अर्थतन्त्र

पोखरा–२५ हेमजामा प्राइम कमर्सियल बैंकको एटीएम सेवा सञ्चालनमा

हेमजा, २८ पोखरा, नेपालीहरूको महान् चाड बडादसैँ २०८३ को अवसरमा ग्राहकलाई सहज र छिटो बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले प्राइम कमर्सियल बैंक लिमिटेडको पोखराको हेमजा शाखामा एटीएम सेवा सञ्चालनमा आएको छ। पोखरा महानगरपालिका–२५, हेमजाको मिलनचोकस्थित बैंकको शाखामा आज (बुधबार) देखि एटीएम मेसिन पूर्ण रूपमा सञ्चालनमा ल्याइएको शाखा प्रमुख लेखनाथ आचार्यले जानकारी दिनुभयो। नेपालीहरूको महान् चाडपर्वलाई लक्षित गर्दै ग्राहकको सुविधालाई मध्यनजर गरी एटीएम सेवा सञ्चालनमा ल्याइएको आचार्यले बताउनुभयो। उहाँका अनुसार यस सेवाबाट हेमजा तथा आसपास क्षेत्रमा रहेका ग्राहकहरू लाभान्वित हुनेछन्। एटीएम… पुरा पढौ

फेवाताल संरक्षणमा सरकारलाई खबरदारी, संरक्षण नहुँदा पोखराको पर्यटन र जलारी समुदायको जीविको पार्जन संकटमा पर्ने चिन्ता (भिडियो सहित)

दीननाथ बराल, पोखरा, २७ असोज, फेवातालको संरक्षणमा प्रभावकारी कदम नचालिए पोखराको पर्यटन, पर्यावरण र तालमा आश्रित जलारी समुदायको जीविकोपार्जन समेत संकटमा पर्न सक्ने सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । तालमा बढ्दो प्रदूषण, वर्षायाममा बगेर आउने गेग्रान तथा ढुङ्गा, गिटी र बालुवाको थुप्रो नियन्त्रण गर्न सरकार गम्भीर बन्नुपर्ने उहाँहरुको माग छ । https://www.youtube.com/watch?v=6K7_eRli3ss&t=5s फेवाताल संरक्षण एवं सौन्दर्यीकरणमा सामाजिक अभियन्ताहरूको भूमिका विषयक अन्तरक्रिया तथा शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी वक्ताहरूले तालको संरक्षणलाई साझा दायित्वका रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका हुन् । नागरिक समाज… पुरा पढौ

सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञहरूद्वारा सुझाव सङ्कलन

पोखरा, असोज २७, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्यहरूले पोखरामा सुझाव सङ्कलन गरेका छन् । प्रतिष्ठानका प्राज्ञसभा सदस्य विनोद बानिया, दीपक पराजुली र परिवर्तनको अगुवाइमा भएको कार्यक्रममा पोखरामा क्रियाशील गीत, सङ्गीत, नाटक र संस्कृतिसँग सम्बन्धित संस्थाका प्रतिनिधिहरूले प्रज्ञा प्रतिष्ठानहरूले आफ्ना गतिविधिमार्फत परिवर्तनको सङ्केत दिनुपर्ने सुझाव दिएका थिए । कार्यक्रममा प्राज्ञसभा सदस्य गायक विनोद बानियाँले आगामी प्राज्ञसभामा सम्बन्धित विषयविज्ञहरूको सुझाव लिएर नीति निर्माणका लागि सुझाव दिने उद्देश्यले अन्तरक्रिया आयोजना गरिएको जानकारी दिए । उनले आवश्यकता र नीतिको संयोजन गरी… पुरा पढौ

