अर्थतन्त्र

गण्डकी प्रदेश सरकारले कृषि, पर्यटन, पूर्वाधार र सुशासनलाई प्रथामिकता दिने

दीननाथ बराल, पोखरा २१, जेठ, गण्डकी प्रदेश सरकारले कृषि, पर्यटन, पूर्वाधार र सुशासनलाई प्रथामिकता दिदै आउँदो आर्थिक बर्षको २०८२÷०८३ लागि नीति तथा कार्यक्रममा ल्याउने भएको छ । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले आज(बुधबार) प्रदेश सभा बैठकमा प्रदेशको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस बर्ष केही नयाँ बाहेक अन्य पुरानै कार्यक्रम दोहोर्याउनु भएको हो । एक निर्वाचन क्षेत्र एक प्रविधिमैत्री स्मार्ट कृषि फार्म, जलवायु अनुकूलन सिँचाइ विशेष कार्यक्रम, घरेलु मदिराको ब्राण्डिङ र गाँजा खेती बैध बनाउनेदेखि एक निर्वाचन… पुरा पढौ

प्रचण्ड कप राष्ट्रिय महिला भलिवल प्रतियोगिताको तयारी पूरा,पोखरामा जेठ २७ देखि हुने प्रतियोगितामा गण्डकी प्रदेश सहित ६ टिम सहभागि हुने

दीननाथ बराल, पोखरा २१, जेठ, नेशनल स्पोट्र्स एकेडेमीको आयोजनामा यही जेठ २७ गते देखि पोखरा रंगशालामा हुने प्रचण्ड कप राष्ट्रिय महिला भलिवल प्रतियोगिताको तयारी पूरा भएको छ । पोखरा रंगशालाको कभर्डहलमा हुने उक्त प्रतियोगिताको तयारी पूरा भएको बुधबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । प्रतियोगितामा घरेलु टिम गण्डकी प्रदेश सहित ६ टिमको सहभागिता हुने भएको छ । प्रतियोगितामा तीन विभागिय त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल, गण्डकी प्रदेश, न्यु डायमण्ड र एभरेष्ट भलिबल… पुरा पढौ

एक्सपर्ट एजुकेसन अन्तर विद्यालय छात्र टि–२० क्रिकेट च्याम्पीयनसीप ः प्रतिभा मावि र रत्न ज्योति सेमीफाइनलमा

पोखरा, जेठ २१, पोखरामा जारी एक्सपर्ट एजुकेसन अन्तर विद्यालय छात्र टि–२० क्रिकेट च्याम्पीयनसीपमा प्रतिभा मावि र रत्न ज्योति सेकेण्डरी स्कुल सेमीफाइनलमा प्रवेश गरेका छन् । पोखरा महानगरपालिका क्रिकेट संघको आयोजनामा पोखराको लेखनाथस्थित ईडेन गार्डेन क्रिकेट मैदानमा जारी प्रतियोगितामा दुबै टिम समूह बिजेता बन्दै सेमीफाइनलमा प्रवेश गरेका हुन् । समूह सी अन्तर्गत बुधबार भएको प्रतियोगितामा प्रतिभा माविले जुनियर सिटिजन एकेडेमीलाई ९ विकेटले पराजित गर्दै समूह बिजेता बनेर सेमीफाइनल यात्रा सुनिश्चित गरेको थियो । लगातार तीन खेल जितेको प्रतिभा सहजै सेमीफाइनलमा प्रवेश… पुरा पढौ

अन्नपूर्ण प्रथम हिमाल (नर्थ)मा पर्यंटकीय सम्भावनाको खोजी

पोखरा २१, जेठ, ७५ वर्षअधि फ्रान्सेली नागरिकद्वय मौरिस हर्जोग र लुइस लाशनलले पहिलो पटक अन्नपूर्ण प्रथमको सफल आरोहण गरेसँगै विश्वका लागि हिमालको पर्दा उघारिएको थियो । हाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडानम्बर ४ मा पर्ने आधार शिविर नर्थ बाट सन् १९५० जुन थर्डमा मौरिस हर्जोग नेतृत्वले ८०९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेर किर्तिमानी राखेका थिय । उक्त आरोहण नै विश्वमै पहिलो ८ हजार मिटरभन्दा अग्लो हिमाल आरोहणको कीर्तिमानी थियो । नेपाललाई अन्तराष्ट्रिय बजारमा चिनाउन र पर्वतीय पर्यटनको सुरुवात भएको… पुरा पढौ

पोखराको चङ्खपुरदेखि मग्रेबगरसम्म पर्यटकीय आकर्षणको रुपमा सेल्फी ब्रिज निर्माण गरिने

पोखरा २१, जेठ, गण्डकी प्रदेश सरकारले पोखराको चङ्खपुरदेखि मग्रेबगरसम्म पर्यटकीय आकर्षणको रुपमा सेल्फी ब्रिज निर्माण गर्ने भएको छ । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले आज(बुधबार) प्रदेश सभा बैठकमा प्रदेशको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै चङ्खपुरदेखि मग्रेबगरसम्म पर्यटकीय आकर्षणको रुपमा सेल्फी ब्रिज निर्माण गर्न प्राविधिक अध्ययन गरी कार्यान्वयनको चरणमा लगिने उल्लेख गर्नु भएको हो। गण्डकी प्रदेशको पहिचान झल्कने गरी पोखरामा अन्तर्राष्ट्रियस्तरको वानस्पतिक पर्यटकीय पार्क निर्माण कार्यको सुरुवात गरिने, पोखरामा रहेका सात तालको सञ्जालीकरण गरी रुपा तालमा न्बिकक द्यचष्मनभ… पुरा पढौ

