पोखराको चङ्खपुरदेखि मग्रेबगरसम्म पर्यटकीय आकर्षणको रुपमा सेल्फी ब्रिज निर्माण गरिने

-


     पोखरा क्लिक     
     जेठ २१ गते २०८२ मा प्रकाशित


पोखरा २१, जेठ,

गण्डकी प्रदेश सरकारले पोखराको चङ्खपुरदेखि मग्रेबगरसम्म पर्यटकीय आकर्षणको रुपमा सेल्फी ब्रिज निर्माण गर्ने भएको छ । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले आज(बुधबार) प्रदेश सभा बैठकमा प्रदेशको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै चङ्खपुरदेखि मग्रेबगरसम्म पर्यटकीय आकर्षणको रुपमा सेल्फी ब्रिज निर्माण गर्न प्राविधिक अध्ययन गरी कार्यान्वयनको चरणमा लगिने उल्लेख गर्नु भएको हो।

गण्डकी प्रदेशको पहिचान झल्कने गरी पोखरामा अन्तर्राष्ट्रियस्तरको वानस्पतिक पर्यटकीय पार्क निर्माण कार्यको सुरुवात गरिने, पोखरामा रहेका सात तालको सञ्जालीकरण गरी रुपा तालमा न्बिकक द्यचष्मनभ निर्माण गर्न सम्भाव्यता अध्ययन गरिने नीति लिएको छ । गण्डकी प्रदेशको पर्यटन विकास र प्रवद्र्धन गर्न पर्यटकीय राजधानी घोषणा अध्ययन प्रतिवेदनमा उल्लेख भए बमोजिमका कार्यक्रम सञ्चालन गरिने भएके छ भने पर्यटन राजधानी पोखराको ब्राण्डिङका लागि पोखरा जाऔँ, प्रकृति र संस्कृतिसँग रमाऔँ तथा राउण्ड फेवा, भ्यू फेवा कार्यक्रमलाई प्राथमिकताका साथ सञ्चालन गरिने योजानमा समेटिएको छ ।

गण्डकी प्रदेशमा रहेका हिमताल तथा तालहरुको संरक्षण गरी पर्यटन प्रवर्धनको कार्ययोजना निर्माण गरिने प्रदेश सरकारले नीति लिएको छ । आउँदो आर्थिक बर्षको २०८२÷०८३ को नीति तथा कार्यक्रमले गण्डकी प्रदेश सरकारले कृषि, पर्यटन, पूर्वाधार र सुशासनलाई प्रथामिकता दिएको छ ।