गण्डकीमा बजेटको लैंगिक दायरा साँघुरिँदै

पोखरा, २७ असोज, गण्डकी प्रदेशमा लैंगिक उत्तरदायी बजेटको प्रभावकारिता प्रत्येक वर्ष घट्दै गएको छ । प्रदेश सरकारले ल्याउने नीति, योजना र सार्वजनिक खर्चमा लैंगिक समावेशी बजेटको प्रत्यक्ष लाभको अनुपात सुरुवाती वर्षहरूको दाँजोमा आधाभन्दा बढीले तल झरेको छ । यस विषयले सार्वजनिक रूपमा नै गम्भीर प्रश्न जन्माएको छ । संसदीय पत्रकार मञ्च गण्डकीले युएनडिपी संसद सहयोग परियोजनाको सहकार्यमा मंगलबार पोखरामा गरेको सार्वजनिक सुनुवाइमा बजेटको वर्तमान अवस्था, संसद्भित्र सांसदहरूबीच हुने गरेको विभेद र कार्यान्वयनका चुनौतीहरूमाथि गहन समीक्षा गरिएको छ । कार्यक्रममा पोखरा… पुरा पढौ

फ्लाई दुबईले एक वर्षको टिकट बुकिङ खुलायो, पोखरा–दुबई उडान नियमित हुने आशा

पोखरा, पोखरा र गण्डकी प्रदेशवासीका लागि खुसीको खबर छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईमा सिधा उडान सञ्चालन गरिरहेको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी फ्लाई दुबईले सन् २०२७ अक्टोबर ३० सम्मको टिकट बुकिङ खुला गरेको छ । कम्पनीले झन्डै एक वर्षअघिसम्मको बुकिङ खुलाएसँगै पोखरा–दुबई उडान नियमित रूपमा सञ्चालन हुने आशा थप बलियो बनेको छ । यसले पोखराका पर्यटन व्यवसायीमा समेत उत्साह थपेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट गत सेप्टेम्बर २३ देखि फ्लाई दुबईले उडान सञ्चालन गर्दै आएको छ । लामो अवधिसम्मको टिकट बुकिङ… पुरा पढौ

प्रदेशका अधिकार र समस्या संघको प्राथमिकतामा कहिल्यै परेनन् मुख्यमन्त्री पाण्डे

पोखरा, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संविधानमा उल्लेख गरिएका अधिकार र जिम्मेवारी बाँडफाँटमा संघ सरकार उदासीन रहने र अहिलेकै अवस्था कायम रहने हो भने संघीयताका बारेमा सोच्नुपर्ने बताएका छन्। कोशी प्रदेशको आयोजनामा विराटनगरमा आजदेखि सुरु भएको अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनको उद्घाटनका क्रममा उनले प्रदेशका साझा समस्या समाधानका लागि चार वर्षदेखि विभिन्न विषय उठाउँदै आए पनि प्रदेशका समस्या संघ सरकारको प्राथमिकतामा नपरेको बताए। संघीयता कार्यान्वयनका चुनौती, प्रदेशका अधिकार र संघ सरकारको जिम्मेवारीका विषयमा हरेक पटक प्रधानमन्त्रीसँग बारम्बार ध्यानाकर्षण गराउँदा पनि अपेक्षित उपलब्धि… पुरा पढौ

पोखरामा भेडा–च्याङ्ग्रा केही सहुलियतमा बिक्रि हुन थाल्यो (भिडियो सहित) मुस्ताङबाट १३ हजार बाहिरिए

दीननाथ बराल, पोखरा, २६ असोज, नेपालीहरुको बडादशैं नजिकिँदै गर्दा पोखरामा हिमाली भेडा–च्याङ्ग्राको कारोबार बढेको छ । दशैंलाई लक्षित गरी मुस्ताङबाट म्याग्दी हुँदै पोखरा क्षेत्रको बजारमा बिक्री वितरणका लागि हालसम्म १३ हजार भेडा–च्याङ्ग्रा बाहिरिएका छन् । मुस्ताङका स्थानीय खोरपालुवा भेडा–च्याङ्ग्रासँगै हुम्ला, जुम्ला र डोल्पाका भेडा–च्याङ्ग्रा पनि बजारमा भित्रिएपछि पोखरामा दशैंको रौनक थपिएको हो । https://www.youtube.com/watch?v=VWQIaDZJN7Y&t=1s पोखराको याम्दी क्षेत्रमा अस्थायी खोर बनाएर भेडा–च्याङ्ग्रा बिक्री गर्न थालिएको छ । याम्दी क्षेत्रमा पछिल्ला दिनमा भेडा–च्याङ्ग्रा किन्ने र अवलोकन गर्नेको चहलपहल बढेको छ । यस… पुरा पढौ