प्रदेश खेलकुद परिषद् गण्डकीको खाता रोक्का हुँदा राष्ट्रपति रनिङशील प्रभावित

दीननाथ बराल, पोखरा २०, जेठ, गण्डकी प्रदेशको आर्थिक मामिला मन्त्रालयले प्रदेश खेलकुद परिषद्को खाता रोक्का गरेपछि राष्ट्रपति रनिङशील प्रतियोगिता प्रभावित भएको छ । परिषद्ले यही जेठ २२ गतेबाट सुरु गर्ने तयारी गरेको प्रदेशस्तरीय छनोट प्रतियोगिता र त्यसपछि हुने बन्द प्रशिक्षण समेत प्रभावित भएको प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्माले बताउनु भयो । उक्त खाता रोकिएसंगै उक्तः प्रतियोगिता भने यही जेठ २६ र २७ गते गोरखामा हुने भएको उहाँले जनाउनु भयो । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तयारीका लागि जिल्ला र… पुरा पढौ

यातायात सेवा भोलि (बुधबार) देखि सुचारु हुने, राइड सेयरिङचालकको आन्दोलन गर्ने चेतावनी

दीननाथ बराल,पोखरा, जेठ २०, बुधबार देखि सार्वजनिक यातायात सेवा पुनः सुचारु हुने भएको छ । संघीय सरकारको निर्देशन पछि राइड सेयरिङ नियमावली स्थगन गरिएको र एक महिनाभित्र माग सम्बोधन गर्न कार्यदल गठन गरिने सहमतिसँगै सार्वजनिक यातायात व्यवसायीहरूको आन्दोलन स्थगन भएको यातायात व्यवसायीले पोखराक्लिकलाई बताए । गण्डकी प्रदेश सरकारले इन ड्राइभ, टुटल, पठाओ जस्ता राइड सेयरिङ एपहरूमार्फत सेवा सञ्चालनलाई वैधानिकता दिने गरी ल्याएको नियमावली २०८२ हाललाई स्थगन गरिएको छ। तर, यो विवाद केवल नियमावलीको पक्षविपक्षमा सीमित छैन — यो एक गहिरो… पुरा पढौ

अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८२’ बाट रोहितराज पराजुली पुरस्कृत

पोखरा, यसवर्षको ‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८२’ बाट पत्रकार रोहितराज पराजुली पुरस्कृत भएका छन् । कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा आज भएको अन्नपूर्ण म्याराथनको पाँचौ संस्करणको समापन समारोहमा उहाँलाई नगद सहित पुरस्कृत गरिएको हो । गण्डकी प्रदेश सभा सदस्य प्रकाश बराल, नेपाल पर्यटन वोर्डका सदस्य ॠषिराम भण्डारी, प्रतिभा छनोट समितिका संयोजक एवं नेपाल पत्रकार महासंघ कास्कीका पूर्व उपाध्यक्ष राजवहादुर गुरुङ, अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका अध्यक्ष ललित गुरुङ लगायतले नयाँपत्रिका दैनिकको पोखरा व्यूरोमा कार्यरत पत्रकार पराजुलीलाई सो पुरस्कारबाट अर्पण गरेका हुन् । पुरस्कारको… पुरा पढौ

कुमुदिनी होम्समा निःशुल्क होटल तालिम सुरु, ५ जिल्लाका ६१ जना सहभागि

पोखरा, पोखराको गैह्रापाटनमा रहेको कुमुदिनी होम्स माध्यमिक विद्यालयमा सोमबारदेखि निःशुल्क एक हप्ते होटल तालिम सुरु भएको छ। एस्.ई.ई.दिएर बसेका होटल म्यानेजमेन्ट अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई लक्षित गरी तालिमको आयोजना गरिएको बिद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेले बताउनुभयो । पोखरा महानगर सहित कास्की र कास्कीका छिमेकी जिल्लाका विभिन्न विद्यालयका विद्यार्थीहरू पर्वत , स्याङ्जा , तनहुँ र गोर्खा जिल्लाका जम्मा ६१ जना विद्यार्थीहरू तालिममा सहभागी भएका छन् । तालिम अवधिभरि विद्यार्थीहरूले कुकिङ एण्ड बेकिङ , बार एण्ड मक्टेल मेकिङ, फुड एण्ड बेभ्रेज सर्भिस… पुरा पढौ

क्षत्री समाजद्वारा २६ जना जेष्ठ नागरिक सम्मानित, सरकारसंग छिट्टै वार्ता गर्छौं महासचिव थापा

पोखरा, क्षत्री समाज नेपाल कास्कीले विश्व बुबाआमा दिवसको अवसरमा आज २६ जना जेष्ठ नागरिकलाई सम्मान तथा घुम्ति बैठक सम्पन्न गरेको छ । समाजले कास्कीको माछापुच्छ्रे गाउँपालिकाका ८० वर्ष माथि जेष्ठ नागरिकलाई दोसल्ला, सम्मान पत्र प्रदान गरी सम्मान गरेको हो । मङकी हिल, लाहाचोक ४ मा आयोजना गरिएको कार्यक्रममा ८२ वर्षिय डम्बर बहादुर घर्ति प्रमुख अतिथि रहेका थिए । घर्ति समाजका सो गाउँपालिकाका पूर्व अध्यक्ष पनि हुन् । घर्ति सहतिका २६ जना जेष्ठ नागरिकलाई समाजका केन्द्रीय महासचिव कृष्ण बहादुर थापा, प्रदेशका… पुरा पढौ