ओछ्याउनका लागि म्याटसमेत वितरण गरिएको थियो । राहत वितरण कार्यक्रममा फलेवास नगरपालिकाकी उपप्रमुख शोभा क्षेत्री र सम्बन्धित वडाका… पुरा पढौ

पोखरामा भेडा–च्याङ्ग्रा भित्रिन थाले, यस वर्ष डोल्पादेखि मुस्ताङसम्मका च्याङ्ग्रा, दशैंलाई लक्षित गरी २३ हजारदेखि ४५ हजार रुपैयाँसम्ममा बिक्री सुरु

दीननाथ बराल, पोखरा, १८ असोज, नेपालीहरूको महान् पर्व बडादशैं नजिकिएसँगै पोखरामा हिमाली क्षेत्रका भेडा–च्याङ्ग्रा भित्रिन थालेका छन्। दशैंको परम्परागत खानाका रूपमा प्रयोग हुँदै आएका भेडा–च्याङ्ग्रा यस वर्ष मुस्ताङसँगै हुम्ला, जुम्ला र डोल्पाबाट समेत पोखराको बजारमा ल्याउन थालिएको हो । पोखरा–२५ हेमजाको सुइखेतदेखि विष्णुपादुका माध्यमिक विद्यालयको खेलमैदान हुँदै याम्दीसम्मको क्षेत्रमा व्यवसायीहरूले भेडा–च्याङ्ग्रा बिक्रीका लागि राख्न थालेका छन्। प्रारम्भिक चरणमा भेडा–च्याङ्ग्राको मूल्य करिब २३ हजारदेखि ४५ हजार रुपैयाँसम्म निर्धारण गरिएको व्यवसायीहरूले बताएका छन् । आकार, तौल र जातअनुसार मूल्य फरक–फरक रहेको छ… पुरा पढौ

पोखरा–२२ मा निःशुल्क मधुमेह तथा मिर्गौला परीक्षण, ११० जना लाभान्वित

पोखरा, १८ असोज, पोखरा महानगरपालिका वडा नं. २२ मा स्थानीयवासीलाई लक्षित गरी आयोजना गरिएको निःशुल्क मधुमेह तथा मिर्गौला परीक्षण एवं स्वास्थ्य परामर्श कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा ११० भन्दा बढी स्थानीयवासी सहभागी भई विभिन्न स्वास्थ्य परीक्षण तथा विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परामर्श सेवा लिएका छन्। पोखरा महानगरपालिका वडा नं। २२ कार्यालयको आयोजना तथा वडा युवा परिषद्–२२ को सहआयोजनामा, पोखरा महानगरपालिका नगर युवा परिषद्को समन्वय तथा नेशनल प्याथ ल्याब अनुसन्धान केन्द्रको प्राविधिक सहयोगमा कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा प्रगतिशील टोल विकास संस्थाको… पुरा पढौ

ब्रोइलर कुखुरा पालक किसानका समस्या समाधान गर्न कास्कीमा नयाँ समिति, अध्यक्षमा सापकोटा

पोखरा, कास्कीमा ब्रोइलर कुखुरा पालन गर्ने किसानहरुको आइतबार भएको एक भेलाले पोखरा–२५ हेमजाका ईश्वर सापकोटाको अध्यक्षमा कास्की जिल्ला ब्रोइलर किसान संघ गठन गरेको छ । उक्त तदर्थ समितिको उपाध्यक्षमा चिरञ्जीवी ढु·ाना, सचिवमा प्रेम जोशी, सह सचिवमा बसुन्धरा लम्साल, कोषाध्यक्षमा प्रकाश थापा तथा सदस्यहरुमा निराज बराल क्षेत्री, गणेश गौतम, दुर्गा सुनार, सुशिल भण्डारी, लिलाधर पौडेल र धु्रवराज गौतम रहेका छन् । ब्रोइलर कुखुरा किसानहरूले भोग्दै आएका विभिन्न समस्या समाधानका लागि नयाँ समिति गठन गरिएको छ। किसानको हकहित संरक्षण गर्दै कुखुरा व्यवसायलाई… पुरा पढौ

राइजिङ्ग स्टार युथ क्लवको रक्तदानमा ४६ युनिट रगत संकलन

लेखनाथ, पोखरा महानगरपालिका वडा नं २७ रिठेपानीमा रहेको राइजिङ्ग स्टार युथ क्लवले राखेको खुल्ला रक्तदानमा ४६ युनिट रगत संकलन भएको छ । क्लवको वार्षिक कार्यक्रम अन्र्तगत आइतवार राखिएको खुल्ला रक्तदानमा समाजसेवी मेजर सुर्य गुरुङले पहिलो रक्तदाता राजन गुरुङलाई ब्लड ब्याग हस्तान्तरण गर्दै युवाहरुको समाज विकासमा ठूलो भूमिका रहने वताए । पोखरा महानगरपालिका वडा नं २७ का वडा सदस्य जितेन्द्रबहादुर क्षत्रीले क्लवको सकृयताको प्रशंसा गर्दै समाज परिवर्तनका लागि अझै खटेर काम गर्न काम गर्न सुझाव दिए। क्लवका अध्यक्ष अनिल गुरुङको अध्यक्षतामा… पुरा पढौ

This will close in 20 seconds