दर्शन सहकारीको १६ औं साधारण सभा सम्पन्न

पोखरा, दर्शन सहकारी तथा ऋण संस्था लिमिटेड पोखराको १६ औंसाधारण सभा पोखराको नेपाल ठकुरी संगम परिवार कास्कीमा सम्पन्न भएको छ ।आइतबार भएको सभाले आर्थिक वर्ष ०८२/०८३ असार मसान्त सम्मको संस्थाको आर्थिक गतिविधि लेखापरिक्षण प्रतिवेदन सर्वसम्मतले पास गरेको हो । सहकारीका सस्थापक कोषाध्यक्ष चक्र बहादुर शाहीले सहकारी गौरब लाग्दो र राम्रो सहकारी बनाएर सेवा प्रदान गर्न आवश्यक रहेको बताउदैं कार्यसमितिलाई आ–आफ्नो जिम्मेवारी बहन गर्न अनुरोध गर्नुभयो । उहाँले सहकारी ऐननियमको पालना गर्नुपर्ने बताउनुभयो । शाहीले सहकारीलाई सक्षम बनाउन सन्चित कोष रकम… पुरा पढौ

पुम्दी भुम्दी बिकास समाजको प्रथम साधारण सभा तथा अधिबेशन सम्पन्न अध्यक्षमा तारानाथ पौडेल

असोज २५ ,पोखरा, पोखरा महानगर पालिका वडा न २२ स्थित पुम्दी भुम्दी बिकास समाजको प्रथम साधारण सभा तथा अधिबेशन आइतबार सम्पन्न भएको छ। अधिबेशनले तारानाथ पौडेल को अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। त्यसैगरी उपाध्यक्षमा राम काजी गुरुङ ,सचिव नरनाथ बराल,सह सचिव धुर्ब बराल,कोषाध्यक्ष लक्ष्मी देबि बराल, चयन हुनुभएको छ । सदस्य हरुमा वीर बहादुर गुरुङ ,अप्सरा बराल,मधु प्रसाद बराल,दिनेश बराल,सुर्य प्रसाद बराल,दुर्गा प्रसाद गुरुङ ,साबित्रा पौडेल ,लोक बहादुर गुरुङ सर्बसम्मत निर्बाचित हुभएको छ भने दुई सदस्य पछि… पुरा पढौ

बूढीगण्डकीमा भीषण बाढीः पुल, घर र जलविद्युत् आयोजनामा क्षति, ६ जनाको हवाई उद्धार

गोरखा, गोरखाको बूढीगण्डकी नदीमा आएको भीषण बाढीले उत्तरी तथा मध्य गोरकाका विभिन्न क्षेत्रमा ठूलो भौतिक क्षति पुर्‍याएको छ। बाढीले पक्की पुल, झोलुङ्गे पुल, निर्माणाधीन जलविद्युत् आयोजना र घरहरू बगाउँदा जनजीवन प्रभावित बनेको छ। चुमनुब्री गाउँपालिका–३ फिलिममा पहिरोले थुनिएको नदी बिहान करिब ४ः३० बजे खुलेपछि लेदो र गेग्रानसहितको बाढी आएको हो। बाढीको जोखिममा रहेको जगत् गाउँबाट नेपाली सेनाले छ जनाको हवाई उद्धार गरेको छ। प्रभावित क्षेत्रमा सेनाको टोली हवाई तथा स्थलमार्गबाट परिचालन गरिएको छ। बाढीले आरुघाट गाउँपालिका–९ नयाँपुलस्थित गोरखा–धादिङ जोड्ने पक्की… पुरा पढौ

This will close in 20 seconds